अझै देखेन सरकारले

अझै देखेन सरकारले

शुक्रबार, २४ मङि्सर २०७३

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन सुरु गरेको १६ दिन पुगे पनि उनका मागप्रति सरकारले वास्ता गरेको छैन।

१४ दिनदेखि तिवारी अनशनमा, वार्ता विफल

१४ दिनदेखि तिवारी अनशनमा, वार्ता विफल

मङ्गलबार, २१ मङि्सर २०७३

सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत विकास तिवारीको अवस्था बुझ्न सोमबार स्वास्थ्य मन्त्रालयको टोली राजविराज आइपुगेको छ। पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. महेश खनालको नेतृत्वमा चार सदस्यीय टोली यसरी सप्तरी आइपुगेको हो।

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

शुक्रबार, १७ मङि्सर २०७३

बिरामीलाई चर्को उपचार खर्च असुल्ने र इजाजत नभएको सेवा दिने लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहमाथि कारबाही हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवं निमित्त प्रमुख उमेशलाल कर्ण भन्छन्, ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहलाई शल्यक्रिया गर्ने अनुमति छैन।

किनमेलसँगै आकासियो भाउ

किनमेलसँगै आकासियो भाउ

शनिबार, ११ मङि्सर २०७३

विराटनगर उपमहानगरपालिका आसपासका क्षेत्रमा जग्गाको कारोबार बढ्न थालेपछि चालू आर्थिक वर्षको पहिलो चार महिनामा मालपोत कार्यालय मोरङको राजस्वमा वृद्धि भएको छ।  गत वर्षको पहिलो चौमासिक भन्दा यो वर्ष झन्डै दोब्बरले राजस्व वृद्धि भएको छ।

विपन्नलाई उपचारमा सकस

विपन्नलाई उपचारमा सकस

शनिबार, ०४ मङि्सर २०७३

मोरङ, कदमाहा–७ का शम्भु सिंहका १८ महिनाका छोरालाई ब्रेन ट्युमर भयो। उनले छोराको उपचारका लागि विराटनगरको सबैभन्दा महँगो अस्पताल रोजेे। आर्थिक हैसियत कमजोर भएका सिंहले ‘सर्वस्व’ सकेर पनि छोरालाई बचाउन चाहन्थे।

सामाजिक चेतना फैलाउँदै बालक्लब

मङ्गलबार, ३० कार्तिक २०७३

गाउँमा कुनै खोप लगाउने काम होओस् वा गाउँको कुनै पनि भेला गर्दा धनुषाको भुचक्रपुर गाविसकी सामाजीक परिचालक मन्जुकुमारी महतो सवैभन्दा पहिला बालक्लवलाईनै खवर गर्छिन् । किनकि खबर पाउँदासाथ त्यहाँका बालक्वल सक्रिय हुन्छन्, घर घर पुगेर अभिभावकलाई सम्झाउँछन् र मान्छे भेला पारिहाल्छन् ।

'समाजको मुहार फेर्ने सपना छ'

सोमबार, २९ कार्तिक २०७३

धनुषाको भुचक्रपुर गाविसकी सुस्मीता ठाकुरको दैनिकी पहिले साँधुरो घेरामा सिमित थियो। विहान वेलुका घरको काम, दिउसो स्कुल तर पछिल्लो समय उनको दैनिकी वदलिएको छ। घर र विद्यालयको घेरा भन्दा फराकिलो वनेको छ उनको दिन र दैनिकी।

बालवालिकाले बजेटको हिस्सा खोज्न थाले

आइतबार, २८ कार्तिक २०७३

महोत्तरीकी बज्रंग वालक्लवकी राखी ठाकुरलाई अहिले वालवालिकाको लागि छुट्याइएको बजेट केमा खर्च गर्ने? भन्ने योजना बनाउनमै भ्याइ नभ्याइ छ। महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ७ मा बसोवास गर्ने राखी स्कुल विद्यालयमा छुट्टी हुँदा वित्तिकै आफ्ना साथीभाई (वालवालिका) भेला पार्छिन्, र बालवालिकाको विकासका लागि के के आवश्यकता पर्छन् सो को योजना वनाउँछिन् र नगरपालिकासँग बजेट माग्छिन्।

'खोल्सीको सुन' ले समृद्धि

'खोल्सीको सुन' ले समृद्धि

आइतबार, २८ कार्तिक २०७३

इलाम, जिर्मले–२ का रुद्र राईले प्राथमिक शिक्षकको जागिरबाट अवकाश लिएपछि अलैंची खेती थाले। व्यावसायिक खेती गरेको दशक नपुग्दै उनले झापाको व्यापारिक केन्द्र बिर्तामोडमा महँगो मूल्यका दुईवटा घडेरी मात्रै किनेनन्, अहिले काठमाडौंमा किनेको जमिनमा घरै बनाउने सुर गर्दैछन्।

