उजिर मगर, काठमाडौं, साउन ८- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय प्रणालीमा आफूहरु कुनै पनि हालतमा नजाने अडान दोहर्याएका छन्। 'अब १७ गते पनि फेरि बहुमतीय प्रणालीमा जाने हो भने मुलुक मृत्युकण्डमा पुग्छ,' खनालले पत्रकारहरुसँग भने, 'त्यो अवस्था रोक्न जरुरी छ।'
कम्युनिष्ट नेता पुष्पलालको ३२ औं स्मृति दिवशका अवसरमा पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि बोल्दै अध्यक्ष खनालले भने, 'परिवर्तनलाई आत्मसाथ गर्ने शक्तिले सहमतिको सरकारको नेतृत्व गर्छ भने हामी त्यसलाई सहर्स स्विकार्छौं।'
उनले नेकपा एमालेले सरकारको नेतृत्व चाहेको नभई परिवर्तनलाई आत्मसाथ गर्ने शक्तिलाई स्विकार्न आफूहरु तयार भएको समेत बताए। कङ्ग्रेसले प्रस्ताब गरेको पालैपालो सरकार चलाउने विषयलाई गलत भएको भन्दै उनले त्यसलाई नस्विकार्ने समेत बताए।

प्रतिक्रियाहरू (2)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook