मुलुककै नमुना महानगर बनाउन आग्रह

मुलुककै नमुना महानगर बनाउन आग्रह

सोमबार, ०८ माघ २०७४

वीरगन्ज महानगरपालिकाको प्रथम नगरसभा आइतबार नगरसभागृहमा सुरु भएको छ । महानगरका प्रमुख विजय सरावगीको अध्यक्षतामा सुरु भएको प्रथम नगरसभाको उद्घाटन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले गरे।

२ हजार ५६ मतदाता

सोमबार, ०८ माघ २०७४

आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो।

राष्ट्रियसभामा जान राजपा र फोरममा डौडधूप

सोमबार, ०८ माघ २०७४

आगामी माघ २४मा हुने राष्ट्रियसभा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार हुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका करिब दुई दर्जन भन्दा बढी नेताको दौडधूप सुरू भएको छ।

भारतमा स्वागत गर्न आतुर छु : मोदी

सोमबार, ०८ माघ २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गर्न निम्तो दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले आइतबार एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका हुन् ।

पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

सोमबार, ०८ माघ २०७४

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैका लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ ।

सातै प्रदेशमा शपथ

सातै प्रदेशमा शपथ

सोमबार, ०८ माघ २०७४

सातवटै प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार आआफ्नो प्रदेश मुकाममा पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारद्वारा नियुक्त प्रदेश प्रमुखले पदबहाली गरेपछि प्रदेशसभा सदस्यका लागि शपथग्रहणको बाटो खुलेको हो ।

रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न आदेश

रानीपोखरीको पुनःनिर्माण प्रतिवेदन पेश गर्न आदेश

आइतबार, ०७ माघ २०७४

सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए नभएको प्रतिवेदन पेश गर्न गराउन सरकारका नाममा मंगलबार आदेश दिएको हो।

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

आइतबार, ०७ माघ २०७४

सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिएको छ। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो।

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति

आइतबार, ०७ माघ २०७४

प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनासँग भेटवार्ता गरेका छन्। श्रीलंकाका सेना प्रमुखको निमन्त्रणमा श्रीलंका भ्रमणका लागि कोलम्बोमा रहेका क्षत्रीले शुक्रबार राष्ट्रपति सिरिसेनासँग भेट गरेका हुन्।

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

पूर्वमन्त्री लेखक र कतारका श्रम मन्त्रीबीच भेटवार्ता

आइतबार, ०७ माघ २०७४

पाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक र कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इसा साद ए अल नैमीबीच भेटवार्ता भएको छ। नेपाली जनसम्पर्क समिति कतारको कार्यक्रममा सहभागी हुन कतारको राजधानी दोहा पुगेका लेखकले कतारका श्रममन्त्री नैमीसँग मन्त्रालयमै भेट गरेका हुन्।

असीमित अधिकार कसैसँग पनि छैन: प्रधानन्यायाधीश (भिडियो)

असीमित अधिकार कसैसँग पनि छैन: प्रधानन्यायाधीश (भिडियो)

आइतबार, ०७ माघ २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले निरपेक्ष र असीमित अधिकार कसैसँग पनि नरहेको बताएका छन्। प्रेस काउन्सिल नेपालले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीको आइतबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन्।

प्रदेश सभा सञ्चालनमा चुनौती छन्: शर्मा

प्रदेश सभा सञ्चालनमा चुनौती छन्: शर्मा

आइतबार, ०७ माघ २०७४

व्यवस्थापिका संसदका पूर्व सचिव मुकुन्द शर्माले मुलुकमा पहिलो पटक अभ्यास भइरहेको प्रदेश सभा सञ्चालनका लागि स्पष्ट नीति नियम र ऐन नबनेकोले केही चुनौती रहेको बताएका छन्।

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

ओलीलाई मोदीले गरे फोन, भारत भ्रमणको निम्तो

आइतबार, ०७ माघ २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको ओलीको निजी सचिवालयले जनाएको छ।

एकता संयोजन समिति बैठक: सुशासन र विकासबारे योजना बनाउन समिति

एकता संयोजन समिति बैठक: सुशासन र विकासबारे योजना बनाउन समिति

आइतबार, ०७ माघ २०७४

नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले सुशासन र विकासबारे योजना बनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा समिति बनाएको छ।

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

नयाँ सरकारले प्रदेश प्रमुख हटाउँछ : एमाले नेता

आइतबार, ०७ माघ २०७४

नेकपा एमालेका नेता रघुवीर महासेठले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताएका छन्।

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

शंकर पोखरेललाई मुख्यमन्त्रीको बाटो खुल्यो

आइतबार, ०७ माघ २०७४

एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ।

राष्ट्रियसभाको चुनावसम्म पार्टी एकता भइसक्छः नेता बस्नेत

राष्ट्रियसभाको चुनावसम्म पार्टी एकता भइसक्छः नेता बस्नेत

आइतबार, ०७ माघ २०७४

नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन्। पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो।

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

आइतबार, ०७ माघ २०७४

अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

एमाले र माओवादी एकता संयोजन समितिको बैठक वालकोटमा

एमाले र माओवादी एकता संयोजन समितिको बैठक वालकोटमा

आइतबार, ०७ माघ २०७४

नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले र माओवादीका नेताहरुले एकताको विषयमा छलफल गरिरहेका छन्।

प्रदेश नम्बर ७ को सपथमा दुई सांसद अनुपस्थित

आइतबार, ०७ माघ २०७४

प्रदेश नम्बर ७ को प्रदेश सभा सदस्यको सपथग्रहण कार्यक्रममा दुई सांसद अनुपस्थित भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।