Monday 30 Ashad, 2071 |
Menu

ब्लग

(0 votes)

म, क्रिकेट र विश्वकप सपना

सन् १९८५। नेपालमा टेलिभिजन प्रसारण सुरुआतको वर्ष। यो त्यही समय हो, जतिबेला टेलिभिजनसँग मेरो पहिलो चिनजान भयो।
विस्तृतमा पढ्नुस्
(0 votes)

दयानन्दको शरीर र म

'ओ दयानन्द बज्राचार्य के छ खबर?' लामो समयसम्म नेपाल समाचारपत्र र पछि नागरिक दैनिकमा समेत सँगै काम गर्ने विनोद पाण्डे मलाई भेट्ने बित्तिकै जिस्किन्थे। दयानन्द बज्राचार्यको नाम धेरै सुनेको मात्र नभै विभिन्न कार्यक्रममा भेटघाट पनि हुन्थ्यो। नाष्ट (तत्कालिन रोनाष्ट) का उपकुलपति भएपछि दोस्रो कार्यकालको अन्तिम समयताका उनीसँग सम्पर्क अलिकति बाक्लै भयो।

विस्तृतमा पढ्नुस्
(0 votes)

दसैं : नो न्युज प्लिज

'नो न्युज इज गुड न्युज। नो जर्नालिस्ट इज इभन बेटर,' निकोलस वेन्टलीका यी शब्दले यतिखेर समाचार कक्षमा काम गर्नेलाई होच्याइरहन्छ। राष्ट्रिय पर्व छ। अखबारहरु सबै बन्द छन्। समुन्द्री तुफानको लहर दक्षिणतिर आउँदा यहाँको आकाशमा पर्दा लागेको छ। सूर्य निस्तेज। समाचार कक्ष रित्ता।
विस्तृतमा पढ्नुस्
(0 votes)

आहा! त्यो दिन

कांग्रेस नेता मनमोहन भट्टराईले गणेशमान सिंहका बारेमा बताइरहँदा ध्यानबाट भर्खर जागेकाहरु हातले मुख छोपेर सुनिरहेका थिए। भाषण गर्न बानी परेका नेता न परे। दश दिने ध्यान शिविर सकेर बोल्न पाएका साधकहरु एसएन गोयन्का गुरुजीको स्प्रिच्युल डिस्कोर्स होइन राजनीतिक प्रवचन सुन्दै थिए। दश दिनदेखि थुनिएका मुखहरु खुल्न पाएकैमा माहोल एक्साइटेड थियो। हामी थियौं नेपाल विपश्यना सेन्टर, मुहानपोखरी बुढानिलकण्ठमा। नेताका अघिपछि कार्यकर्ता होइन ध्यान गर्न गएका लेक्चरर, उद्योगी, आर्मीका रिटायर्ड अफिसर, पत्रकार र विद्यार्थी थिए।

विस्तृतमा पढ्नुस्
(0 votes)

ब्यारेक ब्रेकरले माओवादी छोडे

राजु क्षेत्री, जसले आफनो जीवनको उर्वर समय माओवादी युद्धमा बिताए। सोही पार्टीको वकालत गर्दै २० वर्ष पुरै हिँडे। जति माओवादीको प्रचार गर्नु थियो, त्यो अरु भन्दा उनले धेरै नै गरे। माओवादी युद्धकालमा भएको घटनाको माओवादी 'एङ्गल'को समाचार लेख्ने सीमित पत्रकार मध्ये क्षेत्री पनि एक थिए। ज्यान हत्केलामा राखेर उनले युद्धका समाचार निरन्तर प्रवाह गरिरहे जनादेशको संबाददातादेखि कार्यकारी सम्पादकसम्म भएर।
विस्तृतमा पढ्नुस्
(0 votes)

वैद्य'बाको बर्चश्व

पुष्पकमल दाहाल र बाबुराम जस्ता दिग्गज नेताले आह्वान गरेको बन्द दरको तरमा तैरियो। बन्द शीर्षबाट मुन्तिर झर्न पनि सकेन। एकीकृत माओवादीले गरेको बन्द हेर्दा हेर्दै असफल यात्रातिर ओरालियो। हत्त न पत्त नेतृत्वले लाजगाल जोगाउन मध्यान्नमै घोषणा गर्यो- 'बन्द फिर्ता।' सशस्त्र युद्ध लडेर १० वर्षपछि बालुवाटारमा प्रकट भएको माओवादीको कान्ति क्षय यो भन्दा बढी कसोरी होला?
विस्तृतमा पढ्नुस्
(0 votes)

