प्रदेश २ : ४८ पूर्वसांसद चुनावी मैदानमा

आइतबार, ०३ मङि्सर २०७४

आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमध्ये ४८ जना यसअघि सांसद भइसकेका छन् । लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भइसकेका राजनीतिज्ञ हुन् ।

प्रहरीको सूचनापछि दाहाल झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदै

प्रहरीको सूचनापछि दाहाल झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदै

आइतबार, ०३ मङि्सर २०७४

छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किँदैछन्। प्रहरीले काठमाडौं फर्किने सूचना दिएपछि चुनावी सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगेका दाहाल हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदैछन्।

प्रकाश दाहाल नर्भिक अस्पतालमा भर्ना

प्रकाश दाहाल नर्भिक अस्पतालमा भर्ना

आइतबार, ०३ मङि्सर २०७४

काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आकाश्मिकरुपमा अस्पताल भर्ना भएका छन्। हृदयघात भएपछि उनलाई आज बिहान साढे ५ बजे नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई के भएको भन्नेबारे अहिलेसम्म केही खुलाइएको छैन।

गृहको सुरक्षा नीति : उम्मेदवारलाई प्राथमिकता

गृहको सुरक्षा नीति : उम्मेदवारलाई प्राथमिकता

आइतबार, ०३ मङि्सर २०७४

चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।

बी एण्ड सीलाई सम्बन्धन दिने ओली र दाहालको घोषणा

शनिबार, ०२ मङि्सर २०७४

वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन्। ‘चुनाव लगत्तै वाम गठबन्धनको सरकार बन्ने र उक्त सरकारले सम्बन्धन दिने’ बचन दुवै नेताले दिएका हुन्।

४९ मतदाताको मतदान केन्द्र

शनिबार, ०२ मङि्सर २०७४

प्रतिनिधि र प्रदेश सभाका लागि ताप्लेजुङमा तोकिएका ११४ मतदान केन्द्रमा सबैभन्दा कम ४९ मतदाता रहेको पाइएको छ। सबैभन्दा बढी भने १ हजार ४० जना सम्म रहेका छन्।

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

शनिबार, ०२ मङि्सर २०७४

भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्।

बम विस्फोटमा बल्लबल्ल बाँचें:  रामचन्द्र पौडेल

बम विस्फोटमा बल्लबल्ल बाँचें: रामचन्द्र पौडेल

शनिबार, ०२ मङि्सर २०७४

निर्वाचन विरोधी समूहको आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा प्रेसर कुकर बम विस्फोट गरिएको छ । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ।

सहिदलाई सम्झेर भोट हाल्नुस्

सहिदलाई सम्झेर भोट हाल्नुस्

शनिबार, ०२ मङि्सर २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपिल गरेका छन। सहिदको सपना र बलिदानीलाई खेर जान नदिन मधेस गठबन्धन लाई जिताउन यस्तो अपिल गरेका हुन्।

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण : ओली

शनिबार, ०२ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन्।

ओखलढुंगामा बम विष्फोट

शनिबार, ०२ मङि्सर २०७४

ओखलढुङ्गाको च्यानाममा शनिबार अपरिचित समूहले वाम गठबन्धनका उम्मेदवार लक्षित बम विष्फोट गराएको छ ।

'म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’

'म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’

शनिबार, ०२ मङि्सर २०७४

जब राष्ट्रले एउटा निर्णय लिन्छ, म त्यतिबेलाको प्रधानमन्त्री, मलाई राजा महेन्द्रको पूरा ब्याकिङ थियो । राजा महेन्द्र पनि त्यही चाहन्थे । उनका पालामा प्रधानमन्त्री भएपछि मैले आँट गरेँ । मेरो अध्ययन, विश्लेषण र ध्यानले समेत यो समयमा यस्तो निर्णय गरेँ भने सैन्य मिसन र चेकपोस्ट हट्छ भन्ने आत्मविश्वास भएपछि निर्णय गरेको हुँ । त्यो पनि फ्याक्ट्स एन्ड फिगर्समा । त्यसबेला अमेरिका र रसिया सुपरपावर थिए । त्यो परिस्थिति समेत हेरेर एउटा सामूहिक अडान लिएर अगाडि बढेको हुँ । जसले गर्दा सफलता प्राप्त भयो ।

प्रदेश-२\बारा : जित दोहोर्‍याउने दाउ

प्रदेश-२\बारा : जित दोहोर्‍याउने दाउ

शनिबार, ०२ मङि्सर २०७४

मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत बारामा कांग्रेसका तीन उम्मेदवार तेस्रो पटक, फोरम–राजपा गठबन्धनका दुई र वाम गठबन्धनका एक उम्मेदवार दोस्रो पटक जित निकाल्न चुनावी मैदानमा उत्रेका छन् ।

बाजुरा-६\बाजुरा : नयाँ अनुहारबीच प्रतिस्पर्धा

बाजुरा-६\बाजुरा : नयाँ अनुहारबीच प्रतिस्पर्धा

शनिबार, ०२ मङि्सर २०७४

२०६४ सालयताको निर्वाचन परिणाम हेर्दा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । २०६४ मा कांग्रेसका देवराज जोशीले ८ सय मतान्तरले जितेका थिए भने २०७० मा एमालेका कर्णबहादुर थापाले ४ हजार बढी मतान्तरले जितेका थिए । दुवै चुनावमा माओवादी तेस्रो स्थानमै रह्यो ।

निजी विद्यालय सञ्चालक चुनावी मैदानमा

निजी विद्यालय सञ्चालक चुनावी मैदानमा

शनिबार, ०२ मङि्सर २०७४

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा निजी विद्यालयका सञ्चालकहरू पनि उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएसँगै निजी विद्यालय सञ्चालकहरू अहिले गाउँगाउँमा चुनावी प्रचारमा खटिएका छन् । विद्यालय व्यवस्थापन जिम्मा लगाएर उनीहरू चुनावी प्रचारमा जुटेका हुन् ।

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

शनिबार, ०२ मङि्सर २०७४

नुवाकोटमा अज्ञात समूहको बम आक्रमणमा परेका कांग्रेस नेताहरुले विपक्षीहरुले हारको बदला लिन बम आक्रमण गरेको बताएका छन् । कांग्रेसका जित सुनिश्चित भएपछि विपक्षीहरुले हार स्वीकार्न नसकेर बम आक्रमण भएको कांग्रेस नेताहरुको टिप्पणी छ ।

निर्वाचनका दिन बिदा दिन आयोगको आग्रह

शनिबार, ०२ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।

नेमकिपाको घोषणापत्र सार्वजनिक

शनिबार, ०२ मङि्सर २०७४

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।