Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

विवाहमण्डपबाटै बेहुली खोसिएपछि बेहुला अलपत्र

smaller text tool iconmedium text tool iconlarger text tool icon
कपिलवस्तु, फागुन १७- फिल्मी शैलीमा कपिलवस्तुको एक विवाहमण्डपबाट बेहुली खोसिएर खाली हात फर्केका रुद्रपुर–८ का एक बेहुलाले बेहुली नपाएपछि चार दिनसम्म बेहुलीको खोजीमा घरबाहिरै बस्नुपरेको छ।
रुद्रपुर–८ का कुलबहादुर विश्वकर्मा  र कपिलवस्तु पत्थरदेइया–५ चौवाका मञ्जु सुनारबीच गत बुधबार विवाह हुँदै थियो तर फिल्मी शैलीमा आएका उनका प्रेमी पत्थदेइया–४ अमलवा निवासी मधु गौतमले बेहुलीलाई सिन्दूर लगाउन लागेको बेला विश्वकर्मा परिवारलाई रोकेर खाली हात फिर्ता पठाएका थिए।

विवाहका लागि लगनगाँठो कसेपछि अर्के भए पनि बेहुली भित्र्याउनैपर्ने परम्परागत मान्यताअनुसार बेहुली खोज्दै हिँडेको विक परिवारले बेहुली नपाएपछि घरदेखि टाढा बस्नुपरेको स्थानीय अशोक हमालले बताए।

“बेहुलीको खोजीमा लागेको विक परिवारले भनेजस्तो केटी नपाएको भन्दै घरमा आउन मानेका छैनन्”– उनले भने।

कपिलवस्तुको पत्थरदेइया–५ चौवामा स्थायीरुपमा बस्दै आएका रामबहादुर सुनारकी छोरी मञ्जु र वरका रुपमा बोलाएर आएका रुपन्देहीको रुद्रपुर–८ का कुलबहादुर विकबीच बुधबार विवाह हुँदै थियो।

जन्तीसहित बेहुली लिन आएको विक परिवारले बेहुली अर्कैले लगेपछि हेरेको हेरै हुनुपरेको थियो।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
Last Updated ( सोमबार, 01 मार्च 2010 16:13 )
onlineversion
Nagarik Offer