दुई वर्षदेखि पालको भर

दुई वर्षदेखि पालको भर

आइतबार, २६ असार २०७३

उनी चाहन्छिन्– आफ्नै एउटा घर होस्, उब्जनी गरेर खान पुग्ने जमिन होस्। जीवनका लागि नभइनहुने यत्ति चाहना पूरा नभएपछि थातथलो छाडेर खोलाकिनार जंगल पस्नुको विकल्प रहेन उनीसँग।

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

ठेकेदार आफैं जाँच्छन् गुणस्तर

बिहिबार, २३ असार २०७३

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला त छ तर यो आयोजना कार्यालयभन्दा ठेकेदार ‘कालिका सिटिसिई जेबी’ को एकाधिकारमा छ।

किताब माग्न ज्ञापन पत्र

सोमबार, २० असार २०७३

बाजुरा- शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि बाजुरामा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

बजेट सक्न भ्याइनभ्याई

सोमबार, २० असार २०७३

दैलेख- असार मसान्त सकिनै लाग्दा ग्रामीण भेगका उपभोक्तालाई बजेट सक्न भ्याइनभ्याई छ। मसान्तमा विकास निर्माणका काम सकेर फच्छ्र्यौट नगरे बजेट फ्रिज जाने भन्दै उपभोक्तलाई बजेट सक्न चटारो परेको हो।

बर्खामा चल्दैनन् सडक

बर्खामा चल्दैनन् सडक

शुक्रबार, १७ असार २०७३

वर्षायाम सुरु भएसँगै ग्रामीण क्षेत्रका झण्डै आधा दर्जन सडक अवरुद्ध छन् । सडक बिग्रिएपछि जेठ अन्तिम सातायता जिल्लाका तिपाडा–मार्तडी, सेरा–आटीचौर, बेतालमाडौं–झाली, मार्तडी–पाण्डुसैन र मार्तडी–जुगाडा सडक अवरुद्ध भएका छन् । ती सडकमा यातायात सेवासमेत सञ्चालन हुन सकेको छैन ।

निःशुल्क औषधि मेडिकलमा

बिहिबार, १६ असार २०७३

सरकारी स्वास्थ्य संस्थामार्फत वितरण हुनुपर्ने निःशुल्क सुचिकृत 'औषधि' निजी मेडिकलसम्मै पुग्ने गरेको छ। नियमानुसार सरकारी स्वास्थ्य संस्थामार्फत मात्रै वितरण हुने यस्ता औषधि निजी औषधि पसलले राख्न पाउँदैनन्।

हवाई यात्रामा चाप अधिक

बिहिबार, १६ असार २०७३

नेपालगन्जबाट काठमाडौं चाँडै फर्किनुपर्ने बाध्यताले गर्दा विजय बर्माले तीन दिनसम्म हवाई टिकट लिने प्रयास गरे। तर, उनले टिकट पाउनै सकेनन्। जहाजको टिकट नपाएपछि बसको विकल्प रोजे।

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

बिहिबार, १६ असार २०७३

सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।

'सिक्टाको मूल नहरै कमजोर'

'सिक्टाको मूल नहरै कमजोर'

बिहिबार, १६ असार २०७३

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।

बाध्यताले बेचिएको सपना

बुधबार, १५ असार २०७३

कोहलपुर-प्युठान, थालकी १५ वर्षीया कविता (नाम परिवर्तन) चार महिनाअघि कोहलपुर झरिन्। सरकारी विद्यालयमा पढ्दा सधैँ कक्षा प्रथम हुने कविताको भविष्यमा डाक्टर बन्छु भन्ने सपना थियो।

योजनाले दलबीच विवाद

बुधबार, १५ असार २०७३

डोटी-जिल्लामा उत्पन्न भएको पछिल्लो घटनाक्रमपछि प्रमुख राजनीतिक दलबीचमा चरम विवादको वातावरण सिर्जना भएको छ।

