उपत्यकाबाहिर वधशाला सञ्चालन तयारीप्रति व्यवसायीकाे विरोध

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– काठमाडौँमा रहेका उपभोक्तालाई स्वस्थ मासु वितरण गर्ने उद्देश्यले सरकारले उपत्यका बाहिर ठूला वधशाला सञ्चालन गर्न लागेको निर्णयप्रति मासु व्यवसायीले विरोध जनाएका छन् ।

दसैँसम्म सबैलाई पहिलो किस्ता उपलब्ध गराउँछौँ– ज्ञवाली

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी दशैंसम्ममा सबै घरधनीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो चरणको किस्ताबापतको रकम उपलब्ध गराउने भएको छ। पुनःनिर्माणको कामले अब एउटा दिशा समातेर तीव्रताको चरणमा प्रवेश गरिसकेको दाबी गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दसैंको सेरोफेरोसम्ममा अनुदान प्राप्त गर्ने सबैको खातामा पहिलो किस्ताको पैसा पु¥याउने अठोट व्यक्त गरे।

भन्सार र अध्यागमन खुलाउन पहल

भन्सार र अध्यागमन खुलाउन पहल

मङ्गलबार, ०४ साउन २०७३

पूर्वी भारतीय सीमा पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि दुवै देशका अधिकारीबीच बैठक भएको छ। केही दिनअघि भारतको दार्जिलिङस्थित सुकियापोखरीमा सम्पन्न बैठकले अध्यागमन र भन्सार कार्यालयको सेवालगायतबारे विभिन्न ३ बुँदे सहमतिसमेत गरेको छ।

अत्यावश्यक सामानको स्टकै थोरै

मङ्गलबार, ०४ साउन २०७३

प्राकृतिक विपत्ति, दैवी प्रकोप, सडक अवरोध भएको बेलाको लागि दैनिक उपभोग्य वस्तु, इन्धन औषधि पर्याप्त स्टक राख्नुपर्ने भए पनि यस्ता वस्तुको स्टक थोरै रहेको छ। न्यूनतम तीन महिनालाई पुग्ने सामान राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि बजार ऐन नहँुदा त्यसो नभएको सरोकारवाला निकाय बताउँछन्।

ढलान गरिएको सडकमाथि कालोपत्रे

ढलान गरिएको सडकमाथि कालोपत्रे

मङ्गलबार, ०४ साउन २०७३

सकिन लागेको आर्थिक वर्षको अन्तिम ३ महिनामा वीरगन्ज उपमहानगरपालिका कार्यालयलाई नगर क्षेत्रभित्र भौतिक विकास निर्माणमा १२ करोड रुपैयाँ सक्ने चटारो थियो। ठेक्कामार्फत प्रतिस्पर्धा गराउनेभन्दा विकास निर्माणका काममा 'कोटेसन'बाट ठेकेदार चयन गर्न कार्यालयले प्राथमिकता देखाएको छ।

कर्जा कडाइबीच सेयर बजार उत्साहित

मङ्गलबार, ०४ साउन २०७३

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।

चरा ठोक्किएको जहाज मर्मतपछि उड्यो

मङ्गलबार, ०४ साउन २०७३

चरा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' नेपाल वायुुुसेवा निगमको एउटा ठूलो नयाँ जहाजले मर्मतपछि पुनः उडान सुरु गरेको छ।

हुन्डाई युरो कप भविष्यवाणी प्रतियोगिताको विजेता पुरस्कृत

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं—नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिद्वारा युरो कप २०१६ को अवसरमा आयोजित युरो कप भविष्यवाणीका विजेताहरुलाई श्रावण ३ गते थापाथली स्थित शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेको छ।

विधेयक पास नहुँदा बजेट अन्योलमा

मङ्गलबार, ०४ साउन २०७३

नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन रहेको देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली सत्ता लम्ब्याउने रणनीतिमा जुटेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटका बाँकी विधेयक संसदबाट पास हुन नदिने अडान लिएका छन्।

एक आर्थिक वर्षभर कर्मचारी सरुवा नहुने

सोमबार, ०३ साउन २०७३

काठमाडौँ– सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन आर्थिक वर्षको सुरुमै कर्मचारीसँग कार्यसम्पादन करार गरी आवभर ती कर्मचारीको सरुवा नगर्ने भएको छ ।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

