काठमाडौ, मंसिर १५ (नागरिक)- डिजेलमा भएको मुल्यबृद्धिस"गै यातायात व्यवसायीले सवारी भाडा बृद्धि गर्ने तयारी भइरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सोमबार प्रधानमन्त्री कार्यालय र श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
सरकारले डिजेलमा तीन रुपैयाँ बृद्धि गर्दा पनि सवारी भाडादरमा प्रति किलोमिटरमा ३ पैसाभन्दा बढी भाडा बृद्धि नहुने मञ्चको भनाइ छ। व्यवसायीले प्रतिलिटर तीन रुपैयाँ मुल्य बढेको आडमा लामो तथा छोटो दुरीको भाडा बृद्धि गर्ने योजना बनाएको मञ्चको आरोप छ।
मञ्चका अनुसार विगतमा पेट्रोलियम पदार्थको मुल्य घट्दा सरकारले यातायात भाडा घटाएको सुचना जारी गर्दा पनि यातायात व्यवसायीले भाडा घटाएका छैनन्। अहिले पनि व्यवसायीले भाडा निर्धारण समितिले तोकेभन्दा बढी भाडा असुलिरहेको मञ्चले जनाएको छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook