Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

रसुवा एमालेमा तामाङ

smaller text tool iconmedium text tool iconlarger text tool icon
रसुवा (धुन्चे), फागुन १७- नेकपा (एमाले) जिल्ला कमिटी, रसुवाको आइतबार साँझ सम्पन्न छैटौँ जिल्ला अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

अधिवेशनले धुन्चे गाउँ निवासी छोवाङ तेन्जिङ तामाङ अध्यक्ष रहेको ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

तीन वर्षे कार्यकालका लागि सम्पन्न जिल्ला अधिवेशनमा उपाध्यक्ष, सचिव र उप सचिवमा क्रमशः कर्न्याल तामाङ, विष्णुप्रसाद देवकोटा, विजय लामा चुनिएका छन्।

यस्तै पार्टीको राष्ट्रिय परिषद् सदस्यमा बेत्रावती निवासी अशोककुमार घिमिरेलाई सर्वसम्मतले चयन गरेको छ भने १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको एमालेले जनाएको छ।

एमाले स्थायी कमिटी सदस्य केपी शर्माओलीले आइतबार उदघाटन गरेका सो सम्मेलनमा भाग लिन जिल्लाका प्रत्येक गाउँबाट हजारौंका सङ्ख्यामा पार्टी कार्यकर्ता सदरमुकाम पुगेका थिए।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion
Nagarik Offer