इज्जत धान्न ठूला नेताको झापा दौड

शुक्रबार, ०९ असार २०७४

'झापा एमालेको उद्गम जिल्ला हो, अब पनि त्यो लालकिल्ला कायमै हुन्छ, कोही लेख्न सिक्दै गरेकाले लेखेर एमालेको किल्ला तोडिँदैन, जनताको मनमा सूर्यको छाप बसिसकेको छ, अब मेटिँदैन,' बुधबार काँकडभिट्टाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले उद्घोष गरे।

चुनावले बढाउँदै सद्भाव

चुनावले बढाउँदै सद्भाव

शुक्रबार, ०९ असार २०७४

टीकापुरको शंखपुरमा नेपाल प्रहरीका एएसपीसहित नौ जनाको ज्यान गएको दुई वर्ष बित्न लागेको छ। २०७२ भदौ ७ मा १८ महिनाका बालकसहित सुरक्षाकर्मी मारिएपछि टीकापुरमा सामाजिक सद्भाव खलबलिएको थियो। त्यो खलबलिएको सद्भाव अहिले चुनावका माध्यमबाट ट्रर्‍याकमा ल्याउने प्रयास भइरहेको छ।

विराटनगरमा सबैभन्दा बढी मतदाता, बझाङको काँडामा कम

शुक्रबार, ०९ असार २०७४

दोस्रो चरणमा हुन लागेको चुनावमा सबैभन्दा बढी मतदाता विराटनगर उपमहानगरपालिकामा छन् भने बझाङको काँडा गाउँपालिकाका सबैभन्दा कम मतदाता मतदान गर्दैछन्।

धनगढीमा प्रमुख दललाई स्वतन्त्र उम्मेदवारको चुनौती

धनगढीमा प्रमुख दललाई स्वतन्त्र उम्मेदवारको चुनौती

शुक्रबार, ०९ असार २०७४

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवारी छनोटलाई लिएर सुरु भएको असन्तुष्टि समाधान हुन नसक्दा निर्वाचनको परिणाम फेरबदल हुने सम्भावना छ नै, त्यसमाथि उद्योगी हमालको उम्मेदवारी प्रमुख दलका लागि अर्को टाउको दुखाइको विषय बनेको छ।

धरान : तोडिएला 'लालकिल्ला'?

धरान : तोडिएला 'लालकिल्ला'?

शुक्रबार, ०९ असार २०७४

२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछिको स्थानीय, संसदीय निर्वाचन र दोस्रो जनआन्दोलनपछिका दुई संविधानसभा निर्वाचनको मतपरिणामले मात्र होइन, निरंकुश पञ्चायती व्यवस्थामा पनि धरान कम्युनिस्ट गढका रुपमा थियो। पञ्चायती व्यवस्थामा जनपक्षीय उम्मेदवारका नाममा धरानमा वामपन्थी चुनावमा उठेर नेतृत्व लिने गर्थे।

राजपा उम्मेदवार भन्छन्- 'बुलेटको जबाफ ब्यालेटबाट'

राजपा उम्मेदवार भन्छन्- 'बुलेटको जबाफ ब्यालेटबाट'

शुक्रबार, ०९ असार २०७४

असार २ गतेसम्म स्थानीय तकको निर्वाचन बहिष्कारमा लागेका राष्ट्रिय जनता पार्टीका जिल्लास्तरीय नेता रामादास गुप्ता अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन्।

बुटवलमा सुकुमवासी मत निर्णायक

बुटवलमा सुकुमवासी मत निर्णायक

शुक्रबार, ०९ असार २०७४

१२ हजारको हाराहारीमा सुकुमवासी  मत रहेको दलहरूको आकलन छ। छिट्टै प्रभावित हुने यही मत नै बुटवल उपमहानगरपालिकामा जित-हारका लागि निर्णायक मानिन्छ।

मालिक र कमैया प्रतिस्पर्धामा

मालिक र कमैया प्रतिस्पर्धामा

शुक्रबार, ०९ असार २०७४

मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन्। २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन्। १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन्।

एउटै पदमा बाबु, छोरा र दाजुभाइको प्रतिस्पर्धा

बिहिबार, ०८ असार २०७४

जिल्लाको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन्।

वडाध्यक्षमा परेनन् तेह्रथुमका महिलाहरू

बिहिबार, ०८ असार २०७४

स्थानीय तह निर्वाचनमा जिल्लाका ४३ वडामा कुनै पनि वडामा अध्यक्षपदमा महिला निर्वाचित नहुने भएका छन् । निर्वाचनमा चालिस प्रतिशत महिला सहभागिता अनिवार्य भनिए पनि सबै वडाअध्यक्ष पदमा पुरुषको मात्र उम्मेद्वारी परेकोले महिला निर्वाचित नहुने निश्चित भएको हो ।