चिया प्रतिवेदन थन्कियो

बिहिबार, २५ कार्तिक २०७३

समस्या समाधानका लागि भन्दै कार्यदल बनाउने, त्यसले बनाएको प्रतिवेदन पनि बुझ्ने तर त्यसलाई कार्यान्वयनमा लैजानुको साटो थन्क्याइदिने सरकारी शैली चिया क्षेत्रमा पनि दोहोरिएको छ।

'फोहरले डेंगे प्रकोप'

'फोहरले डेंगे प्रकोप'

बिहिबार, ११ कार्तिक २०७३

तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जनले डेंगे संक्रमण बर्सेनि दोहोरिने विज्ञहरूले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण अहिले झापामा पनि उच्च छ। एक सातायता संक्रिमतको संख्या बढिरहेको छ।

रहेनन् 'अलैंचीका पिता'

रहेनन् 'अलैंचीका पिता'

सोमबार, ०८ कार्तिक २०७३

खोरिया फाँडेर व्यावसायिक रूपमा अलैंची, फलफूल, चिया, तरकारी खेती र माछापालन गरेको निहुँमा राणा शासनकालमा राजकाज मुद्दा खेपेका खोटाङका पर्खनबहादुर राईको शनिबार निधन भएको छ।

भित्रिन थाले फूल र माला

भित्रिन थाले फूल र माला

शुक्रबार, ०५ कार्तिक २०७३

स्थानीय उत्पादन कहिल्यै फस्टाउन नसक्दा फूलमा समेत भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा पूर्वी नाकाबाट भारतीय फूलको आयात पनि बढ्न थालेको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा फूल अधिक खपत हुने चाडपर्वमा मात्रै होइन, अन्य समयमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता आएको हो।

पैसा लिएर भाग्छन् ठेकेदार

पैसा लिएर भाग्छन् ठेकेदार

मङ्गलबार, ०२ कार्तिक २०७३

आयोजना जिम्मा लिने, कर्मचारी रिझाएर पेस्की रकम हात पार्ने अनि काम छाडेर बेपत्ता हुने ठेकेदार तथा तिनका अघि निरीह बन्ने कर्मचारी प्रवृत्तिले विकास निर्माणका अधिकांश आयोजना अलपत्र हुन्छन्।

त्रासको यात्रा : चतरा-बराह क्षेत्र

त्रासको यात्रा : चतरा-बराह क्षेत्र

आइतबार, ३० असोज २०७३

हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक सुनसरी बराहक्षेत्र पुग्ने मार्ग जोखिमपूर्ण छ। यो वर्ष अधिक पानी परेर सुनसरीकै चतरादेखि बराहक्षेत्र मार्गका बीचबीचमा पहिरो जानुका साथै पानीले ठूल्ठूला खाल्डाखुल्डी हुँदा उच्च जोखिममा रहेको हो।

दशैंतिहारको स्वागत गाउँ सरसफाई

दशैंतिहारको स्वागत गाउँ सरसफाई

आइतबार, २३ असोज २०७३

कसैको हातमा कुटो छ, कसैको हातमा कोदालो । खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–४ दाल्फुमा आइतबार देखिएको एउटा लामबद्ध समूह गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाईमा जुटिरहेको छ ।

महिला कुटेको भन्दै सिरहामा तनाब, प्रहरीको मोटरसाइकल जलाइयो

शनिबार, २२ असोज २०७३

महिलामाथि लाठी प्रहार गरी घाइते बनाएपछि सिरहामा केहीबेर आक्रोशित भीडले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ। प्रहरीको लाठी प्रहारबाट सिरहा-२ की मुलही देवी यादव घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको छ।

महोत्तरीमा भूत मेला

महोत्तरीमा भूत मेला

शुक्रबार, २१ असोज २०७३

यस क्षेत्रकै प्रसिद्ध शक्ति पिठको रुपमा रहेको सोनामाईमा प्रत्येक वर्षझैँ यस वर्ष पनि (डाइन) बोक्सी नियन्त्रण गर्ने भूतप्रेत मेला लाग्ने भएको छ। परापूर्वकालदेखि वर्षेनि दसैंको अवसर पारेर आयोजना गरिने भूत मेलाको तयारी पूरा भएको सोनामाई मेला समारोह समितिले जनाएको छ।

थामिएन चुरे दोहन

थामिएन चुरे दोहन

आइतबार, ०९ असोज २०७३

दुई वर्षअघि सरकारले मुलुकको ३६ जिल्लामा पर्ने चुरे क्षेत्रका गाविस र नगरपालिकालाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्‍यो। असार १६, २०७१ मा भएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयस्तरीय उक्त निर्णय नेपाल राजपत्र भाग ५ मा प्रकाशित छ। लगत्तै उक्त क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन नगर्न सम्बन्धित निकायलाई निर्देशन गरियो।

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

आइतबार, ०२ असोज २०७३

सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।