कुलेखानी तेस्रोको म्याद थप्न  सिफारिस

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

बिहिबार, ०३ फागुन २०७४

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

कालंगा हाइड्रोपावरको काम तीव्र

कालंगा हाइड्रोपावरको काम तीव्र

बिहिबार, ०३ फागुन २०७४

निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको छ । ७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरको काम तीव्र रुपममा सञ्चालन भइरहेको हो । काम सम्पन भएपछि कालंगबाबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

तीन हजार लगानीले ६० लाख पुर्यायो

तीन हजार लगानीले ६० लाख पुर्यायो

बिहिबार, ०३ फागुन २०७४

२०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।

बजेट अभावमा सडक सुस्त

बजेट अभावमा सडक सुस्त

बिहिबार, ०३ फागुन २०७४

बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।

हुलाकी सडकले फेरिँदैछ देहात

हुलाकी सडकले फेरिँदैछ देहात

बिहिबार, ०३ फागुन २०७४

विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’ । माटो भरेर सम्याउँदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अविकसित ग्रामीण क्षेत्र) बदलाव हुन थालेको छ ।

महिलाका लागि मेटलाइफकाे याेजना

महिलाका लागि मेटलाइफकाे याेजना

बिहिबार, ०३ फागुन २०७४

मेटलाइफ नेपालले महिलाका लागि नयाँ सुरक्षा योजना ल्याएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी उक्त योजना सार्वजनिक गरेको हो ।मेटलाइफले लाइफकेयर नामको नयाँ बिमालेख सुरु गरेको छ । यस बिमालेखाले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्दछ ।

महोत्तरीको एकडारामा प्रभु बैंक

महोत्तरीको एकडारामा प्रभु बैंक

बिहिबार, ०३ फागुन २०७४

प्रभु बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका, वडा नम्बर १ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

बिहिबार, ०३ फागुन २०७४

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

सानीभेरीमा ग्लोबल आइएमईकाे शाखारहित

बिहिबार, ०३ फागुन २०७४

ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९, सिम्लीमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकले बुधबार आफ्नो ७०औं शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

कोटिहवामा एनआइसी एसिया बैंक

बिहिबार, ०३ फागुन २०७४

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा एनआइसी एसिया बैंकको नयाँ शाखा सञ्चालमा आएको छ ।

सुजुकी सेलेरियोको धुम्मचक्कर

सुजुकी सेलेरियोको धुम्मचक्कर

बुधबार, ०२ फागुन २०७४

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई माघ महिनाभर निरन्तरता दिएको छ।

पूर्व सैनिकको घरभरी मौरीको घार (फोटो फिचर)

पूर्व सैनिकको घरभरी मौरीको घार (फोटो फिचर)

बुधबार, ०२ फागुन २०७४

तीन तले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार। सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो। घरको बरण्डामा टनक्क मिलाएर काठको बक्साभरी मौरीका घारहरु राखिएका छन्।

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

गोर्खा बियरकाे मिनिमल अनलाइन क्याम्पियनलाई म्याड ओभर मार्केटिङको प्रशंसा

बुधबार, ०२ फागुन २०७४

भारतको प्रमुख अनलाइन मार्केटिङ वेबसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई प्रशंसा गरेको छ।

राष्ट्रिय प्राथमिकताकै आयोजना सक्न वर्षौं

राष्ट्रिय प्राथमिकताकै आयोजना सक्न वर्षौं

बुधबार, ०२ फागुन २०७४

तीन वर्षमा सक्ने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजनाको निर्माण ११ वर्षमा पूरा भयो । ३० मेगावाट क्षमताको उक्त आयोजना निर्धारित समयमा सकेको भए एकातिर विद्युत्को चरम अभाव झेलिरहेका सर्वसाधारणलाई राहत हुन्थ्यो, अर्कोतिर सरकारको अर्बौं रकम सुरक्षित हुन्थ्यो । निर्माण कार्यमा ढिलाइ गरिँदा करिब साढे आठ अर्ब रुपैयाँमा सक्ने लक्ष्य लिएको आयोजना सक्न १५ अर्ब रुपैयाँ खर्चनु प¥यो।

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

एकै गाउँबाट २२ लाखको सुन्तला निर्यात

बुधबार, ०२ फागुन २०७४

कतिपय किसानका बगानमा लटरम्म सुन्तला फल्छन्, मूल्य पाउँदैन । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका किसानलाई भने सुन्तलाका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले बगानबाटै सुन्तला उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै ०७० सालयता घोर्लेमा उत्पादित सुन्तला टयाक्टरमार्फत उदयपुरको बेलटार, गाईघाट, लहान, इटहरी, धरान, बिराटनगर, झापासम्म पुग्ने गरेको छ । मंसिरमा बैनास्वरुप भुक्तानी दिने ठेकेदारले सुन्तला टिपिसकेपछि किसानलाई सबै रकम चुक्ता गर्ने गरेका छन् । चैतसम्म बोटैमा रहने सुन्तला सडक विस्तारका कारण पुसमै बजार पुग्न थालेको शिक्षक प्रेम राईले बताए।

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

बुधबार, ०२ फागुन २०७४

निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।

भारतीय अटोरिक्सा चलाउन दिन माग

बुधबार, ०२ फागुन २०७४

जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले बिनासूचना गत शुक्रबारदेखि डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालनमा रोक लगाएको आरोप लगाएका छन्।

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

बुधबार, ०२ फागुन २०७४

नेपाल दूरसञ्चार कम्पनीको आम्दानी साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा साढे पाँच प्रतिशतले घटेको हो।

तरलता संकटले जलविद्युत् आयोजना समस्यामा

बुधबार, ०२ फागुन २०७४

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

बुधबार, ०२ फागुन २०७४

यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।