काठमाडौँ, फागुन १६- (नागरिक) राजधानी यतिखेर होलीमय छ। सडकमा गाडी कम गुडेका छन्।
युवा-युवतीको हुल रंगीविरंगी स्वरुपमा जताततै देखिन्छ। उपत्यकाको जमिन घरले भरिएपछि घरका छत छतमा होली खेल्ने नयाँ संस्कृति देखिएको छ। एक घरबाट अर्को घरमा लोला र पानी फ्याँकेर आनन्द लिनेहरु हरेक टोलमा देखिएका छन्।

पर्यटकीय क्षेत्र ठमेल होलीले सबैभन्दा बढी प्रभावित छ। ठमेलका सडक बिहानदेखि भिजेको छन्। स्थानीय लगायत विदेशी पर्यटकहरु समेत ठमेलको होलीमा सहभागी छन्।

अघिल्ला वर्ष जस्तै होलीको केन्द्र बनेको ठमेलमा उपत्यकाका विभिन्न ठाउँबाट आएका युवाको समूह-समूह देखिन्छ। विदेशी पयर्टकले गाडीमा छलिँदै नेपालीलाई पिच्कारी हानेको दृश्य ठमेल देखिएको छ। नेपाली युवाको रोजाइ भने विदेशी छन्। वसन्तपुरमा पनि स्वदेशी र विदेशीको उल्लेख्य उपस्थिति देखिन्थ्यो।

मोटरसाइकलमा होली खेल्न हिँड्नेको संख्या पनि उत्तिकै देखिन्छ। होलीको अवसरमा हुनसक्ने सम्भावित झडप र लफडालाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। गाँजा, भाङ र घट्टाको नशामा लठ्ठिएकाहरुको हरकत साम्य पार्न ठमेल क्षेत्रमा सुरक्षाकर्मी बाक्लै छन्। हेलमेट नलगाइ मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरीले कडाइका साथ समातेको छ। तीव्र गतिमा हुँइकिनेलाई रोक्न प्रहरीहरु सडकबीच-बीचमा उभिएका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook