Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
May 17th

Nagarik News Blog

Nagarik News Blog

विसं २०१९ को चैतमा बी.एस्सीको परीक्षा सकेर आफ्नो गाउँ लमजुङको दुराडाँडा जान लागेको थाहा पाएपछि काठमाडौंबाहिर कहिल्यै नगएका सहपाठी मित्र भाष्कर रिसालले पनि मसँगै पहाड जाने इच्छा गरे। दुराडाँडा पुग्न ६-७ दिनको पैदल बाटो हिड्नु पर्थ्यो। हामी त्रिशुली भएर हुलाकी मूल बाटो हुँदै गएका थियौँ। हिउँद भए पनि बेलाबेलामा पानी परेकाले ठाउँठाउँमा रातो माटोको चिप्लो बाटोमा लड्दैपड्दै गएका थियौँ। दरौँदी नदीको किनार पुगेपछि नदीमा सङ्लो पानी हेर्दा जँघार तर्न सकिने ठान्यौ। अनि, दुवै जनाले सुरुवाल फुकालेर काँधमा हाली नदी तर्ने तयारी गर्‍यौँ। कहिल्यै यसरी जँघार नतरेका साथीलाई समातेर नदीको छेउको भंगालोमा आधाजस्तो पुग्नै लागेका बेला पारिबाट एक जनाले कराएर भने - 'ए केटा हो मर्न मन छ कि क्या हो? देख्दैनौ माथिबाट भेल आएको? लेक बर्सेको देखेनौ?'

विश्‍व प्रेस स्वतन्त्रता दिवश मनाउन भृकुटीमण्डमा जुटिरहँदा हिजोमात्रै पत्रकार महासंघले जारी गरेको एउटा वक्तव्यले टाउको रिङ्ग्याङरह्यो। हिजै मुलुकमा एकदमै राम्रोसँग चलेको एउटा समाचार च्यानलका पत्रकारलाई तलब नदिएको ८ महिना सुरु भएछ। यो विषय पत्रकार महासंघमा पनि छरपस्ट भइसकेको थियो। त्यो चर्चित समाचार च्यानल एउटा उदाहरणमात्र हो।

नागरिक दैनिकको क्षेत्रीय संस्करण पूर्वेली नागरिक निकाल्ने जिम्मेवारी पाएर विराटनगर झरेको करिब दुई साता बित्यो। यसबीच नयाँ वर्षदेखि प्रारम्भ भएको पूर्वेलीका ७ अंक प्रकाशित भएका छन्। छोटो समयमै पाठकहरूमाझ पत्रिकाले मायाप्रीति गाँस्दै गएको अनुभव गर्न पाउँदा खुसी लाग्नु स्वाभाविकै हो। राजधानीमा बसेर करिब दुई दशकको पत्रकारिता यात्राका क्रममा बेला-बेला मोफसल झरेर समाचार लेख्नु मेरो रूचिको क्षेत्र हो।

एक वर्षअघि वीरगन्ज चिनी मिलनजिक डोमबस्तीमा क्यामरा बोकेर छिर्दा निलो आँखा भएकी एक बालिकाले ध्यान खिचिन्। झुपडबस्तीमा अभावमा बाँचेकी ८ वर्षीया काजल मली विछट्टै राम्री थिइन्। गलामा पोते, निधारमा टिका, ओठमा मिठो मुस्कानसहित सुनौलो केशमा सजिएकी उनी तस्बिरमा झनै आकर्षक देखिइन्। वर्ष दिनभरि उनको तस्बिर मेरो मनमा गढिरह्यो।


काठमाडौंमा 'गज्जब'को अभियान थालिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई दम्पति सडकमा कुचो लिएर निस्केकाले हो कि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेपाली हाकिमले त अति उत्साहमा एसएमएसै गरे- मैले यति सफा काठमाडौं यसभन्दा पहिले कहिल्यै देखेको थिइन। काठमाडौंबाहिर भएकाले ठाने- होला। र उनको एसएमएस फर्काएँ- कतै माओवादीका अरू कार्यक्रमजस्तै प्रचार र पाखण्ड सिद्ध नहोस्।

मन्दिर वरिपरिको जमिन रक्ताम्ये थियो। कतै-कतै त रगतको हिलोजस्तो थियो। हुन पनि दसैंका बेला नेपालगन्जको बागेश्वरी मन्दिरमा पशुवलीका कारण रगत नटेकी जाने स्थिति हुँदैनथ्यो।
झन् त्यस दिन त महाअष्टमी। बली दिन आआफ्ना पशुपक्षीका साथ आएका मानिसको लाम निकै थियो।

विरोधका लागि टायर बाल्ने र सडक थुन्नेहरू स्वाँठ हुन्। नाफाका लागि टायर बालेर जनताको स्वास्थ्य बिगार्नेहरू चाहिँ अपराधी नै हुन्। सामाखुसीबाट म्हेपी जाने बाटामा पर्ने मञ्जुश्री देवी मार्गमा पिच गर्ने ठेकदारले अलकत्रा पगाल्न टायर बालेछन्। रातभर वरपरका बासिन्दालाई धुवाले सताएछ। अनि एक जना महिलाले सहनै नसकेपछि प्रतिवाद गर्दै रहिछन्। म त्यहाँ पुग्दा पहिले त ठेकेदारका कामदारहरू गलफती गर्दै थिए। महिला पनि पछि हटिनन्। त्यसपछि दाउरा प्रयोग गर्ने वचन लिएरै छाडिन्।

विराटनगरका मारवाडी युवा मञ्चले आयोजना गरेको होलीको रमझम मेरो लागि एउटा रोमान्चक अनुभव भइरहेको छ। रिर्पोटिङ गर्ने शिलशिलामा विराटनगर झरेको एक सातामा यहाँका उद्यमी, व्यापारी, अन्य धेरै विधा र व्यवसायका मानिसहरुसँगको कुराकानीले मलाई काठमाडौ खाल्डोको फोहोरी राजनीति भन्दा निकै टाढा पुर्‍याएको अनुभव भइरहेको थियो। यहाँका मारवाडी युवाहरुले आयोजना गरेको होली कार्यक्रमले होलीको प्राकृतिकता उभिएको अनुभव भैरहेको छ।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ट्याग्स

कमेन्ट