शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

बुधबार, २२ असार २०७३

काठमाडाैं– गम्भीर खालको निमोनिया पीडित कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको रक्तचाप र अक्सिजनको मात्रा पछिल्लो केही घण्टादेखि सन्तुलिन देखिएको छ । चिकित्सकहरुका अनुसार ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार देखिएको छ ।

बजार अनुगमनलाई देशव्यापी बनाउँछाैं– अापूर्ति मन्त्री पुन

बुधबार, २२ असार २०७३

काठमाडौँ– आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनलाई प्रभावकारी बनाउन राज्य र नागरिक समाज दुबैको पनि सहयोग आवश्यक भएको बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको पानी उद्योगकोे स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री पुनले आगामी दिन बजार अनुगमनलाई देशव्यापी बनाइने बताए।

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार, २२ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

बुधबार, २२ असार २०७३

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

बुधबार, २२ असार २०७३

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

बुधबार, २२ असार २०७३

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

बुधबार, २२ असार २०७३

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

बुधबार, २२ असार २०७३

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

मेलमिलाप आयोगमा फेरि मनमुटाव

बुधबार, २२ असार २०७३

काठमाडौं-द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ।

मन्त्रीको जिल्लालाई चार सय सिँचाइ योजना

बुधबार, २२ असार २०७३

काठमाडौं-डाडुपन्यु (सत्ता) हातमा भए के चाहियो ? सिँचाइमन्त्री उमेश यादवले ‘आफ्नै हात जगन्नाथ’ उक्ति चरितार्थ गर्दै गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रलाई बजेट पारेको देख्दा लाग्छ– सत्ता भए केही चाहिन्न, सबै सम्भव हुन्छ।

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

मङ्गलबार, २१ असार २०७३

प्रधानमन्त्री ओलीले मन्तव्यकाक्रममा दुई वटा गीतको प्रसंग उठाए। ‘एउटा गीत सुनेको थिएँ, पाप लाग्ला है भन्ने,’ उनले आफ्नो सविक शैलीमा मुस्काउँदै भने ‘म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला है,’ हलमा हाँसोको स्वर गुञ्जियाे। प्रधानमन्त्रीले थपे ‘फेरि पनि चुनाव आउँछ, नेपाली जनताले हेरिराख्या छ, त्यो ठूलो पाप हो, चुनावमा गाह्रो हुन्छ फेरि।’ उनले सरकार फेरिने हल्लाका पछि सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे।

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्यूठानमा पहिरोमा परि मृत्यु भएका ८ परिवारलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको बताएकी छन्।

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताएका छन्। नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध भएकाे बताए।

शून्य समयमा कसैकाे प्रश्नै प्रश्न, कसैकाे नबोली विरोध

शून्य समयमा कसैकाे प्रश्नै प्रश्न, कसैकाे नबोली विरोध

मङ्गलबार, २१ असार २०७३

काठमाडौंँ– व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिए।

नयाँ शक्तिले हिमालमाथि केवलकार चलायो !

नयाँ शक्तिले हिमालमाथि केवलकार चलायो !

मङ्गलबार, २१ असार २०७३

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टी ब्रान्डिङका लागि एनिमेटेड भिडियो सार्वजनिक गरेको छ। देश विकासको संक्षिप्त मार्गचित्र समेटिएको ४२ सेकेन्डको सो भिडियोमा कृषि आधुनिकीकरणदेखि हिमालमाथि केबलकार चलाएको दृष्यसम्म समेटिएका छन्।

परिवार दलको महाधिवेशन सुरु

परिवार दलको महाधिवेशन सुरु

मङ्गलबार, २१ असार २०७३

नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ। महाविधेशन उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी ओली, पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न १५ मुलुकबाट आएका विभिन्न राजनीतिक दलका नेताले शुभकामना दिएका छन्।

१९५० को सन्धिमाथि छलफल बढाइँदै

मङ्गलबार, २१ असार २०७३

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो संयुक्त बैठकमा सन् १९५० को 'नेपाल–भारत शान्ति तथा मैत्री सन्धि' ले प्रवेश पाएको छ। दुई देशबीचका सन्धिसम्झौता र सम्बन्ध पुनरवलोकनका लागि आ–आफ्नो सरकारलाई सुझाव पेस गर्न गठित समूहको सोमबार राजधानीमा सुरु दुईदिने बैठकको पहिलो दिन नेपाली पक्षले विवादित सन्धिमाथि छलफल अघि सारेको हो।

स्थानीय पुनःसंरचना चाँडो सक्न दबाब

मङ्गलबार, २१ असार २०७३

सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेपछि स्थानीय तह पुनर्संरचना आयोगलाई दबाब बढेको छ।  गाउँपालिका, नगरपालिकाको संख्या र सिमाना तोक्ने जिम्मा पाएको आयोगले सरकारको कार्यतालिका आएपछि समयअघि नै कामसक्ने बाध्यता थपिएको बताएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।