१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

शुक्रबार, २२ पुष २०७३

भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ। भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रीय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बिहीबार नागरिकलाई बताए।

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

बिहिबार, २१ पुष २०७३

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो।

सय भारु साट्न एक सय ७५

सय भारु साट्न एक सय ७५

बिहिबार, २१ पुष २०७३

भारतले ५ सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँसम्म पुगेको छ। भारतले गत कात्तिक २३ मा ५ सय र एक हजार दरका भारु नोट प्रचलनमा प्रतिबन्ध लगाएको थियो। यसपछि  भारत जस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ।

नेपाली बजारमा ४३ सय मोडलका मोबाइल

नेपाली बजारमा ४३ सय मोडलका मोबाइल

बिहिबार, २१ पुष २०७३

देशमा अहिलेसम्म ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट भित्रिसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' गराएर कानुनी रुपमा उक्त संख्यामा मोबाइलका मोडल भित्रिएका हुन्।

निगम जहाजले कोरिया उडान गर्ने

निगम जहाजले कोरिया उडान गर्ने

बिहिबार, २१ पुष २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक दक्षिण कोरियाको प्रमुख विमानस्थलबाट उडान–अवतरणको अनुमति पाएको छ। कारियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान–अवतरण गर्न पाउने गरी निगमलाई 'स्लट' उपलब्ध गराएको हो।

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

बिहिबार, २१ पुष २०७३

मलेसियन सरकारले कामदारलाई लगाउँदै आएको लेवी हटाएपछि मासिक करिब २० करोड रुपैयाँ बढी रेमिटेन्स नेपाल भित्रिने भएको छ। त्यहाँका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले मलेसियाली समाचार संस्थालाई बर्नामालाई दिएको जानकारी अनुसार अब मलेसियामा कार्यरत आप्रवासी कामदारले लेवी तिर्नुपर्ने छैन।

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

बिहिबार, २१ पुष २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्याह्नतिर सरकारको बास्केटमा रहेका डेढ सय जलविद्युत् आयोजनाको लाइसेन्स (अध्ययन अनुपतिपत्र) खोल्नेसम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे।

पैसा सकिएपछि राष्ट्र बैंकको आस

पैसा सकिएपछि राष्ट्र बैंकको आस

बिहिबार, २१ पुष २०७३

कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको छ। निक्षेपको ब्याजदर बढाउँदासमेत रकम संकलन हुन नसकेपछि बैंकहरू नेपाल राष्ट्र बैंकसँग लगानी गर्ने पैसा माग्ने तयारीमा छन्।

होटल-रेष्टुराँले लिने १० प्रतिशत सेवा शुल्क पूरै मजदूरलाई दिन माग

बुधबार, २० पुष २०७३

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघले सेवाग्राहीबाट प्राप्त हुने दस प्रतिशत सेवा शुल्क पुरै मजदुरलाई दिनुपर्ने माग गरेको छ।

डोनाल्ड ट्रम्पका कारण विश्वका अर्बपति उत्साही

डोनाल्ड ट्रम्पका कारण विश्वका अर्बपति उत्साही

बुधबार, २० पुष २०७३

भलै २०१६ मा लोकप्रिय मतदानले राजनीति र शक्तिमा अमेरिका र युरोपलाई हल्लाइदिने किसिमको परिवर्तन देखायो, विश्वका धनीहरुको खातामा भने २ सय ३७ अर्ब डलर थपिएको छ।

पुनर्निर्माणमा साढे ५४ खर्बको निर्माण सामग्री चाहिने

बुधबार, २० पुष २०७३

भूकम्पपछिको पुनर्निर्माणमा खर्बौंको निर्माण सामग्री प्रयोग हुने भए पनि गुणस्तरमा ध्यान दिइएको छैन । कमजोर निर्माण सामग्रीको कारण भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति गराएको छ। बलियो संरचना र्निर्माणमा गुणस्तर मापन गरेरमात्र सामान प्रयोग गर्नुपर्नेमा यसतर्फ सरोकारवालाले ध्यान नदिएको गुनासो आएको छ।

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बुधबार, २० पुष २०७३

बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

बुधबार, २० पुष २०७३

किसानले आफ्नो उत्पादनबाट लगानीसमेत उठाउन नसकिरहेका बेला दक्षिण झापाका ६ वटा गाउँ विकास समितिलाई धान उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गर्दै सरकारले कार्यक्रम सुरु गरेको छ।

‘कनिका झैँ छरियो’ निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट

बुधबार, २० पुष २०७३

खोटाङका दुवै निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फको बजेट विनियोजन गरिएको छ। एमालेबाट निर्वाचित क्षेत्र नम्बर १ का सांसद पिके राई र क्षेत्र नम्बर २ का सांसद विशाल भट्टराईले ५०÷५० लाख रुपैयाँ रकम विनियोजन गरेका हुन्।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बुधबार, २० पुष २०७३

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

भिबोर सोसाइटीलाई अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइज

बुधबार, २० पुष २०७३

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडलाई समिट अफ लिडर्स–२०१६, सोक्रेट्स अवार्ड सेरेमोनी अक्सफोर्ड, लन्डनमा अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइज अवार्डबाट सम्मानित गरिएको छ।

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

फोर्ड एनडेभर पूर्ण आकारको एसयुभीमा घोषित

बुधबार, २० पुष २०७३

यस वर्षको प्रख्यात एनडिटिभी कार एन्ड बाइक अवार्ड समारोहमा फोर्ड एनडेभरलाई पूर्ण आकारको एसयुभीमा घोषित गरिएको छ । सन् २०१६ मा बजारमा ल्याइएको फोर्ड एनडेभर बनावट, ढाँचा, ड्राइभिङ अनुभूति र प्रविधिमा उच्चतम रहेको कम्पनीको दावी रहेको छ।

बिमा समिति अध्यक्षमा चापागाईं

बिमा समिति अध्यक्षमा चापागाईं

बुधबार, २० पुष २०७३

सरकारले बिमा समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि बिमा क्षेत्रको सर्वोच्च नियमनकारी निकाय बिमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको नेपाल सरकारका मुख्य सचिव सोमलाल सुबेदीले नागरिकलाई जानकारी दिए ।

बिजुली उत्पादन २५ प्रतिशत बढ्यो, पोखरा लोडसेडिङमुक्त

बिजुली उत्पादन २५ प्रतिशत बढ्यो, पोखरा लोडसेडिङमुक्त

बुधबार, २० पुष २०७३

सञ्चालनमा रहेका आयोजनाबाटै २५ प्रतिशत बिजुली उत्पादन बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आयोजनाबाट उत्पादित बिजुली अधिकतम उपयोग गर्न सकेका कारण लोडसेडिङ कम गर्न सकिएको प्राधिकरणको भनाइ छ।

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

बुधबार, २० पुष २०७३

लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।