रातको समयमा चोरी-निकासी

रातको समयमा चोरी-निकासी

आइतबार, १२ असार २०७३

असारदेखि ३ महिनासम्म देशभरका नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाइएपनि मोरङ र सुनसरीका कतिपय नदीबाट चोरी–निकासी भइरहेको छ। बढी मात्रामा बूढी खोलाको सुनसरी–मोरङ दुवैतर्फबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

बजारको स्वामित्व विवाद चर्किंदै

आइतबार, १२ असार २०७३

जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबर कृषिउपज बजारमा दुईथरि ठेकेदारले कर उठाउन थालेपछि स्थानीय किसान मारमा परेका छन्।  बजार सञ्चालक समिति र स्थानीय महेन्द्र उच्च माविले एउटै बजारलाई आ–आफ्नै शैलीमा ठेक्का लगाएपछि समस्या उत्पन्न भएको हो।

अपराधमा जकडिँदै समाज

अपराधमा जकडिँदै समाज

शनिबार, ११ असार २०७३

जिल्लामा पछिल्लो समय नयाँ–नयाँ प्रकृतिका अपराधको संख्या बढिरहेको स्थानीय नागरिकले गुनासो गरेका छन्। प्रहरी र नागरिक समन्वयात्मक तवरले अपराध नियन्त्रणमा नलागेे समाजमा अपराध भयावह भएर जानेतर्फ उनीहरूले प्रहरी निकायको ध्यानाकर्षणसमेत गराए।

धमाधम पक्राउ पर्दै मोटरसाइकल चोर

शनिबार, ११ असार २०७३

विराटनगर–१३ बाट मोटरसाइकल चोरेर भारतको जोगवनीतर्फ लैजा“दै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्रेको छ। विराटनगर–१३ का लीला ढुंगेलको घरअगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरेर बिक्री गर्न लैजा“दै गरेको अवस्थामा नेपाल–भारत सिमानानजिक विराटनगर भन्सारको ढाटबाट बिहीबार बेलुका मोटरसाइलकसहित २ जना पक्राउ परेका हुन्।

एकल महिलालाई नागरिकता समस्या

शनिबार, ११ असार २०७३

उनको श्रीमान्को मृत्यु हुँदा छोरी करिब ३ वर्षकीमात्र थिइन्। पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमान्को नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। उनी हाल ७३ वर्ष पुगिसकिन् तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन्।

‘विपद् थाम्ने विकास जरुरी’

शुक्रबार, १० असार २०७३

विराटनगर– विकासकै कारण देशका धेरैजसो स्थानमा विपद्को सामना गरिरहनु परेका बेला राष्ट्रिय योजना आयोगले विपद् थाम्ने विकासको पहल थालेको छ । जलवायु परिवर्तन र अव्यवस्थित विकासका गतिविधिले समस्या हुन थालेपछि विपद् न्यूनीकरणनिम्ति राष्ट्रिय योजना आयोगले पहल सुरु गरेको हो।

बर्खा लागेसँगै सम्पर्क विच्छेद

बर्खा लागेसँगै सम्पर्क विच्छेद

शुक्रबार, १० असार २०७३

झापा– प्रत्येक बर्खामा आफ्नो देशसँगै सम्पर्कविहीन बनेर बस्न बाध्य ‘मेचीपारिको नेपाल’का नेपालीको दुःखका दिन फेरि सुरु भएका छन् । मनसुन सक्रिय बनेर सातायता लगातार झरी परिरहँदा मेचीपारिका नेपालीको भने बिजोग हुने गरेको छ ।

टी–२० को उपाधि पुलिसलाई

टी–२० को उपाधि पुलिसलाई

शुक्रबार, १० असार २०७३

राजविराज– राजविराजमा आयोजित दोस्रो मदन–आश्रित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ । राजदेवी माविको क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

