मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

सोमबार, ०२ असोज २०७४

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

सोमबार, ०२ असोज २०७४

रौतहट जिल्लाको मौलापुर नगरपालिकस्थित गमहरिया मतदान केन्द्रमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ।

प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)

प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)

सोमबार, ०२ असोज २०७४

तराईका आठ जिल्ला रहेको प्रदेश नं. २ मा सोमबार बिहानैदेखि मतदान भइरहेको छ। १ सय ३६ स्थानीय तहमा चुनाव भइरहेको हो। सोमबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेका मतदाताले भोट दिन पाउनेछन्।

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान?  (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

सोमबार, ०२ असोज २०७४

प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए।

चुनावको पूर्वसन्ध्यामा काग्रेस–एमाले झडप

सोमबार, ०२ असोज २०७४

धनुषाका अधिकांश स्थानीय तहमा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।  कांग्रेस नेता एंव पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहनगर नगराइनमा कांग्रेस कार्यकर्ताको आक्रमणले एमालेका चारजना घाइते भएका छन् । शनिबार मध्यराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ । झडपमा घाइते एमाले कार्यकर्ता इन्द्रकुमार पासवान, अरविन्द पासवान, प्रल्हाद पासवान र वीरेन्द्र राउत घाइते भएका हुन् । इन्द्रकुमारको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रल्हाद एमालेबाट महिला वडा सदस्य पदकी उम्मेदवारका छोरा हुन् ।

सकेसम्म फकाउने नसके धम्क्याउने

सोमबार, ०२ असोज २०७४

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का एक सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदैछ । सोमबारको मतदानका लागि शुक्रबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाउने गरी ‘मौन अवधि’ सुरु भएको छ।

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

सोमबार, ०२ असोज २०७४

वीरगन्ज–१८ का शिवनाथ राउतले (साबिक भवानी–६) २०७१ वैशाख ३० मा फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सपरिवार फोटो खिचाए । तर अहिले भोट हाल्ने बेलामा उनको नाम मतदाता सूचीमा छैन । उतिबेला आफूसँगै तस्बिर खिचाएका गाउँका अरु मानिस अहिले मतदान तयारीमा रहेका बेला राउत भने फोटो खिच्ने र नाम लेख्ने कर्मचारीले दिएको रसिद ( प्रमाण) लिएर निर्वाचन कार्यालय धाइरहेका छन् ।

प्रदेश २ मा मतदान सुरु

प्रदेश २ मा मतदान सुरु

सोमबार, ०२ असोज २०७४

स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं. २ मा मतदान सुरु भएको छ। तेस्रो चरणको चुनावसँगै संविधानअनुसार देशभर स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले गर्नेछन्।  नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल मतदान गर्न गौरको मतदान केन्द्र आइपुगेका छन्। उनी बिहानै मतदान गर्न आफ्नो केन्द्र आइपुगेका हुन्।

तीन दिन सीमानाका बन्द

तीन दिन सीमानाका बन्द

आइतबार, ०१ असोज २०७४

स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए ।

‘संसदीय समितिका निर्देशन उल्लंघन’

आइतबार, ०१ असोज २०७४

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मन्त्रालय÷मन्त्रालयबीचको समन्वय र अनुगमन अभावमा समितिका निर्देशन कार्यान्वयन नभएको ठहर गरेको छ ।

ढुक्क भएर मतदान गरौं

आइतबार, ०१ असोज २०७४

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मौन अवधिको बर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताएका छन् । उनले सुरक्षा व्यवस्था चुस्त भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

वडाध्यक्ष उम्मेदवारको नागरिकता खारेज

आइतबार, ०१ असोज २०७४

निजगढ नगरपालिका–४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका एकजनाको नागरिकता जिल्ला प्रशासन कार्यालय, बाराले खारेज गरिदिएको छ।

सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री

आइतबार, ०१ असोज २०७४

गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

६६ सय २७ जनप्रतिनिधि चुनिँदै

आइतबार, ०१ असोज २०७४

प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ ।  निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १४ हजार ३७५ महिला छन् । आवश्यक पदभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा छन्।

निर्वाचनको सुरक्षा तयारी पूरा

शनिबार, ३१ भदौ २०७४

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।

कर्मचारी अझै पुगेनन् मतदान केन्द्रमा

कर्मचारी अझै पुगेनन् मतदान केन्द्रमा

शुक्रबार, ३० भदौ २०७४

रौतहटका निर्वाचन आयोगका कर्मचारी अझै मतदान स्थलमा खट्न नसक्दा व्यवस्थापन भद्रगोल देखिएको छ । मतदान केन्द्रमा पुगेर शुक्रबार मतदाता परिचयपत्र वितरण गर्नुपर्ने कर्मचारीहरु निर्वाचन कार्यालयको लापरवाहीको कारण नियुक्ति र पारिश्रमिक बुझ्न बिहानदेखि लाइनमा बसेका छन् । बिहान आठबजेदेखि लाइन बसेका कर्मचारीहरुले पारिश्रमिक नपाएका कारण मतदानस्थलमा पुग्न सकेका छैनन्।

मतदानबारे मतदाता अन्यौलमा

बिहिबार, २९ भदौ २०७४

स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा अझै खुल्न सकेका छैनन् । उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता रिझाउन घर, खेत, खलिहान तथा हाट बजार समेतमा गएर भोट माग्न जाँदा मतदाताले सबैलाई भोट दिने आश्वासन दिइरहेका छन् तर कसलाई भोट दिने बिषयमा खुलेर कसैको पक्षमा प्रचार प्रसार गर्न सकेका छैनन् ।

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन

बिहिबार, २९ भदौ २०७४

असोज २ गते हुने गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई प्रभावित पार्नको लागि विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहिताको उल्लङघन गर्दै आएको पाइएको छ।

रोकिएन आचारसंहिता उल्लंघन

बिहिबार, २९ भदौ २०७४

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन।

३८ वर्षमा फेरिएन गाउँ, फेरिएन नारा

३८ वर्षमा फेरिएन गाउँ, फेरिएन नारा

बुधबार, २८ भदौ २०७४

स्थानीय तहको चुनाव आएपछि पर्साको महादेवपट्टी गाउँमा चुनावको लहर छ । गाउँमा २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलको निर्वाचन गर्न मतदान गरेको पुस्ता अहिले फेरि पनि मत हालेर आफ्नो प्रतिनिधि चुन्ने गन्थन मन्थनमा छन् । यतिका बर्षमा न गउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका बिभिन्न दलका प्रतिनिधीहरुको नारा नै फेरिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।