सोमबार, ०३ साउन २०७३

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

नेप्से ४० अङ्कले बढ्याे,  झण्डै २ अर्बकाे काराेबार

नेप्से ४० अङ्कले बढ्याे, झण्डै २ अर्बकाे काराेबार

सोमबार, ०३ साउन २०७३

काठमाडौं– धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई १ हजार ७८६ बिन्दुमा पुगेको छ। कुल १३७ कम्पनीको रु. १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

'विपन्न वर्गमा सिधै २ प्रतिशत लगानी असम्भव'

'विपन्न वर्गमा सिधै २ प्रतिशत लगानी असम्भव'

सोमबार, ०३ साउन २०७३

विपन्न वर्गमा बैंकहरुले २ प्रतिशत आफैं सक्रिय भएर लगानी गर्नुपर्ने व्यवस्थाको बैंकरहरुले विरोध गरेका छन्। नेपाल राष्ट्र बैंकले गत बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को मौ›िक नीतिमार्फत कुल लगानीको ५ प्रतिशतमध्ये २ प्रतिशत आफैंले विपन्न वर्गमा गएर लगानी गर्नुपर्ने व्यवस्थाको उनीहरुले खुलेर विरोध गरे।

'विद्युत महसुल वृद्धि फिर्ता गर'

सोमबार, ०३ साउन २०७३

विद्युत महसुल निर्धारण आयोगले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल दरमा गरेको 'भारी वृद्धि'बाट उद्योग–व्यवसाय क्षेत्र थप मारमा पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।

पेट्रोलियम कारोबारमा निजी क्षेत्र

सोमबार, ०३ साउन २०७३

पेट्रोलियम बजारलाई प्रतिस्पर्धी बनाउन सरकारले हवाई इन्धन बाहेकका पेट्रोलियम पदार्थ आयात तथा बिक्री वितरणमा नौ निजी कम्पनीलाई अनुमति दिएको छ। भारतीय नाकाबन्दीका बेला मालिकालाई अनुमति दिएको सरकारले पछिल्लोपटक थप आठसहित नौ कम्पनीलाई पेट्रोलियम कारोबार गर्न बाटो खुला गरेको हो।

सुदूरमा साढे चार अर्ब फ्रिज

सोमबार, ०३ साउन २०७३

आर्थिक वर्ष २०७२/०७३ मा सुदूरपश्चिमको लागि आएको बजेटमध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ। सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकममध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन्। यो कुल बजेटको ११.८० प्रतिशत हो।

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

सोमबार, ०३ साउन २०७३

यहाँका पर्यटन व्यवसायीले विदेशीपर्यटक आगमनको दृष्टिलेसेप्टेम्बर–नोभेम्बरलाई पहिलो र मार्च–मेलाई दोस्रो सिजन मान्छन्। वर्षका ६ महिना सिजन र बाँकीसमयलाई व्यवसायीले अफ–सिजन मान्दै आएका थिए।

'स्वास्थ्य बिमा सामाजिक न्यायमा आधारित'

सोमबार, ०३ साउन २०७३

स्वास्थ्य बिमा कार्यक्रम सामाजिक न्याय र समानताका लागि आएको भए पनि यसलाई समयसापेक्ष अनुरुप अगाडि बढाउपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

उदयपुर सिमेन्ट उद्योग पौने ४ अर्ब घाटामा

उदयपुर सिमेन्ट उद्योग पौने ४ अर्ब घाटामा

सोमबार, ०३ साउन २०७३

निजी क्षेत्रबाट सञ्चातिल सिमेन्ट उद्योगहरुले नाफा कमाइरहँदा सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एसियाकै ठूलो मानिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड अर्बौं नोक्सानीमा छ। गत वैशाख २१ गते ३०औं वार्षिकोत्सव मनाएको उद्योगले अहिलेसम्म झन्डै ४ अर्ब घाटा बेहोरको तथ्य बाहिर आएको छ।

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

हाेटलको एकै कोठामा बस्न श्रीमान्–श्रीमती भएको प्रमाण देखाउनु पर्ने

आइतबार, ०२ साउन २०७३

चितवन— हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउने तयारी थालेका छन्। चितवन होटल व्यवसायी संघले शनिबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने सहभागीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।