विकास आयोजनाका जग्गा प्राप्ति र रूख काट्ने समस्या समाधान गर्न जाेड

मङ्गलबार, ३२ साउन २०७३

व्यवस्थापिका–संसद्अन्तर्गतकाे विकास समितिले विकास आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सङ्घीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

कोकटी खेति संकटमा

कोकटी खेति संकटमा

मङ्गलबार, ३२ साउन २०७३

आधुनिकतासँगै नेपाली मौलिक संस्कार एवम् सस्कृतिहरु दिनानुदिन लोप भइरहेका छन्। युवापुस्ताको चासो नहुनुले पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा नेपाली मौलिकता दिनदिनै लोप भइरहेका छन्। यस्तै उदाहरण छ, पूर्वी पहाडी जिल्ला भोजपुरको कोकटी व्यवसायको।

बजेट अभावले हतुवागढी पर्यटन पूर्वाधार निर्माण अलपत्र

मङ्गलबार, ३२ साउन २०७३

भोजपुर– ऐतिहासिक र प्राकृतिक रुपमा छुट्टै अस्तित्व रहेको दक्षिणी भोजपुरको पर्यटकीय सम्भावनालाई प्रवद्र्धनका लागि थालिएका पूर्वाधार निर्माणका सबै काम अलपत्र भएका छन्। स्थानीय तथा बाह्य पर्यटन प्रवर्द्धन गरी क्षेत्रबासीको आर्थिक स्तरलाई उकास्न टेवा मिल्ने उद्देश्यका साथ थालिएका निर्माणमा सरकारले हेलचेक्रयाईं गरेपछि आयोजना नै अलपत्र बनेको हो।

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

मङ्गलबार, ३२ साउन २०७३

सरकारले 'राष्ट्रिय गौरव आयोजना'को सूचीमा राखेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत करिब ५० अर्ब रुपैयाँ पुग्ने भएको छ। यो सुरु लागतको करिब ४३ प्रतिशत बढी हो।

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

मङ्गलबार, ३२ साउन २०७३

साउनको दोस्रो सातादेखि घट्न सुरु गरेको सेयर बजार मापक नेप्से सोमबार पनि उच्च बिन्दुले घटेको छ। नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से तीन सातायता निरन्तर ओर्लिरहेको छ। नेपाल धितोपत्र बोर्डले कालोधन अनुसन्धान गर्ने समिति गठन गरेको समाचार सार्वजनिक भएपछि ओरालो लागेको सेयर बजार समिति बिघटन गरेको दिन उकालो लगे पनि त्यसपछि निरन्तर घटेको छ।

भारतीय नाकाबन्दीले गरेन असर

मङ्गलबार, ३२ साउन २०७३

स्वतन्त्र मुलुकका सार्वभौम जनता आफैंले संविधान जारी गरेको झोंकमा छिमेकी भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व इन्धन अभाव झेल्नु परे पनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ।

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ३२ साउन २०७३

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। बजारमा बढ्दो मूल्य वृद्धिप्रति चासो देखाउँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुने। सोमबार आपूर्तिमन्त्री दीपक बोहोरा, सचिव श्रीधर सापकोटा सहित सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर परिणाम आई उपभोक्ताले राहतको अनुभूति हुने गरी तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

एनसेलको नयाँ लोगो

एनसेलको नयाँ लोगो

मङ्गलबार, ३२ साउन २०७३

एनसेलले नयाँ ब्रान्डको लोगो सार्वजानिक गरेको छ। एनसेल प्रालि र आजियाटा ग्रुप बर्हादबीच रिब्रान्डिङ घोषणा गर्दै एनसेल आजियाटा आवद्ध नयाँ लोगो सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

एउटै पाइलटले राजीनामा दिँदा...

एउटै पाइलटले राजीनामा दिँदा...

मङ्गलबार, ३२ साउन २०७३

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एक मात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले 'थाल खाउँ न भात खाउँ' को अवस्थामा पुगेको छ।

रेमिटेन्स वृद्धिदर खुम्चियो

सोमबार, ३१ साउन २०७३

नेपालभित्रिने रेमिटेन्सको वृद्धिदर विस्तारै घट्न थालेको छ। गतआर्थिक वर्ष २०७२/०७३ मा सोभन्दाअघिल्लो वर्षको तुलनामा ५ प्रतिशतबिन्दुले रेमिटेन्सको वृद्धिदर खुम्चिएकोहो। आर्थिक वर्ष २०७१/०७२मा अघिल्लो आवको तुलनामा१३ प्रतिशतले वृद्धि भएको रेमिटेन्स गतआर्थिक वर्ष ८ प्रतिशतले मात्र वृद्धि भएको सरकारीतथ्यांकले देखाएको छ।

