सात गाउँ डुवानमा

सात गाउँ डुवानमा

शुक्रबार, १० असार २०७३

कोहलपुर– बुधबार परेको वर्षाका कारण यस क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । करिव चार घण्टासम्म परेको भारी वर्षापछि कोहलपुर क्षेत्रका रामजानकी टोल, कौशिलानगर, बानियाभार, मुक्तिनगर, मसुरीखेत, रोहनी खोला, ढकेरी क्षेत्र डुवानमा परेका हुन् । बर्षातपछि खोलामा आएको बाढी गाउँ पसेको स्थानीय बताउँछन् ।

सुदूरको साहित्यिक धरोहर

शुक्रबार, १० असार २०७३

राज्यले नागरिक र समाजका लागि आधारभूत आवश्यकताको सहज पहुँच र सही वितरण गरिदिनुपर्छ । पढ्न हिँडेको विद्यार्थीलाई समयमा किताब नपाउने, बिमारी परेको मानिसले औषधिमूलोबिना मर्नुपर्ने, हिँड्नलाई बाटो नहुने अनि गरिखानलाई उपाय सुल्झाउन नसक्ने सरकार, सरकार नभएर नागरिकहरूका लागि बोझ हुन्छ ।

रङ्ग बदल्ने कुपिण्डे दह

शुक्रबार, १० असार २०७३

सल्यानको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

‘दलीय भागबण्डाका अाधारमा उपभोक्ता समिति बन्दा योजना गुणस्तरहीन’

शुक्रबार, १० असार २०७३

जाजरकोट– लह गाविसको ठाडा खोलादेखि गाविस भवनसम्म जोड्ने सडक निर्माण सुरु भएको तीन महिना पुग्यो । सो अवधिमा निर्माण भएको सडकको अवस्था हेर्दा सडक बनाउने होइन, बिगारेको जस्तो देखिन्छ । निर्माण गरिएको सडकमा गाडी त परै जाओस, मान्छेलाई समेत हिँड्न मुस्किल छ ।

'सिल लेभल'को डिपिआर ६ महिनामा

'सिल लेभल'को डिपिआर ६ महिनामा

बिहिबार, ०९ असार २०७३

भारतले टनकपुर बाँधबाट पानी ल्याउन तोकिएको 'सिल लेभल (पानी खसाल्ने उचाइ)' को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्र नेपाललाई बुझाउने भएको छ। नेपालले निरन्तर ताकेता गरेपछि डिपिआर बुझाउन भारत सहमत भएको हो।

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

बिहिबार, ०९ असार २०७३

प्रशस्त पैसा कमाउने आसमा त्यहाँ पुगेका उनको शव घर पुगेपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। श्रीमती सीता र छोरी करुणा बेसहारा बनेका छन्। ९ वर्षकी छोरी करुणा स्थानीय खड्ग स्मृति माविमा कक्षा ५ मा पढ्छिन्। जीवन साथी गुमाउँदा एक्लो बनेकी करनकी श्रीमती माइतीमा बस्दै आएकी छिन्।

दूध बेचेर पानी किन्दै

मङ्गलबार, ०७ असार २०७३

सुन्दा अचम्म लाग्न सक्छ, दूध बेच्दै पानी किन्दै भन्दा। मदनपोखरा छापका स्थानीय कृषकले भने दैनिक दूध बिक्री गरेर पानी खरिद गर्ने रहर नभइ बाध्यता बनेको छ।

छाडा चौपायाले सडक जाम

मङ्गलबार, ०७ असार २०७३

सवारी दुर्घटना र ट्राफिक अस्तव्यस्त रोक्न विस्तार भएको चारलेन सडक खण्डको कोहलपुर क्षेत्रमा छाडा चौपायको बिगबिगी बढेको छ। चारलेन सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र डिभाइडरमा चरनले दुर्घटना र जाम बढाएको छ। सडक चौडा भए पनि कोहलपुर नगरका चारलेन सडकमा छाडा साढेको राज बढिरहेको छ।

