राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने

राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने

आइतबार, ०८ असोज २०७४

राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्दा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा वर्तमान र पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई अदालतमा कुनै मुद्दा चलाउन नपाउने व्यवस्था राखिएको छ ।

पत्रकारिताबाट राजनीतिमा फड्को

पत्रकारिताबाट राजनीतिमा फड्को

आइतबार, ०८ असोज २०७४

मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

आइतबार, ०८ असोज २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाइने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

राजपा र संघीय फोरम सन्तोषजक, फोरम लोकतान्त्रिकमा निराशा

आइतबार, ०८ असोज २०७४

स्थानीयत तहको दुई नम्बर प्रदेशको चुनावको प्रारम्भिक परिणामलाई राजपा र संघीय फोरमले सन्तोषजनक मानेका छन् भने फोरम लोकतान्त्रिक चुनावी नतिजबाट निराश भएको छ ।

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

आइतबार, ०८ असोज २०७४

सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।

जितपुर-सिमरा उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

जितपुर-सिमरा उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

आइतबार, ०८ असोज २०७४

जितपुर-सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याई विजयए भएका हुन्। उनका निकटतम प्रतिन्द्वन्द्वी नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए।

राजनीतिक भागबन्डाबाट प्रदेश प्रमुख तोक्ने तयारी

राजनीतिक भागबन्डाबाट प्रदेश प्रमुख तोक्ने तयारी

आइतबार, ०८ असोज २०७४

सरकारले प्रदेशसभा चुनावअघि नै प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केपछि यसको टुंगो लाग्नेछ ।

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

आइतबार, ०८ असोज २०७४

स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही ।

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

शनिबार, ०७ असोज २०७४

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न माग गर्दै आन्दोलन घोषणा

शनिबार, ०७ असोज २०७४

शिक्षा ऐनको नवौ संशोधन फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले माग गरेका छन्। पाँच विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकाल्दै संयुक्त आन्दोलनको समेत घोषणा गरेका छन्। नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, विव्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र राजपा विद्यार्थी संगठनले उक्त विद्येयक फिर्ता गर्न सरकारलाई आग्रह गरेका हुन्।

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

शनिबार, ०७ असोज २०७४

रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

वीरगन्जमा काँग्रेसलाई उछिन्दै फोरम नेपालको अग्रता

शनिबार, ०७ असोज २०७४

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जमा असोज ४ गते मतगणना सुरु भएदेखी अगाडी रहेको नेपाली काँग्रेसलाई संघीय समाजवादी फोरमले शनिवार साँझ उछिनेको छ।

काँग्रेसको विजय जुलुशमा एमाले आक्रमण, ४ घाइते

शनिबार, ०७ असोज २०७४

रौतहटको बृन्दाबन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसले जितेपछि निकालेको विजय जुलुशमा नेकपा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। एमाले समर्थित कार्यकर्ताहरुको आक्रमणमा परी चारजना नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता घाइते भएका छन्।

प्रदेश र संघीय चुनावका लागि माओवादी केन्द्रबाट उम्मेद्वार सिफारिस

शनिबार, ०७ असोज २०७४

प्रदेशसभा तथा संघीय चुनावका लागि नेपाल कम्युनिष्ट पार्टील (माओवादी केन्द्र) उदयपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ। भर्खरै सीमा तथा संख्या निर्धारण भएर ४ प्रदेशसभा र २ संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रको टुंगो लागेको उदयपुरमा चुनाव लड्न प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले पार्टीले नाम सिफारिस गरेको हो।

सिम्रौनगढ नगरपालिकामा काँग्रेसका यादव विजयी

सिम्रौनगढ नगरपालिकामा काँग्रेसका यादव विजयी

शनिबार, ०७ असोज २०७४

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको सिम्रौनगढ नगरपालिकको प्रमुख पदमा काँग्रेसका विजय शंकर यादव बिजयी भएका छन्।

पर्साको पकहामैनपुरमा फोरम र जगरनाथपुरमा माओवादी

शनिबार, ०७ असोज २०७४

पर्साको दुई वटा गाउँपालिकाको मतगणनाको नतिजा शनिबार बिहान आए अनुसार पकहा मैनपुर गाउँपालिका प्रमुख र उपप्रमुख संघीय समाजवादी फोरम नेपालले जितेको छ भने जगरनाथपुर गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा फोरम विजयी भएको छ ।

लहानमा एमाले विजयी

शनिबार, ०७ असोज २०७४

लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।  प्रमुखमा मुनी साहले ११ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरेका हुन् ।

स्वर्णपुरमा फोरम नेपाल विजयी

शनिबार, ०७ असोज २०७४

संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।

भंगहा र एकडरामा राजपा विजयी

शनिबार, ०७ असोज २०७४

महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ।  मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी भएका छन्।

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

जलेश्वरमा राजपा विजयी, भ्रष्टाचारमुक्त नगर बनाउने मेयरको घोषणा

शनिबार, ०७ असोज २०७४

मधेस आन्दोलनको थलोकोरुपमा रहेको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन्। राजपा नेपालका रामशंकर मिश्र ५ हजार १ सय ८० मत ल्याएर मेयरमा र राजपा नेपालका मुन्चुन देवी ४ हजार ५ सय ६६ मत ल्याएर उपमेयरमा विजयी भएका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।