बहुमत पुर्याउन ६३ मत मधेसी दललाई मात्र मनाए पनि काफी हुने भए पनि दुई तिहाई नपुर्याई संविधान नबन्ने भएकाले त्यस्तो सरकार बनाउन माओवादी पर्ने छ। एमाले र मधेसवादीले सघाए मात्र माओवादीको दुई तिहाई पुग्ने छ।
'१७ गते नै सम्भावना त छ तर मधेसी दल मात्र सरकारमा आएर भोलिपल्टदेखि विरोध सुरु हुनथाल्छ,' पोलिट्ब्युरो सदस्य राम कार्कीले नागरिकसित भने, 'कांग्रेस वा एमालेलाई बाहिर राखेर शान्ति र संविधान संभव छैन।' उनले दुई तिहाइकै प्रयास गर्नुपर्ने बताए।
विदेश विभाग सदस्यसमेत रहेका कार्कीले नेपालको राजनीतिक दलमा आफ्नो देशको निर्णय आफैले गर्नुपर्ने क्षमता कमजोर रहेकाले यस्तो समस्या आएको बताए। अप्रत्यक्ष ढंगले भारतलाई इंगित गर्दै सबै क्षेत्रमा भएको हस्तक्षेपले पनि प्रधानमन्त्री चुनाव लम्बिन थालेको दाबी गरे। प्रक्रिया जति लम्बियो उति नै विदेशी चलखेल बढ्ने उनको तर्क छ। माओवादी नेतृत्व वा माओवादीले समर्थन गरेको सरकार बन्न नदिने भारतीय रणनीति रहेको माओवादी नेताहरुले आरोप लगाउँदै आएको छ भने आफूले त्यस्तो गठबन्धन जसरी पनि तोड्ने रणनीतिमा छ।
'मुद्दाका हिसाबले मधेस र हामी नजिक छौं,' माओवादी उच्चस्रोतले भन्यो, 'तर मधेसी मोर्चाले तयार पारेको आधारपत्रमा माओवादीले हस्ताक्षर नै गरे पनि माओवादी नेतृत्वमा भारतले मधेसवादी दललाई आउने दिने अवस्थामा छैन।' भारत कुनै पनि हालतमा माओवादीको नेतृत्व वा उसले समर्थन गरेको गठबन्धनलाई सरकारमा जान नदिने रणनीतिमा रहे पनि भारतकै एक पक्ष भने आफ्ना सर्त माने माओवादीभित्रबाट विकल्प खोजेर या त्यो नभए अध्यक्ष पुष्पकमल दाहाललाई भए पनि आउन दिने अवस्थामा रहेको माओवादी उच्चस्रोतको भनाइ छ। स्रोतका अनुसार भारतको संस्थापन पक्षको पहिलो रोजाइमा रहेका रामचन्द्र पौडेललाई जिताउन एमाले र मधेसी दललाई फकाउन पनि प्रधानमन्त्री चुनावको समय लम्ब्याउन चाहन्छ।
'राष्टिय स्वाधिनता, संघीयता, धर्मनिरपेक्षताविरुद्धका कसैका सर्त मान्दैनौं,' चन्दले भने।
माओवादी र मधेसी मोर्चाबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो। मोर्चाले मधेस सवाल, संविधान निर्माण र शान्ति प्रकृयाका सम्बन्धमा १६ बुँदे आधारपत्र सार्वजनिक गरेको छ। मोर्चा थप छलफल आवश्यक भएकाले दोस्रो चरणको प्रधानमन्त्री चुनावमा तटस्थ बसेको थियो। मधेस सवालमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश, विगतका सम्झौंताको कार्यान्वयन गर्न सहमति जनाउने व्यक्ति वा दललाई प्रधानमन्त्रीमा समर्थन गर्ने घोषणा गरेको छ। माओवादी र मधेसी मोर्चाबीच शुक्रबार भएको वार्तामा मोर्चाले सारेका अवधारणाप्रति सहमति जनाउन सकेन।
'आधारपत्र सकारात्मक छ तर केही बुँदामा छलफल आवश्यक छ,' उनले भने। मोर्चाको आधारपत्रमा सहमति खोज्न छलफल जारी राख्ने र अर्को चरणको चुनावसम्म सहमति खोज्ने समझदारी भएको जानकारी दिए।
मोर्चामा मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक फोरम, तराई मधेस पार्टी र सदभावना पार्टी छन्। उनीहरुसँग ८२ मत छ। यो मतले माओवादीले सजिलै बहुमतीय सरकार बनाउन सक्छ भने कांग्रेसलाई १८७ मत चाहिन्छ।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