महँगो अमेरिका सपना

महँगो अमेरिका सपना

सोमबार, ३१ साउन २०७३

म्याग्दीको ताकम–५ का पृथ्वी केसी तेजबहादुर र दिलमाया केसीका एक्ला छोरा थिए। विद्यालय उमेरमै विवाह गरेका केसीको एउटा छोरा र श्रीमती पनि छन्। विनाजोखिम, सजिलो माध्यमबाट अमेरिका पुगिन्छ भन्ने हल्ला गाउँमा चलेपछि साथीसँगै केसीपनि मोटो रकम दलाललाई बुझाएर भारत हुँदै अवैध बाटोबाट अमेरिका लागे।

बर्सेनि एउटै सडकमा ग्राभेलिङ गर्न बजेट

सोमबार, ३१ साउन २०७३

आर्थिक वर्ष ०७१/७२ मा नेपालगन्ज–१, धम्बोजी विशालचोक हुँदै बेलहरी गुरुवागाउँ जोड्नेसडकमा जिल्ला विकास समितिमार्फत १८ लाख ६६ हजारमा दुई किलोमिटर ग्राभेलिङ सम्पन्न भयो। ओम निर्माण सेवामार्फत ग्राभेलिङगरिएको थियो।

माथिल्लो तामाकोसीले गति लिन सकेन

माथिल्लो तामाकोसीले गति लिन सकेन

आइतबार, ३० साउन २०७३

स्वदेशी लगानीबाट द्रुत गतिमा दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक वर्षको अवधिमा भूकम्प र भारतीय नाकाबन्दीपछि वर्षातको मारमा फसेको छ।

एफपिओको मूल्य निर्धारण गर्ने सूत्र

आइतबार, ३० साउन २०७३

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीले जारी गर्ने थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) को मूल्य निर्धारणको आधार तयार पारेको छ। बोर्ड सञ्चालक समिति बैठकले विभिन्न चारवटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औसतलाई एफपिओको मूल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको शुक्रबार प्रेषित विज्ञप्तिमा जनाएको छ।

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ: गभर्नर नेपाल

शनिबार, २९ साउन २०७३

पाल्पा– नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताए।

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

शनिबार, २९ साउन २०७३

बारा– वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए।

पेट्रोलियम पाइपलाइनकाे विस्तृत सर्वेक्षण सुरु

शनिबार, २९ साउन २०७३

वीरगन्ज– नेपाल र भारत दुई देशका विशेषज्ञसहतिको उच्चअधिकारीहरुको टोलीले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा गर्न विस्तृत इन्जिनियरिङ सर्वे सुरु गरेको छ। परियोजनाको द्रूत कार्यन्यवनमा तत्परता देखाउँदै भारतीय पक्ष आफ्नो टोली खटाएको हो।

धान उत्पादन बढ्ने अपेक्षा

धान उत्पादन बढ्ने अपेक्षा

शनिबार, २९ साउन २०७३

रोपाइँका लागि अनुकूल वर्षा भएपछि यो वर्ष किसानले समयमै धान रोप्न पाएका छन्। बेलैमा रोपाइँ भएकाले यो वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको छ। असार पहिलो सातादेखि निरन्तर वर्षा भएकाले अहिलेसम्म करिब ९४ प्रतिशत धान रोपाइँ भइसकेको कृषि विकास मन्त्रालयले जनाएको छ।

हल्लैहल्लामा 'आकाश–पाताल'

हल्लैहल्लामा 'आकाश–पाताल'

शनिबार, २९ साउन २०७३

नेपाली सेयरबजारका लगानीकर्ता कति बेला खुसीले उफ्रन्छन्, कतिबेला तनाबले थचारिन्छन्, पत्तै हुँदैन। कारण हो– सेयरबजारको प्रवृत्ति। सेयर विश्लेषक भन्छन्– यहाँको सेयरबजार प्रवृत्ति अन्य मुलुकको भन्दा ठिक उल्टो छ, कतिखेर घट्छ, कतिखेर बढ्छ आँकलनै गर्न सकिन्न।

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

उदयपुरमा रोपाइँ सकियो, धान उत्पादन बढ्ने अपेक्षा

शुक्रबार, २८ साउन २०७३

उदयपुर– यस वर्ष उदयपुरको धान रोपाइँ समयमै सकिएको छ। मनसुन बेलैमा भएका कारण कृषकलाई रोपाइँ गर्न यो वर्ष लामो समय कर्नुु परेन। जिल्ला कृषि विकास कार्यालय उदयपुरले गतविगत वर्षहरुको तुलनामा यो साल खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।