Sunday 24 Magh, 2072 |
Menu

कार्टुन

republica-headerdiscount-subscribe1

istl

प्रत्येक गालीको बदला एक डलर दान गर्ने यी महिला

(0 votes)
पीएचडी थेसिसका साथ सुसन। पीएचडी थेसिसका साथ सुसन।
सिड्नी– अष्ट्रेलियाकी एक महिलाले सोसल मिडियामा घृणा फैलाउने व्यक्तिबाट जोगिन एउटा अनौठो उपाय खोजेको छिन्। सुसन कारल्यान्डले ट्विटरमा गाली दिनेलाई अहिलेसम्म सुनिएभन्दा फरक जवाफ फर्काइन्। सोही कारण उनी अहिले चर्चित छिन्। उनलाई मुस्लिम भएका कारण ट्विटरमा गाली खानु परिरहेको थियो। यसै वर्ष पीएचडी सकेकी उनका श्रीमान् टक शो होस्ट छन्।
nepalipatro-nagarik
सुसनले ट्विटरमा आफूविरुद्ध लेखिएका प्रत्येक गालीका बदला एक डलर युनिसेफलाई दान गर्ने फैसला गरेकी छिन्। ट्विटरबाट उनले घोषणा गरेकी छिन् घृणाभरिएका ट्विटका लागि उनले अहिलेसम्म एक हजार अष्ट्रेलियन डलर दान गरिसकेकी छिन्।

सिड्नी मर्निङ हेराल्डले सुजनको यो कार्यमा एउटा स्टोरी तयार पारेको छ। 'मलाई फेसबुकमा मान्छेहरुले मेसेज पठाउँछन् र भन्छन् म एक मुस्लिम हुँ। त्यसैले मलाई हत्या, युद्ध, सेक्सिजम मनपर्छ।' ती व्यक्तिहरुले सुजनको मृत्युको कामना गरेको र अष्ट्रेलिया छोड्न कामना गरेको उनले सुनाएकी छिन्। उनीविरुद्ध जेहादी फाइटरको आरोप पनि त्यस्ता व्यक्तिहरुले लगाउने गरेको उनले बताएकी छिन्।

आफूविरुद्ध यस्तो हर्कत गर्नेहरुलाई ब्लक गर्नुको सट्टा दान दिने जुक्ति उनले खोजिन्। उनलाई लाग्यो कि प्रत्येक गालीको बदलामा एउटा दान गर्न सकुँ। सुजनको यो पहलले अहिले अष्ट्रेलियामा प्रशंसा पाइरहेको छ।

प्रतिक्रिया