द्वन्द्वपीडित अगुवाले उजुरी दिएनन्

मङ्गलबार, ०७ असार २०७३

नेपालगन्ज–१ धम्वोझीकी चन्द्रकला उप्रेती द्वन्द्वपीडितको हक, अधिकारका लागि अगुवाइ गर्छिन्। सशस्त्र द्वन्द्वका क्रममा २०६० मंसिर २३ गते सुरक्षाकर्मीले पति भूपेन्द्रलाई बेपत्ता पारेपछि उनी द्वन्द्वपीडितको हक अधिकारका लागि लड्न नेतृत्वमा पुगेकी हुन्।

युवती हत्या प्रकरणमा शिक्षक पक्राउ

मङ्गलबार, ०७ असार २०७३

युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा शिक्षक पक्राउ परेका छन्। ११ दिनको अनुसन्धानपछि प्रहरीले हत्यामा प्रयोग गरिएको पेस्तोलसहित तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई प्रक्राउ गरेको स्रोतले जनाएको छ।

रोकिएन नाला अतिक्रमण

रोकिएन नाला अतिक्रमण

सोमबार, ०६ असार २०७३

श्रीकेदार टोल चटकपुरमा नाला अतिक्रमण गरी बालुबा भरेर सडक बनाउन थालेपछि स्थानीयले वर्षातमा बस्ती डुवानमा पर्ने भन्दै अतिक्रमण हटाइदिन जिल्ला प्रशासनमा जेठ दोस्रो साता उजुरी दिए। उजुरीपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका कार्यालयलाई अतिक्रमण हटाउन लिखित निर्देशन दिएको छ।

सहपाटी भेट्न पाउँदा दंग

सहपाटी भेट्न पाउँदा दंग

सोमबार, ०६ असार २०७३

नारायण नगरपालिका–९, बाँस्कोटका ८१ वर्षीय अम्मर थापा युवाअवस्थाका सहपाठीलाई भेट्न पाएपछि दंग छन्। ज्येष्ठ नागरिकहरूको भेलामा आएका थापा पुराना सहपाटीसँग भेट्न पाएपछि हर्षित छन्। 'मनका कुरा साट्न पाएकाले हल्का भएको महसुस भएको छ,' उनले भने।

उपभोक्ताको काम खोस्दै ठेकेदार

सोमबार, ०६ असार २०७३

उपभोक्ता समितिसँग सम्झौता भएका विकास निर्माणका काम ठेकेदारलाई जिम्मा दिन चलखेल सुरु भएको छ। असार सुरुसँगै निर्माण सामाग्री (ढुङ्गा,गिट्टी र बालुवा) ल्याउन रोक लगाएको बहाना लगाउँदै पाँचवटा नगरपालिका र जिल्लाको विकास निर्माण प्रभावित गरिँदै छ।

रोशनीको चुनौतपूर्ण यात्रा

रोशनीको चुनौतपूर्ण यात्रा

शनिबार, ०४ असार २०७३

नेपालगन्ज- रोशनी सोनीलाई एसएलसी परीक्षामा बाँके प्रथम हँुदा एकातिर हर्ष छ भने अर्कोतिर उच्च शिक्षाबारे चिन्ता थपिएको छ। नेपालगन्ज–५ गणेशपुरस्थित एबीसी आवासीय उच्च माध्यामिक विद्यालयकी छात्रा रोशनी ३ दशमलव ९० ग्रेड अंक ल्याएर जिल्लाकै पहिलो भएकी हुन्।