भलिबलको उपाधि सिद्धकालीलाई

शुक्रबार, १० असार २०७३

इटहरी– ‘ओलम्पिक डे’ को अवसरमा भएको भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको सिद्धकाली गण पकली, सुनसरीले उपाधि जितेको छ । बिहीबार फाइनल खेल भइरहँदा पानीले खेल हुन नसकेपछि गोलप्रथाका आधारमा सिद्धकालीले उपाधि उचालेको हो ।

साइक्लिङ ट्रफी हिमाललाई

शुक्रबार, १० असार २०७३

उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७, भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।

२ फरार प्रतिवादी पक्राउ

शुक्रबार, १० असार २०७३

इटहरी– अदालतले कैद सजाय तोकेर फरार भएका सुनसरीका २ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय तोकेर फरार भएकी अमडुवा–५ कि मन्द्रिकादेवी राय अमातलाई पक्रेको हो ।

बाख्रापालनले घरखर्चमा सहज

बाख्रापालनले घरखर्चमा सहज

शुक्रबार, १० असार २०७३

भोजपुर– वर्षदिन अघिसम्म तिम्मा–३ पाङखाङकी राममाया राईलाई घरखर्च जोहो गर्न निकै मुस्किल थियो । आम्दानीको कुनै स्रोत नभएपछि ५ जनाको गुजारा चलाउन दैनिक ज्यालादारीबाहेक उनको परिवारसँग अरू विकल्प थिएन । ज्यालादारी गरेर पनि साँझ–बिहान छाक टार्न धौ–धौ भएपछि परिवारको पालनपालनको समस्यामै उनी पिरोलिन्थिन् ।

वर्षाले अधिकांश सडक अवरुद्ध

वर्षाले अधिकांश सडक अवरुद्ध

शुक्रबार, १० असार २०७३

उदयपुर– ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

रक्तदान सम्पन्न

शुक्रबार, १० असार २०७३

धरान– होटल एशोसिएसन अफ् धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ। धरान–६, लोकतान्त्रिक चौतारीमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको एशोसिएसन सचिव श्याम पोखरेलले बताए।

सुनसरीमा ११ लाख ३६ हजार कुखुरा

शुक्रबार, १० असार २०७३

इटहरी– कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै सुनसरीमा व्यावसायिक रूपमा ११ लाख ३६ हजार कुखुरा पालिएका छन्। पछिल्लो समय कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै व्यवसायी पनि हौसिएका छन्। जसले गर्दा संघीय संरचनाअनुसार प्रदेश नम्बर १ मा सबैभन्दा सुनसरीमै कुखुरा पालिएको छ।

खोलामा डुबेर मृत्यु

शुक्रबार, १० असार २०७३

तेह्रथुम– यहाँको ओयाक्जुङ–९ मा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। आयोक्जुङ–९ बस्ने १५ वर्षीय रोशन पुर्कुटीको खोलामा डुबेर मृत्य भएको हो।

पशुपतिनगर हुँदै दिल्लीसम्म लागूऔषध

पशुपतिनगर हुँदै दिल्लीसम्म लागूऔषध

बुधबार, ०८ असार २०७३

भारतीय सीमावर्ती पशुपतिनगर गाउँ विकास समितिबाट प्रहरीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ । १८ किलो चरेससहित ३ व्यक्तिसमेत पक्राउ परेका छन् ।

राकेशलाई कसले देला खाना-पानी!

राकेशलाई कसले देला खाना-पानी!

मङ्गलबार, ०७ असार २०७३

गरिब परिवारमा जन्मेवापत् उनले टोल–समाजका अन्य बालबच्चाजस्तो स्वतन्त्रता पाउन सकेनन्। विद्यालय जान पाउनु त धेरै परको कुरा, उनले आफैंलाई चिन्न नपाउँदै पेट पाल्नकै लागि श्रम बेच्न बाध्य हुनुपर्‍यो।

खोला धमिलियो, खानेपानी हाहाकार

मङ्गलबार, ०७ असार २०७३

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

खोला धमिलियो, खानेपानी हाहाकार

मङ्गलबार, ०७ असार २०७३

झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।