सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

सरकारको प्राथमिकताका बिषयमा पूर्ण सहयोग गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

शुक्रबार, ०७ असोज २०७३

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरीलाई सरकारको प्राथमिकतामा रहेका बिषयमा पूर्ण सहयोग गर्न निर्देशन दिएका छन्। टिकापुर घटनालाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग सम्बन्धमा चिसो पसेको चर्चा चलिरहेका बेला उनी प्रहरी मुख्यालय पुगेका हुन्।

बहुलवादी समाजको महत्व छ – पूर्व प्रधानमन्त्री भट्टराई

बहुलवादी समाजको महत्व छ – पूर्व प्रधानमन्त्री भट्टराई

शुक्रबार, ०७ असोज २०७३

काठमाडौँ- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताएका छन्।

लोकमानको फाइल प्रधानमन्त्री कार्यालयबाट शिलबन्दी गरेर सर्बोच्च पुग्यो

शुक्रबार, ०७ असोज २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भूकम्पमा हराएको भनिएको विवादस्पद फाईल शिलबन्दी गरेर सर्वोच्चमा पुगेको छ ।

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

शुक्रबार, ०७ असोज २०७३

संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

पाँच जिल्लाको सीमांकन थाती राखेर समस्या सुल्झिँदैनः अध्यक्ष भण्डारी

पाँच जिल्लाको सीमांकन थाती राखेर समस्या सुल्झिँदैनः अध्यक्ष भण्डारी

शुक्रबार, ०७ असोज २०७३

राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावबाट मधेशको समस्या हुन नसक्ने बताएका छन्।

'संविधान संशोधनमा राजनीतिक सहमति भइसक्यो'

'संविधान संशोधनमा राजनीतिक सहमति भइसक्यो'

शुक्रबार, ०७ असोज २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधनका लागि राजनीतिक सहमति भइसकेको बताएका छन्। युरोप भ्रमणका क्रममा लन्डन आइपुगेका उनले हिथ्रो विमानस्थलमा उत्रिएपछि नागरिकन्युजसँग कुरा गर्दै भने, ‘म प्रधानमन्त्रीसँग छलफल गरेर आएको हुँ। कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच संशोधनका बुँदामा सहमति भइसकेको छ।’

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

शुक्रबार, ०७ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै खानेपानी आयोजनाको स्थलगत अध्ययनका लागि मेलम्ची पुगेका छन्। विज्ञसहितको टोली लिएर मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण बुझ्न प्रधानमन्त्री सिन्धुपाल्चोकमा पर्ने मेलम्ची आयोजनाको स्थलगत अध्ययनका लागि निस्केका हुन्।

डा महत र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

शुक्रबार, ०७ असोज २०७३

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशरण महत र नर्वेका विदेशमन्त्री बोर्गे विरिन्देबीच विहिबार भेटवार्ता भएको छ ।

नेताको नामका प्रतिष्ठान नियन्त्रण गर्न माग

शुक्रबार, ०७ असोज २०७३

नेकपा एमालेका नेताहरूले दिवंगत नेताको नाममा सञ्चालित प्रतिष्ठानमार्फत पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानमाथि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

मोर्चा-सरकार दूरी बढ्दो

मोर्चा-सरकार दूरी बढ्दो

शुक्रबार, ०७ असोज २०७३

संविधान संशोधनबारे सरकारले सीमित मधेसी दलसँग मात्र छलफल अघि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच दूरी बढ्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विषयबारे मोर्चामा आवद्ध सबै दलसँग समान छलफल गर्नुको साटो एक/दुई दलका नेतासँग मात्र छलफल गर्न थालेपछि अन्य दल चिढिएका हुन्।

काम तीव्र पार्न ‘प्राधिकरणको संरचना परिवर्तन'

शुक्रबार, ०७ असोज २०७३

सरकारले भूकम्पपछिको पुनर्निर्माण द्रूत गतिमा अगाडि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संगठनात्मक संरचना र नीति परिवर्तन गर्ने तयारी गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणको काम गराइप्रति असन्तुष्टि व्यक्त गर्दै जनताले अनुभूत हुनेगरी काम अगाडि बढाउन संरचना र नीति तथा कानुन परिवर्तन गर्ने प्रस्ताव गरेका हुन्।

थप दुई उच्च अदालतमा मुख्य न्यायाधीश

शुक्रबार, ०७ असोज २०७३

न्याय परिषद्ले थप दुई उच्च अदालतका लागि मुख्य न्यायाधीश सिफारिस गरेको छ। यसअघि पाँच उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस भइसकेकाले बाँकी दुई अदालतमा बिहीबार परिषद्ले सिफारिस गरेको हो।

निर्वाचन कानुन मस्यौदाक्रममै

शुक्रबार, ०७ असोज २०७३

सरकारले चैतमा स्थानीय तहको निर्वाचन गर्ने भनिरहेका बेला आवश्यक कानुन अझै सम्बन्धित मन्त्रालयमै मस्यौदाक्रममा छन्। तीनै तहको निर्वाचनको तयारीका लागि छिटोभन्दा छिटो कानुन दिन निर्वाचन आयोगले यसअघि नै भनिसकेको छ।

सबैलाई समेट्नुस् : पौडेल

शुक्रबार, ०७ असोज २०७३

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललेे पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रमुख भ्रातृसंगठनको महाधिवेशनसँगै दुई नेताबीच दुरी बढ्दै गएका बेला पौडेलले बिहीबार एकपक्षीय ढंगले अघि नबढ्न देउवालाई सम्झाएका हुन्।

मन्त्री गिरीलाई हृदयाघात

शुक्रबार, ०७ असोज २०७३

सिँचाइमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ। बिहीबार बिहान २ बजे एक्कासि हृदयाघात भएका मन्त्री गिरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

हिन्दीलाई पनि सरकारी भाषा बनाउनेगरी संविधान संशोधन पेस हुँदै

हिन्दीलाई पनि सरकारी भाषा बनाउनेगरी संविधान संशोधन पेस हुँदै

शुक्रबार, ०७ असोज २०७३

संविधानप्रति असहमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सीमांकनसहितको संशोधन प्रस्ताव लैजाने तयारी सुरु गरेका छन्।

भूकम्पपीडितलार्इ थप १ लाख दिनेबारे प्रधानमन्त्री–प्राधिकरण सीइअाेबीच छलफल

बिहिबार, ०६ असोज २०७३

निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडित जनतालाई रु एक लाख थप गर्ने सम्बन्धमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार बस्ने भएको छ।

मन्त्रिपरिषदले के के निर्णय गर्‍यो?

बिहिबार, ०६ असोज २०७३

काठमाडौं— बिहीबार साँझको मन्त्रिपरिषद बैठकले बरिष्ठ कृषि विशेषज्ञ डा.प्रद्मुम्नराज पाण्डेलाई सार्कको कार्यालय ढाकामा काजमा पठाउने निर्णय गरेको छ। अल्ट्रा म्याराथन धाविका खेलाडी मीरा राईलाई ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

सिचाईंमन्त्रीलाई हृदयघात, नर्भिकमा भर्ना

सिचाईंमन्त्रीलाई हृदयघात, नर्भिकमा भर्ना

बिहिबार, ०६ असोज २०७३

सिचाईंमन्त्री दीपक गिरीलाई बुधबार राति २ बजे हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बुधबार राति नै नर्भिक अस्पतालको अाकस्मिक कक्षमा लिगएको थियो।

कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक

बिहिबार, ०६ असोज २०७३

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।