सडक पेटीमा मनलाग्दो व्यापार

सडक पेटीमा मनलाग्दो व्यापार

शनिबार, ०४ असार २०७३

कोहलपुर- नगर क्षेत्रका सडक पेटीमा व्यापारिक सामान राख्न निषेधित गरिए पनि कोहलपुरमा भने मनलाग्दो व्यापार भइरहेको छ। फुटपाथमा व्यापार हटाउन नगरपालिका र ट्राफिक प्रहरीले अभियान चलाए पनि सडक पेटीमा हुने व्यापार कम हुन सकेको छैन। कोहलपुरका मुख्य बजार, चारलेन सडक, न्यूरोड, बसपार्क, दस बिघा क्षेत्रमा निर्माण सामग्री र ठेलाजस्ता फुटपाथ व्यापार मौलाएको छ।

द्वन्द्व पीडितलाई उजुरी दिनै डर

शनिबार, ०४ असार २०७३

महेन्द्रनगर- सरकारले माओवादी सशस्त्र द्वन्द्व ताका भएका घटानाका पीडितलाई शान्ति समितिमार्फत् सत्य निरुपरण तथा मेल मिलाप आयोग र बेपत्ता छानविन आयोगमा उजुरी लिन थाले पनि अधिकांश पीडित परिवार खुलेर आउन सकेका छैनन्।

खुल्यो सुदूर पस्ने 'नयाँ ढोका'

खुल्यो सुदूर पस्ने 'नयाँ ढोका'

शनिबार, ०४ असार २०७३

कालिकास्थान (अछाम)- बाँकेको कोहलपुरबाट बर्दिया, कैलाली, डडेल्धुरा, डोटी हुँदै ४ सय ६० किलोमिटरको पट्यार लाग्दो यात्रा। त्यसपछि बल्ल अछाम सदरमुकाम मंगलसेन। सुदूरपश्चिम छिर्न एक मात्र नाका कर्णाली चिसापानीबाहेक अर्को थिएन।  सडक केही नजिक आए पनि थङथिलो पार्ने लामो यात्राकै कारण सुदूरपश्चिमबासी सहज अनुभूति गर्न सकिरहेका थिएनन्। अब भने उनीहरूले केही राहत महसुस गरेका छन्।

सघाउँदै सेना

बिहिबार, ०२ असार २०७३

दैलेख— पानीका मुहानहरू सुक्न थालेपछि नारायण– ६ नयाँ गाउँका स्थानीय र नेपाली सेनाले संयुक्त रूपमा तारबार र संरक्षण गरेका छन् । स्थानीयले खुलाहुँदा फोहर पानी पिउनुपर्ने तथा संरक्षण नहुँदा पानीका मुहान सुक्न थालेपछि स्थानीयसँगै मिलेर सेना संरक्षण कार्यमा जुटेको हो।

काप्रेचौरबासीलाई सडकै सास्ती

बिहिबार, ०२ असार २०७३

काप्रेचौर (सल्यान)— सल्यान काप्रेचौरबासीका लागि सदरमुकाम शारदानगरमा पुग्न एक दिन लाग्छ । यो गाविस सदरमुकामसँग सिधा सडक सञ्जालबाट टाढै छ । काप्रेचौरका सबै वडा जिल्लाको सडक सञ्जालबाट अलग छन् । यहाँका करिब चार हजार नागरिकका लागि नजिकको सडक र बजार भनेको रत्नराजमार्ग र सुर्खेत, बाँके र बर्दियाका बजार हुन् । बर्दिया बाँसगडी–१ बबईबजारबाट सुर्खेत भेरीगंगा– ८ हात्तीखालहुँदै १५ किलोमिटर कच्ची सडक पार गरेपछि यो गाविस सडक सञ्जालसँग जोडिन्छ।

मनसुन अगाबै बाढी त्रासदी

बिहिबार, ०२ असार २०७३

डोटी— जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझै मनसुन सुरु भएको छैन । तर, डोटीका गाउँमा भने मनसुन अगाबैको वर्र्षाको बाढीले त्रास सुरु गरिसकेको छ । अकस्मात पर्ने भारी वर्षाले क्षति पुर्‍याउन थालेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।