माओवादी केन्द्रको बैठक जारी

बिहिबार, २३ असार २०७३

अनौपचारिक रूपमा एमाले नेतृत्वको सरकारबाट बाहिरिन जोडबल गरिरहेको माओवादी केन्द्रको पोलिटब्युरो बैठकले बुधबार पनि त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न सकेन।

मंसिरमा स्थानीय चुनाव 'असम्भव'

मंसिरमा स्थानीय चुनाव 'असम्भव'

बिहिबार, २३ असार २०७३

सरकारले आउँदो मंसिरमा स्थानीय निर्वाचन गर्ने बताइरहँदा स्थानीय निकायको सिमाना निर्धारण आयोगले भदौसम्म अन्तिम प्रतिवेदन दिन नसकिने प्रस्ट पारेको छ। आयोगले भदौमा प्रतिवेदन दिन नसके मंसिरमा संघीय संरचनाअन्तर्गत निर्वाचन हुन सक्दैन।

परिवार दल अध्यक्षमा पुनः ढकाल

परिवार दल अध्यक्षमा पुनः ढकाल

बिहिबार, २३ असार २०७३

नेपाल परिवार दलको दोस्रो महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई निर्वाचित गरेको छ।मंगलबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै बुधबार सकिएको छ।

९३ दलले विवरण बुझाएनन्

बिहिबार, २३ असार २०७३

निर्वाचन आयोगमा आयव्यय विवरण नबुझाउने ९३ दल कारबाहीमा पर्ने भएका छन्। आयोगले मंगलबार ती दलको नाम सार्वजनिक गर्दै स्पष्टीकरण मागेको छ। आयोगले एक वर्षको आयव्यय नबुझाउने ३६, कानुनको म्यादभित्र वार्षिक प्रतिवेदन नबुझाउने ३७, तीन वर्ष लगातार आयव्यय नबुझाउने २० दलको नाम सार्वजनिक गरेको हो।

‘फैसला लेख्न नजान्ने' भन्दै कार्कीविरुद्ध उजुरी

‘फैसला लेख्न नजान्ने' भन्दै कार्कीविरुद्ध उजुरी

बिहिबार, २३ असार २०७३

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सुशीला कार्कीविरुद्ध फैसला लेख्न नजान्ने र निर्णय क्षमता नै नभएको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। कार्कीका फैसला विवादास्पद देखिएकाले प्रधानन्यायाधीश नियुक्त नगर्न आग्रहसमेत उजुरीमा गरिएको छ।

कोइरालाको स्वास्थ्य ‘गम्भीर र स्थिर'

कोइरालाको स्वास्थ्य ‘गम्भीर र स्थिर'

बिहिबार, २३ असार २०७३

नेपाली कांग्रेसका महामन्त्री एवं बिपीपुत्र शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति ८ बजे ओम अस्पताल भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्य बुधबार बिहानदेखि अचानक गम्भीर बन्न पुगेको हो।

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

बिहिबार, २३ असार २०७३

राज्यले गोप्य रुपमै अन्वेषण र अनुसन्धान गर्नुपर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिनु दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बन्ने उनीहरुको भनाइ छ। सुरक्षा प्रबन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविद बताउँछन्।

शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

शशांककाे रक्तचाप र अक्सिजन स्तर सुधार, अझै भन्न सकिन्नः चिकित्सक

बुधबार, २२ असार २०७३

काठमाडाैं– गम्भीर खालको निमोनिया पीडित कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको रक्तचाप र अक्सिजनको मात्रा पछिल्लो केही घण्टादेखि सन्तुलिन देखिएको छ । चिकित्सकहरुका अनुसार ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार देखिएको छ ।

बजार अनुगमनलाई देशव्यापी बनाउँछाैं– अापूर्ति मन्त्री पुन

बुधबार, २२ असार २०७३

काठमाडौँ– आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनलाई प्रभावकारी बनाउन राज्य र नागरिक समाज दुबैको पनि सहयोग आवश्यक भएको बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा आज ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको पानी उद्योगकोे स्थलगत अनुगमन गर्ने क्रममा मन्त्री पुनले आगामी दिन बजार अनुगमनलाई देशव्यापी बनाइने बताए।

बुधबार बाह्र मन्त्रीले संसदमा जवाफ दिए

बुधबार, २२ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत १२ वटा मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन्।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

बुधबार, २२ असार २०७३

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

बुधबार, २२ असार २०७३

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

बुधबार, २२ असार २०७३

अाेम अस्पतालमा उपचाररत नेपाली कांग्रेस महामन्त्री डाक्टर सशांक कोइराला हेरेर नेतृ सुजता कोइराला अाँखाभरि अाँसु पारेर फर्किइन्। उनी निकै भावुक देखिएकी थिइन्।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

बुधबार, २२ असार २०७३

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर शशांककाे उपचार हुँदै

बुधबार, २२ असार २०७३

अचानक विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अधिकांश अंगले काम नगरेपछि प्रेसर बढाउन चार प्रकारका औषधि चलाइएको उपचारमा संलग्न डा. लवनरसिंह जोशीले बताएका छन्। कोइरालाको ब्लडप्रेसर १००/५० रहेको अस्पतालले जनाएको छ।

मेलमिलाप आयोगमा फेरि मनमुटाव

बुधबार, २२ असार २०७३

काठमाडौं-द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ।

मन्त्रीको जिल्लालाई चार सय सिँचाइ योजना

बुधबार, २२ असार २०७३

काठमाडौं-डाडुपन्यु (सत्ता) हातमा भए के चाहियो ? सिँचाइमन्त्री उमेश यादवले ‘आफ्नै हात जगन्नाथ’ उक्ति चरितार्थ गर्दै गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रलाई बजेट पारेको देख्दा लाग्छ– सत्ता भए केही चाहिन्न, सबै सम्भव हुन्छ।

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

मङ्गलबार, २१ असार २०७३

प्रधानमन्त्री ओलीले मन्तव्यकाक्रममा दुई वटा गीतको प्रसंग उठाए। ‘एउटा गीत सुनेको थिएँ, पाप लाग्ला है भन्ने,’ उनले आफ्नो सविक शैलीमा मुस्काउँदै भने ‘म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला है,’ हलमा हाँसोको स्वर गुञ्जियाे। प्रधानमन्त्रीले थपे ‘फेरि पनि चुनाव आउँछ, नेपाली जनताले हेरिराख्या छ, त्यो ठूलो पाप हो, चुनावमा गाह्रो हुन्छ फेरि।’ उनले सरकार फेरिने हल्लाका पछि सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे।

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।