सेवा विस्तारमा अवरोध

शुक्रबार, ०३ भदौ २०७३

काँकडभिट्टाबाट विभिन्न सहरसम्म सिधा बस चलाइरहेको उज्यालो यातायात व्यवसायी संघले केही महिनाअघि पोखरालाई आधार बनाएर सुविधासम्पन्न बस चलाउने तयारी गर्‍यो। तर, सिन्डिकेट लादेका स्थानीय व्यवसायीको अवरोध र प्रशासनको असहयोगले चलाउन नसक्ने भन्दै पछि हट्यो।

सिन्डिकेटलाई सरकारी निकायकै सहयोग

सिन्डिकेटलाई सरकारी निकायकै सहयोग

शुक्रबार, ०३ भदौ २०७३

जापान सरकारको सहयोगमा बिपी राजमार्गको चौथो खण्ड नेपालथोक–धुलिखेल निर्माण सम्पन्न हुनासाथ सांसद तीर्थबहादुर लामाको समूहले बनेपाबाट नेपालथोकसम्म माइक्रोबस चलाउन थाल्यो।

नेपाली बजारमा भारतीय आकर्षण बढ्दो

शुक्रबार, ०३ भदौ २०७३

नेपाल घुम्ने भारतीय पर्यटकका लागि सुन्धाराको चाइनाटाउन आकर्षक क्षेत्र बन्दै गएको छ। सस्तो, आकर्षक र गुणस्तरीय सामग्री पाइने भएकाले पनि उनीहरु नेपालबाट फर्किदाँ विभिन्न उपहार सामग्री खरिद गर्न आउने गरेको व्यापारीहरु बताउँछन्।

युएइमा नेपालीको टायर कम्पनी सञ्चालनमा

युएइमा नेपालीको टायर कम्पनी सञ्चालनमा

बिहिबार, ०२ भदौ २०७३

वैदेशिक रोजगारको लागि गन्तव्य ठानिने युएईमा व्यवसाय गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

चार जहाज उडाएर साढे ७ अर्ब आम्दानी

चार जहाज उडाएर साढे ७ अर्ब आम्दानी

बिहिबार, ०२ भदौ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक वर्ष अन्तर्राष्ट्रिय उडान गरेर साढे ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। निगमले चार ठूला जहाजबाट यो आम्दानी गरेको हो। निगमले गत आर्थिक वर्ष २०७२/७३ मा अन्तर्राष्ट्रिय सेवाबाट कुल ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांक संकलन गरे पनि उडानबाट मात्र उसले ७ अर्ब ५७ करोड रुपैयाँबराबरको आम्दानी गरेको हो।

घर-जग्गा राजस्व १३ अर्ब नाघ्यो

घर-जग्गा राजस्व १३ अर्ब नाघ्यो

बिहिबार, ०२ भदौ २०७३

बढ्दो बसाइँसराइले घरजग्गा कारोबार बढेको छ। सकेसम्म सहरी क्षेत्रमा बस्ने रुचि,कमाइपछि पहिलो आम्दानीघरजग्गामा लगानी गर्नेक्रम बढेपछि कारोबार बढेको हो।यसले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।

सिइओको योग्यतामा बिमा समिति लचिलो

बिहिबार, ०२ भदौ २०७३

बिमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को योग्यतालाई केही खुकुलो बनाएको छ। समितिले संस्थागत सुशासन सम्बन्धी पुरानो निर्देशन संशोधन गर्दै सिइओको योग्यता खुकुलो बनाएको हो।

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

बिहिबार, ०२ भदौ २०७३

पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झन्डै ३ लाख विदेशी पर्यटक भित्रिए। भूकम्पले पोहोर यो संख्या केही घट्यो। विदेशीबाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन। स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ।

बैंकमै छैन डलर

बैंकमै छैन डलर

बिहिबार, ०२ भदौ २०७३

चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव चर्किएको छ। व्यापारीले बैंकिङ प्रणाली 'बाइपास' गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि नगद अभाव देखिएको हो।

महसुल नतिर्ने ठूला ग्राहकको लाइन काटिने

बुधबार, ०१ भदौ २०७३

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ।

फोर्सका गाडी किन्दा १ लाख ८० हजारसम्म छुट

फोर्सका गाडी किन्दा १ लाख ८० हजारसम्म छुट

बुधबार, ०१ भदौ २०७३

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्वको अवसरमा कम्पनीका गाडी खरिदमा १ लाख ८० हजार रुपैयाँसम्मको छुट अफर ल्याएको छ।