निकुन्जमा हात्ती पूजा

निकुन्जमा हात्ती पूजा

बुधबार, १५ असार २०७३

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ।

सौर्य बत्तीले सडक झिलिमिली

सौर्य बत्तीले सडक झिलिमिली

मङ्गलबार, १४ असार २०७३

विद्युत लोडसेडिङले सम्साँझै अन्धकार हुने नेपालगन्जका सडक यतिखेर झिलिमिली बनेका छन्। चारलेन सडकको पुष्पलाल चोकदेखि गणेशमान चोकको बीच भागमा सडक बत्तीले अचेल स्वरूप फेरिएको छ।

सेफ हाउसमै 'पीडा'

मङ्गलबार, १४ असार २०७३

तीन महिने कलिलो चेहरा।  आमाको काखमा लुटपुटिएकी उनी घरी खुसीले हात–खुट्टा बजार्थिन्। बोली नफुटेको मुखले केही भन्ने प्रयास गर्थ्यो। तर, काखमा खेलिरहेकी छोरीको उत्साहले आमा रेमन्ता (नाम परिवर्तन)को मन छोएको थिएन। अनुहार मलिन।

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

पर्यटकले अब पाटेबाघ हेर्न पाउने

सोमबार, १३ असार २०७३

पश्चिम तराईको पर्यटकीय गन्तव्यका रुपमा स्थापित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएका छन्। विश्वकै दुर्लभ पाटेबाघ संरक्षणका लागि पाँच वर्षअघि स्थापना भएको निकुञ्जमा पर्यटक भित्र्याउने प्रयासस्वरुप पूर्वाधार निर्माणसँगै पहिलोपटक हात्तीसार स्थापना गरिएको हो।

कर्मकाण्डी बन्दै 'एमसिपिएम'!

आइतबार, १२ असार २०७३

जिल्लाका गाविसमा गर्नुपर्ने न्यूनतम शर्त तथा कार्य सम्पादन मापन सदरमुकामका कोठा एवम् होटलमा बसेर सकिन थालेको छ। यससँगै गाउँ विकास समितिको मापन एवम् मूल्याङ्कन  कर्मकाण्डकालागि मात्र सीमित बन्न पुगेको छ।

प्राविधिक शिक्षामा आकर्षण

आइतबार, १२ असार २०७३

‘बी प्लस’ ल्याएर एसएलसी उत्तीर्ण गरेकी नेपालगन्ज–५, देवाफुलबारीकी साक्षी सिजापती स्टाफ नर्सको ब्रिज कोर्स तयारी गर्दै छिन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने इच्छा हो, बाबा–मम्मीले पनि इच्छा अनुसारको विषय पढ्न सल्लाह दिनु भएको छ,’ उनले भनिन्, 'बिरामीको सेवा गर्न पाइने र पढिसकेपछि सजिलै जागिर पाइने भएकाले यो विषय पढ्ने सोच बनाएकी हु।यो विषय पढ्ने सोच बनाएकी हु।'

सडकमा अटोरिक्सा मनपरी

सडकमा अटोरिक्सा मनपरी

शनिबार, ११ असार २०७३

यातायात कार्यालयबाट दर्ता, लाइसेन्स, रुट परमिट नलिएर सञ्चालन हुँदै आएका विद्युतीय अटोरिक्साको कोहलपुर बजारका सडकमा मनपरी चल्दै आएको छ। बीच सडकमै अटोरिक्सा चालकले पार्किङ गर्ने, गुडाउने, यात्रु झार्ने र चढाउने गर्दै आएका छन्।

दुई वर्ष टिकेन पिच

शनिबार, ११ असार २०७३

जिल्ला प्रशासन कार्यालयदेखि तल्लो जुगाड पुलसम्मको सडकमा गरिएको कालोपत्रे दुई वर्ष पनि टिकेन। पहिले गरिएको कालोपत्रे गुणस्तरिय नभएको र दुई वर्ष पनि नटिक्दा पुनः कालोपत्रेको काम सुरु भएको हो।

कारागारमै कम

शनिबार, ११ असार २०७३

चार वर्षदेखि कारागारमा रहेका कैदी ६२ वर्षीय रूपबहादुर घर्तीलाई सुरुका दिन दिक्दार लाग्थे। उनी कारागारमा कैदी जीवन बिताउँदा निक्कै समस्या भयो। सुरु सुरुमा एक दिन काट्न पनि वर्ष जस्तो लाग्ने उनलाई अहिले भने दिन गएको पत्तै हुँदैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।