माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

शुक्रबार, ०६ असोज २०७४

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।

‘वान बेल्ट वान रोड’ माथि छलफल

शुक्रबार, ०६ असोज २०७४

दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ (एक क्षेत्र एक मार्ग) प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ।

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

शुक्रबार, ०६ असोज २०७४

ब्रह्मायणी नदी भूमिगत सुरुङमार्फत इन्द्रावतीमा खसालेर त्यहाँ बहुउद्देश्यीय जलाशययूक्त जलविद्युत आयोजना निर्माण गर्न जलविद्युत व्यवसायी अग्रसर भएका छन्।

मासु खानयोग्य खसीमा हरियो रङ

शुक्रबार, ०६ असोज २०७४

दसैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् । बिरामी, रोग लागेको पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ ।

सुरु भयो दसैं, व्यापारिक क्षेत्रमा भीडभाड

सुरु भयो दसैं, व्यापारिक क्षेत्रमा भीडभाड

शुक्रबार, ०६ असोज २०७४

न्युरोड क्षेत्रमा बिहीबार सर्वसाधरणको भीडका कारण सवारी आवागमनमा निकै समस्या भयो । दसैंको पहिलो दिन भएकाले बजारमा सर्वसाधरणका भीड बढेको हो ।

गौतम हटाउन चौबीस घन्टे स्पष्टीकरणको अन्तिम तयारी

गौतम हटाउन चौबीस घन्टे स्पष्टीकरणको अन्तिम तयारी

शुक्रबार, ०६ असोज २०७४

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर चौबीस घन्टे स्पष्टीकरण सोध्ने अन्तिम तयारी गरेका छन् ।

फोटोमार्फत ‘गोक्यो री लेक’को प्रवर्द्धन

फोटोमार्फत ‘गोक्यो री लेक’को प्रवर्द्धन

बिहिबार, ०५ असोज २०७४

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ‘गोक्यो री लेक’ (५३६० मिटर) का ३३ वटा फोटो शुक्रबारदेखि प्रदर्शनी गर्ने भएको छ । साहसिक युवा पर्यटनकर्मी तथा फोटोग्राफर दावा लामाले गोक्यो क्षेत्रको पर्वतारोहण ट्रेकिङ रुटको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डमा तस्बिर प्रदर्शनी गर्न लागेका हुन्।

कुचोको मूल्यमा दोब्बरले कमी

बिहिबार, ०५ असोज २०७४

मूल्य बढ्ला र बेचौँला भनेर उत्पादन गरेर राखेको कुचोको भाउ नबढेपछि किसान चिन्तित बनेका छन्।  मूल्यमा कमी आएपछि अहिले उनीहरु आफैँले कुचो प्रशोधन गरेर बेच्न थालेका छन्। सामान्यतया बढार्न (फोहर सफा गर्न) प्रयोग गरिने कुचो किसानले आफैँ घरमा बाटेर बिक्रीका लागि लैजान थालेका छन्।

फास्ट ट्र्याकमा  ९९ वटा पुल, १.३५ किलोमिटर सुरुङ

फास्ट ट्र्याकमा ९९ वटा पुल, १.३५ किलोमिटर सुरुङ

बिहिबार, ०५ असोज २०७४

नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ ।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

बिहिबार, ०५ असोज २०७४

नेपालको पूर्वी क्षेत्रअन्तर्गत प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सुबिसु केबल नेट छनोट भएको छ । उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका थिए ।

फेरिएला जलेश्वरको मुहार ?

बिहिबार, ०५ असोज २०७४

मुलुककै पुरानो नगरमध्ये एकको जलेश्वर नगरपालिमा । सात ग्रामीण बस्तीलाई गाभेर २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा भए पनि त्यसले अहिलेसम्म सहरको स्वरुप धारणा गर्न सकेको छैन । यहीँबाट राजनीति गरेर थुप्रै नेता नीति–निर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् ।

खड्काले अदालत गुहारे

खड्काले अदालत गुहारे

बिहिबार, ०५ असोज २०७४

अनियमितताको आरोपमा नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त गोपालबहादुर खड्का पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

अभनिस डिष्टिलरीको एम्पेरर स्कच माल्टस् नेपालमा

बुधबार, ०४ असोज २०७४

अभनिस डिष्टिलरीले स्कटल्याण्डको एम्पेरर स्कच माल्टस नेपाली बजारमा ल्याएको छ । अभनिसले पहिलो पटक एक प्रिमियम स्कच माल्टस् नेपालमा ल्याएको हो।

‘इमान्दार व्यापारी, जिम्मेवार सरकार’

‘इमान्दार व्यापारी, जिम्मेवार सरकार’

बुधबार, ०४ असोज २०७४

व्यवसायी र सरकारी पक्षको मिलेमतोमा उपभोक्तामाथि हुने ठगीको समस्या समाधान गर्न व्यापारी इमान्दार र सरकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

हुरी र वर्षाले पौने दुई करोडकाे  केराखेती नष्ट

हुरी र वर्षाले पौने दुई करोडकाे केराखेती नष्ट

बुधबार, ०४ असोज २०७४

केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित

बुधबार, ०४ असोज २०७४

१६ वर्षअघि कोटवाडा विमानस्थलमा ३६ जना कामदारको एउटै चिहान भएको थियो । ३६ जना एकै चिहान बनेको दिन कोटवाडाबासीका लागि नमेटिने दुःखको घाउ बनेको छ । २०५८ फागुन १५ गतेको पीडादायी घटना स्थानीयले स्मरण गरिरहेका छन् । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले अछामको मंगलसैनमा आक्रमण गरेपछि कोटवाडा विमानस्थलमा नेपाली सेनाले माओवादी भन्दै कामदारलाई गोली हानेको थियो।

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

बुधबार, ०४ असोज २०७४

लामो प्रतीक्षापछि आइपुगेको अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) ले आउँदो नोभेम्बरदेखि सुरुङ खन्न थाल्ने छ । चीन र अमेरिकामा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनाको कार्यस्थलमा ल्याएर जडान गर्न थालिएको छ।

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

बुधबार, ०४ असोज २०७४

काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन्।

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

मङ्गलबार, ०३ असोज २०७४

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

मङ्गलबार, ०३ असोज २०७४

सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।