तनहुँ हाइड्रोमा अझै ढिलाइ

तनहुँ हाइड्रोमा अझै ढिलाइ

बुधबार, ०१ भदौ २०७३

कतैबाट बाधा अवरोध उत्पन्न नभए जलाशययुक्त तनहुँ हाइड्रोपावर निर्माण सुरु हुन अझै एक वर्ष लाग्ने भएको छ । पाँच वर्षअघि नै निर्माण सुरु गर्ने भनिए पनि ठेकेदार कम्पनी छनोट र लगानी जुटाउन ढिलाइ हुँदा पछाडि धकेलिएको हो । त्यसबाहेक बीचबीचमा परामर्शदाता छनोटको विषयमा विवाद हुँदा पनि आयोजनाले गति लिन सकेको थिएन ।

चिया किसान फेरि आन्दोलित

चिया किसान फेरि आन्दोलित

बुधबार, ०१ भदौ २०७३

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

बन्दुक बोकेका हातमा कुटो–कोदालो

बन्दुक बोकेका हातमा कुटो–कोदालो

बुधबार, ०१ भदौ २०७३

तत्कालीन नेकपा माओवादीका लडाकु गैरागाउँ–२, का भरत बोहरा (२८) अहिले व्यावसायिक तरकारी खेती गर्छन् । सानै उमेरमै राजनीति नै सबैथोक हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन पनि महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन् ।

म्याग्दीमा लामो झोलुंगे पुल शिलन्यास

बुधबार, ०१ भदौ २०७३

म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा जिल्लाकै लामो झोलुंगे पुलको शिलान्यास गरिएको छ । बेग गाउँबाट बाँदुग जोड्ने झोलुंगे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले शिलान्यास गरेका हुन् । जिल्लाकै अग्लो पुलको शिलान्यास कार्यक्रममा स्थानीयबासीले भव्य समारोहमा अतिथिलाई स्वागत गरेका थिए ।

कालिगण्डकी करिडोरको प्रगति २ प्रतिशतमात्रै

कालिगण्डकी करिडोरको प्रगति २ प्रतिशतमात्रै

बुधबार, ०१ भदौ २०७३

पाल्पा– चीनको तिब्बतसम्मको सीमामा व्यापारिक सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको कालीगण्डकी करिडोरको काम हालसम्म २.०९ प्रतिशत मात्र सम्पन्न भएको छ । वन क्षेत्र, नदी तट तथा धार्मिक तथा पर्यटकीय स्थलमा योजना कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको बताइको छ । यस आर्थिक वर्षमा भने करिडोरको काम तीव्र रुपमा अगाडि बढ्ने भएको छ ।

विद्युत् प्राधिकरणकाे आधा आम्दानी भारतलाई

विद्युत् प्राधिकरणकाे आधा आम्दानी भारतलाई

बुधबार, ०१ भदौ २०७३

नेपाल विद्युत प्राधिकरणले एक वर्षमा जति आम्दानी गर्छ त्यसको आधाभन्दा बढी हिस्सा भारतलाई बुझाउने गरेको छ ।

‘विदेश पठाउनुअघि सुरक्षाको प्रत्याभूति अावश्यक’

बुधबार, ०१ भदौ २०७३

सुरक्षा गार्डको रूपमा वैदेशिक रोजगारीमा जानेको सुरक्षाको प्रत्याभूति नभएसम्म त्यहाँ पठाउन नहुने सुझाव दिइएको छ।

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

बुधबार, ०१ भदौ २०७३

काठमाडौं– भूकम्प गएको १६ महिना हुदाँसम्म पनि त्यसबाट क्षतिग्रस्त केही भवनको सर्भे हुन सकेको छैन । सर्भे हुन नसक्दा दाबी भुक्तानीमा समस्या आएको छ।

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

बुधबार, ०१ भदौ २०७३

बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु मध्ये १० प्रतिशत अखाद्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो। विभागले २ हजार १ सय २० नमुना संकलन गरेर गरिएको परीक्षणमा २ सय २ नमुना अखाद्य पुष्टि भएको विभागले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।