८० खाले फिल्मी जनकपुर

बलिउड फिल्मले प्रस्तुत गर्ने कथावस्तु नेपालमा भेटिदाँ काल्पनिक भन्न गाह्रो हुन्छ। फिल्ममा देखाइने अपहरण, राजनीनि, गुण्डागर्दी र अशिक्षित देखिने कथा नेपालबाट उतारिएको लाग्छ। ऐतिहासिक जनकपुरस्थित जानकी मन्दिरको सुन्दरता उठ्दै गर्दा यो क्षेत्र भ्रष्ट्रचार र दुव्र्यसनीको आस्रयस्थल उर्वरभूमि बन्दैछ। जनकपुर प्रवेश गर्ने जो कोहीलाई ८० दर्शकको हिन्दी फिल्मको झझल्को दिन्छ। विभिन्न २२ वटा पार्टी आवद्ध युवाको दादागिरी देख्दा फिल्मको याद नआउने कुरै भएन्। यहाँ गोरो अनुहार देख्नु भनेरको मूर्गा हुनु हो। बाटोमा चटपटे व्यापार गर्नेदेखि लिएर ड्राइभरहरु कमिसनको खेलमा गोरो र नेपाली बोल्नेहरुलाई सजिलै मुर्गा बनाउने प्रवृति भोगियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

सुनगाभा विवाद : लगनपछिको पोते

राजनीतिभन्दा पनि चरम संक्रमणमा छ नेपाली चलचित्र क्षेत्र। प्रसव पीडामा छटपटिएर कतिखेर काख न्यानो पार्छ त कतिबेला खेर फाल्छ, आफ्नै सन्तान। ६ दशकसम्म पनि स्पष्ट रेखा नकोरिएको आरोप नेपाली चलचित्रलाई छ। अहिलेसम्म आइपुग्दा औंलामा गन्न सक्ने चलचित्रलाई सफल भनिरहेका छौं। यस्तो स्थितिमा गुज्रेको नेपाली चलचित्र क्षेत्रमा ओस्कार रौनक आफैमा गद्गद्को विषय हो। तर, ओस्कार मनोनित चलचित्रमाथि उठेको विवादले सम्भावनालाई नै धरापमा पारेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

'झुर' फिल्मको 'सुपरहिट' कमाई

बलिउड फिल्म चेन्नई एक्सप्रेस रिलिज लगत्तै समीक्षाहरु पढ्न लायक थिए। सीमित मिडियाबाहेक धेरैले यसलाई 'झुर' फिल्मको दर्जामा राखे। ठूला ब्यानरमा फिल्म बनेलगत्तै पाँचमा चार तारा दिने समीक्षकहरुबाहेक सबैलाई यसलाई एउटै टोकरीमा फ्याँके। समीक्षकको आलोचना जति कडा थियो यो फिल्मको व्यापारिक 'रिपोर्ट' उत्तिकै कडारुपमा आउनेक्रम सुरु भयो।
विस्तृतमा पढ्नुस्
(0 votes)

ज्ञानेन्द्रलाई जेल हाल्ने कि गद्दीमा बसाउने?

नेपालीलाई माओवादीको युद्ध आवश्यक थियो? हिंसाको निरपेक्ष बिरोध गर्नेहरुले नेपालमा १० वर्ष चलेको हतियारबन्द राजनीतिक युद्धको बिना सर्त आँखा चिम्लेर भन्दिनेछन्- पटक्कै थिएन। युद्धको परिणामले आफ्नो वर्गीय स्वार्थमा धक्का पुगेको देख्ने भोग्नेलाई पनि यो आवश्यक थिएन।

विस्तृतमा पढ्नुस्
(0 votes)

संवेदनाहीन स्कुप

भनाइ छ, 'एउटै तस्बिरले हजार शब्द बोल्छ।' तस्बिरको महŒव यही वाक्यले प्रष्ट्याउँछ। तर, सधैं त्यसो हुँदैन। सबैतिर तस्बिरमात्रै पर्याप्त नहुन सक्छ। फोटोग्राफी मेरो नशा हो। केवल जागिर होइन। फोटोग्राफी भनेको क्यामेराको लेन्सअगाडि जे आउँछ त्यो मात्र खिच्नु पनि होइन। फोटो पत्रकारको पेसासँगै ठूलो जिम्मेवारी गाँसिएको हुन्छ। तर, केहीले यसको महत्व र संवेदनशीलतालाई नबुझ्दा फोटो पत्रकारलाई रमितेका रूपमा पनि हेर्न थालिएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed