कोलोनी (नुवाकोट), पुस १६- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले लडाकुको पुन:स्थापनामा स्वयम् माओवादी प्रतिबद्धता कमजोर देखिएकाले ढिलाई भइरहेको बताएका छन्। लडाकुको पुन:स्थापनासम्बन्धी विशेष समितिको बैठकलाई समेत माओवादीले महत्व नदिएको उनको भनाइ थियो।
माओवादी लडाकुको पुनःस्थापना नभएसम्म देशमा शान्ति स्थापना हुन नसक्ने पनि उनले बताए। संविधानसभाले निर्दिष्ट गरेको शान्ति प्रक्रियालाई अधुरो राखेर मुलुकमा नयाँ संविधान जारी हुन नसक्नेसमेत डा. महतले ठोकुवा गरे।
नुवाकोटको कोलोनीस्थित भैरुम उच्च माविको स्वर्ण जयन्ती समारोहको उदघाटनपछि पत्रकारसँग कुराकानी गर्दै महतले औद्योगिक अशान्ति, जवरजस्ती चन्दा असुली र ट्रेड युनियनका नाममा गरिएको आतङ्कका कारण मुलुकमा लगानीको वातावरण बिग्रँदै गएको र यही क्रम रहिरहे मुलुकले ठूलो आर्थिक सङ्कट भोग्नुपर्ने बताए।
मुलुकमा हिंसा र अराजकता बढ्दै गए तापनि गृह प्रशासन त्यसको नियन्त्रणमा पूर्ण असफल रहँदै आएको र त्यसबाट लगानीकर्ताले असुरक्षित महसुस गर्नाले मुलुकको आर्थिक अवस्था विगतमा भन्दा डाँवाडोल भएकोसमेत महतको दाबी थियो।
यसअघि भैरुम उच्च मावि हात्तीगौंडाको स्वर्ण जयन्ती समारोहमा डा. महतले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सङ्गीना वैद्य, रमेश श्रेष्ठलगायत् विद्यालयलाई उत्कृष्ट योगदान दिएका तीन दर्जनलाई विद्यालय तथा पूर्व विद्यार्थीका तर्फबाट दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।
- देवचन्द्र भट्ट

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook