'छैन-छैन, निजीतिर जानुस्'

'छैन-छैन, निजीतिर जानुस्'

शुक्रबार, ३१ भदौ २०७३

चन्द्रअयोध्यापुर-६ मा एउटा दलित बस्ती छ। आफ्नो नाममा जमिन नभएकी फूलकुमारी सदाय यही बस्तीको एउटा छाप्रोमा बस्छिन्। तीन वर्षअघि कान्छो छोरो जन्मँदा लिइएको ऋणको भारीले उनी अझै तंग्रिन सकेकी छैनन्।

पहिरोमा पुरिएर ६ को मृत्यु

पहिरोमा पुरिएर ६ को मृत्यु

आइतबार, १९ भदौ २०७३

अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङमा चार र भोजपुरमा दुई गरी ६ जनाको ज्यान गएको छ। एक जना घाइते छन्। शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका–२, निरौला टोलमा तीन र ताप्लेजुङ– ८, धुसेनी, अँधेरीमा दुई जनाको मृत्यु भएको हो।

पहिराले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु [अपडेट]

पहिराले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु [अपडेट]

शनिबार, १८ भदौ २०७३

भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका-२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ। अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन्।

ज्यानमारा चट्याङ

ज्यानमारा चट्याङ

मङ्गलबार, ०७ भदौ २०७३

आइतबार अपराह्न मौसम एकाएक बदलियो। दिउँसै रात परेजस्तो। आकाशमा कालो बादल मडारिइरह्यो। टपटप पानी पर्न थाल्यो। हपहपी गर्मी खेपिरहेका पूर्वी नेपालका बासिन्दाले आकाशतिर हेर्दै ‘राहत’ महसुस गरे।

कर्जाले बनायो कंगाल

कर्जाले बनायो कंगाल

शनिबार, २९ साउन २०७३

सरपल्लो–८ महोत्तरीका तुफानी अन्सारीले सात वर्षअघि छिमेकी सोनेलाल महतोसँग घरखर्च चलाउन १० हजार रुपैयाँ ऋण लिएका थिए। वार्षिक ३६ प्रतिशत ब्याज दिने सर्त थियो। सोनेलालले गएको वर्षसम्म ३ लाख २० हजार रुपैयाँ पुगेको भनेर अर्को तमसुक गराएका छन्। तुफानी एक लाख रुपैयाँसम्म तिर्न तयार भए तर साहूले मानेनन्। निराश भएका ६६ वर्षीय तुफानी सोनेलालले कुनै पनि दिन अदालतमा लेनदेन मुद्दा दर्ता गर्लान् भन्ने त्रासमा छन्।

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

१८ घन्टा अपरेसनपछि बालिकाको उद्धार

मङ्गलबार, २५ साउन २०७३

सोमबार बिहान ४ बजे। मोरङको पथरी मस्त निद्रामा थियो। राजमार्गको त्यो बस्तीको एउटा घरमा भने हलचल थियो। सादा पोसाकमा रहेका सुरक्षाकर्मीले घर घेरा हालेका थिए। केही भित्र पसेका थिए। ५ वर्षकी बालिका ओछ्यानमा मस्त निद्रामा थिइन्। निदाइरहेकै अवस्थामा प्रहरीले बालिकालाई अँगालोमा राखे। र, बिस्तारै घरबाहिर निस्किए।

रहेनन् प्रजातन्त्र सेनानी

सोमबार, २४ साउन २०७३

प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आइतबार निधन भएको छ। झापा, धुलाबारीनिवासी ८० वर्षीय नेम्वाङ लामो समयदेखि दुवै मिर्गौला खराब भएर थलिएका थिए। बिर्तासिटी अस्पतालमा उपचारक्रममा साँझ साढे ६ बजे उनको निधन भएको हो। केही समय पहिले मात्र उनी राजधानीमा उपचार गरेर फर्किएका थिए। केही दिनअघि झापा आएका उनी घरबाटै उपचारका लागि बिर्तासिटी अस्पताल धाइरहेका थिए।

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

शनिबार, १५ साउन २०७३

खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

शुक्रबार, १४ साउन २०७३

कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

आइतबार, ०९ साउन २०७३

निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढ्दा पूर्वी नेपालको जनजीवन अस्तव्यस्त छ। पूर्वी तराईमा बाढीले सयौं घर डुबानमा छन् भने पहाडमा पहिरोले सडक अवरूद्ध छन्। सुनसरी (बक्राहा) खोलाको पानी मोरङ, मधुमल्ला–५ स्थित बेतनी बस्तीनजिक पुगेको छ।

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

१२ वर्षपछि जनकपुरमा भारी वर्षा

शुक्रबार, ०७ साउन २०७३

जनकपुर क्षेत्रमा १२ वर्षको रेकर्ड तोड्दै बिहीबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभाग जनकपुर कार्यालयका प्रमुख राजिव झाका अनुसार, बुधबार बिहान ८:३० देखि बिहीबार बिहान ८:३० सम्म ११८.२ मिलिलिटर वर्षा भएको छ।

५४ वटा योजना अधुरै

शुक्रबार, ०७ साउन २०७३

वर्षभरिमा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष ०७२/०७३ को अन्तिममा सक्न इटहरी–१९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणनिम्ति असार ५ गते सम्झौता भयो। ५ दिनभित्रमा काम सक्नेगरी उक्त सम्झौता भएको थियो। तर, अहिले सम्झौताको २५ दिन बितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

सद्दे छैनन् झापाका सडक

सद्दे छैनन् झापाका सडक

शुक्रबार, ०७ साउन २०७३

झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

केसीका पक्षमा जाग्यो मोफसल

केसीका पक्षमा जाग्यो मोफसल

शुक्रबार, ०७ साउन २०७३

चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १२ दिनदेखि त्रिवि, शिक्षण अस्पताल, काठमाडौंमा अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा बिहीबार पनि भरतपुरमा मैनबत्ती प्रज्वलनसँगै प्रदर्शन गरिएको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन प्रदर्शन गरिएको हो।

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

डाक्टर कुर्दै, आमा-छोरा रुँदै

आइतबार, ०२ साउन २०७३

कोसी अञ्चल अस्पतालको इमेर्जेन्सी गेटछेउको काठको कुर्सी। सुरक्षा गार्ड बस्न राखिएको कुर्सीमा काखमा बच्चा बोकेर बसेकी एउटी आमा रोइरहेकी थिइन्। बच्चा पनि ‘पेट दुख्यो’ भन्दै रोइरहेका थिए। हातमा एक्स–रे बोकेकी महिला घरि छोराको अनुहार हेर्थिन् भने घरि आँचलले आखाँबाट बगिरहेको आँसु पुछ्थिन्।

सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी

सस्तोमा सुन ल्याइदिने भन्दै २० लाख ठगी

आइतबार, ०२ साउन २०७३

५० हजार रुपैयाँमा प्रतितोला काँचो सुन ल्याइदिने लोभमा २० लाख रुपैयाँ ठगेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी–२ मा सुनचाँदी कारोबार गर्ने डम्बर विश्वकर्मासित २० लाख रुपैयाँ ठगेका झापा शर्णामति–५ का धनपति भट्टराईलाई पक्राउ गरिएको हो।

हात-लेगार्डमा हेलमेट!

आइतबार, ०२ साउन २०७३

जिल्लाको रानीगाउँको तिङ्देन चोकछेउमा यासोकबाट आउँदै गरेको प्रहरीको गाडीसँग क्रस गर्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई झन्डै डिलमुनि झर्‍यो। बाटो साघुँरो भएर वा अन्य कुनै कारणले त्यस्तो भएको हैन।

सहरको फोहोर सडकमा

सहरको फोहोर सडकमा

बिहिबार, ३० असार २०७३

सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

'तमोरको ताल तत्काल फुट्दैन'

'तमोरको ताल तत्काल फुट्दैन'

बिहिबार, ३० असार २०७३

तमोर नदी थुनिएर सावादिन गाविसमा बनेको ताल तत्काल फुुट्ने खतरा नरहेको स्थानीय अध्ययन टोलीले निष्कर्ष निकालेको छ। टोलीले हालकै अवस्थामा ताल फुट्ने खतरा नरहेकाले तमोर नदी किनारका बस्तीका बासिन्दालाई भयमुक्त तर सतर्क भनेको छ।

बिपीमा ओपन हर्ट सर्जरी

बिपीमा ओपन हर्ट सर्जरी

बिहिबार, ३० असार २०७३

मुटु रोगको उपचार गराउन राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपन हर्ट सर्जरी सुरु भएको छ। महिनादिनको अवधिमा यहाँ ११ जना मुटु रोगीको सफल शल्यक्रिया भइसकेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।