आफैंले चुनाव जित्ने दाउमा उम्मेद्वार

आफैंले चुनाव जित्ने दाउमा उम्मेद्वार

बिहिबार, ०८ असार २०७४

दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न मेची पहाडका राजनीतिक दलहरू जोडतोडसाथ खटिरहेका छन् । मतदाता रिझाउन दलका जिल्ला तहका नेताको रासोबासो मतदातासँगै रहेका बेला केन्द्रीयस्तरका नेतासमेत चुनावी माहोल बनाउन गाउँ–गाउँ घुमिरहेका छन् ।

२५ कटेपछि पहिलो भोट हाल्ने तरखर

बिहिबार, ०८ असार २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका खम्बीर शेर्पा २६ वर्षका भए । २०५४ साल यता निरन्तर प्रत्येक पाँच वर्षमा स्थानीय निकायको निर्वाचन भइदिएको भए उनले २०६९ सालमै आफ्नो मताधिकार प्रयोग गरिसकेका हुन्थे । तर, मुलुकको राजनीतिक अस्थिरताका कारण नियमित निर्वाचन नहुँदा शेर्पा २६ वर्षपछि मात्र पहिलोपल्ट आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

अाेखलढुंगाका ६ पत्रकार चुनावी मैदानमा

अाेखलढुंगाका ६ पत्रकार चुनावी मैदानमा

बिहिबार, ०८ असार २०७४

आसन्न स्थानीय तहको चुनावमा ओखलढुंगा जिल्लामा ६ पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्षदेखि स्थानीय सञ्चार माध्यममा काम गर्ने पत्रकार चुनावी मैदानमा उत्रिएका हुन्।

विवेकशीलका उम्मेद्वारलाई साझाको समर्थन

विवेकशीलका उम्मेद्वारलाई साझाको समर्थन

बिहिबार, ०८ असार २०७४

आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा विवेकशील नेपालीलाई रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले समर्थन गर्ने भएको छ ।

दाङमा ९ सय ५४ महिला उम्मेदवार

बिहिबार, ०८ असार २०७४

यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् ।

मतदातासँगै काम गरेर मतदाता फकाउँदै उम्मेदवार

बिहिबार, ०८ असार २०७४

नवलपरासीमा फरक शैलीमा उम्मेदवार मत माग्न व्यस्त देखिन्छन् । घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेषगरी आजभोलि खेती रोप्ने याम सुरु भएलगतै उम्मेदवार पनि खेतमा गएर किसानको काममा सघाउ पुर्याउन उम्मेदवार स्वयम् लागिपरेका छन् ।

प्रभुत्व जोगाउन/भत्काउन प्रतिस्पर्धा

प्रभुत्व जोगाउन/भत्काउन प्रतिस्पर्धा

बिहिबार, ०८ असार २०७४

विराटनगरमा कांग्रेस आफ्नो पकड कायमै राख्ने रणनीतिअनुसार चलेको छ भने एमाले–फोरम लोकतान्त्रिक नेपाल गठबन्धन तथा संघीय समाजवादी फोरम–माओवादी गठबन्धन त्यसलाई तोड्ने कसरतमा छन्।

निगरानी बढाउन यादवको निर्देशन

निगरानी बढाउन यादवको निर्देशन

बिहिबार, ०८ असार २०७४

तथ्यांक संकलन र सञ्चार व्यवस्थापनका लागि भनेर आयोगले थुप्रै विज्ञ नियुक्त गरे पनि चार दिनसम्म कुल उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन।

माओवादी पूर्वसभासद स्थानीय तहमा भिड्दै

बिहिबार, ०८ असार २०७४

माओवादी केन्द्रले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई पूर्वसभासद्लाई उम्मेदवार बनाएको छ। पोलिटब्युरो सदस्यदेखि पूर्वसभासदलाई चुनावी मैदानमा उठाएको माओवादीले पहिलो चरणको निर्वाचनमा  पनि ३ पूर्वसभासदलाई उम्मेदवार बनाएको थियो।

मतदान गर्ने दिन गन्दै मतदाता

मतदान गर्ने दिन गन्दै मतदाता

बिहिबार, ०८ असार २०७४

स्थानीय तह दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा मतदातामा निकै उत्साह बढेको छ। उनीहरू आफ्नो अमूल्य मतमार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर छन्। टीकापुर नगरपालिका–४, मौरानियाका ६९ वर्षीय  फिरु चौधरी टीकापुर–खक्रौला सडक किनारमा बसेर केरा बेच्दै थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।