इटालियन टेम्पो ‘पियाजो’ बजारमा

इटालियन टेम्पो ‘पियाजो’ बजारमा

बुधबार, ०२ फागुन २०७४

एमभी दुगड समूहले इटालियन टेम्पो ‘पियाजो’ फागुनबाट नेपाली बजारमा ल्याउने भएको छ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दुगड समूह बनेको छ।

केएल मोबाइल हबमा एउटा किन्दा अर्को सित्तै

केएल मोबाइल हबमा एउटा किन्दा अर्को सित्तै

बुधबार, ०२ फागुन २०७४

केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्देश्यले अफर ल्याइएको हबले जनाएको छ । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैं, तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेता चयन गोलाप्रथाबाट गरेको छ।

देवः विकासको सी –आस्बा

देवः विकासको सी –आस्बा

बुधबार, ०२ फागुन २०७४

देवः विकास बैंकले मंगलबारबाट सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम सिडिएस एन्ड क्लियरिङको सहकार्यमा बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।

सुर्खेतको सिम्टामा लक्ष्मी बैंक

सुर्खेतको सिम्टामा लक्ष्मी बैंक

बुधबार, ०२ फागुन २०७४

लक्ष्मी बैंकले सुर्खेतको सिम्टामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोस्रो हो।

एरियल ग्राहकले जिते वासिङ मेसिन

एरियल ग्राहकले जिते वासिङ मेसिन

बुधबार, ०२ फागुन २०७४

युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालि र सेल्सबेरी डिपार्टमेन्ट स्टोरको सहकार्यमा सञ्चालित एक केजी एरियल किन्नुस् एलजी वासिङ मेसिन जित्ने मौका पाउनुस् नामको अफर अन्तर्गतका विजेतालाई पुरस्कार वितरण गरिएको छ।

चार जहाज, एक क्याप्टेन

चार जहाज, एक क्याप्टेन

बुधबार, ०२ फागुन २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।

मुआब्जा विवादले आइसिपी संचालन नरोकिने

मुआब्जा विवादले आइसिपी संचालन नरोकिने

मङ्गलबार, ०१ फागुन २०७४

वीरगन्जको अलौंमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) अगाडी मुआब्जामा असन्तोष जनाउँदै धर्ना सुरु गरेका स्थानीयलाई यसको संचालनमा बाधक नबन्न स्थानीय प्रशासनले आग्रह गरेको छ। ९५ प्रतिशत बढी भौतिक निर्माणको काम सम्पन्न भएर संचालनको तयारी थालिएका बेला स्थानीयले मुआब्जाजाको माग राख्दै आइसिपीको मूल ढोकामा धर्ना थालेका छन्।

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

मङ्गलबार, ०१ फागुन २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् ।

४९ उद्यमीलाई अनुदान

मङ्गलबार, ०१ फागुन २०७४

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

विकास खर्च महिनाको तीन प्रतिशत

मङ्गलबार, ०१ फागुन २०७४

चालु आर्थिक वर्षको सात महिना (माघ २८ गते) सम्ममा सरकारले प्रतिमहिना तीन प्रतिशत हाराहारी पुँजीगत खर्च गरेको छ । यही समयमा सरकारले राजस्व तीन खर्ब ७९ अर्ब ५३ करोड रुपैयाँ असुली गरेको छ । यो लक्ष्यको ५२ प्रतिशत हो । चालु आवमा स्थानीय तहलाई पैसा दिएकाले खर्च हुने सरकारको अनुमान विपरीत पुँजीगत (विकास) खर्च तीन प्रतिशत हाराहारीमा सीमित छ।

मरिसस हुन सक्छ रोजगारीको गतिलो गन्तव्य

मरिसस हुन सक्छ रोजगारीको गतिलो गन्तव्य

मङ्गलबार, ०१ फागुन २०७४

कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारको लागि गतिलो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ।

बैंकहरुलाई २९ दिने राहत

मङ्गलबार, ०१ फागुन २०७४

सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको छ । पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर, निक्षेप वृद्धि नहुँदा बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलिरहेको बेला केन्द्रीय बैंकले ल्याएको नयाँ नीतिले उनीहरुलाई केही राहत पुग्ने देखिएको छ।

एकीकृत जाँच चौकी निर्माण अधुरै

एकीकृत जाँच चौकी निर्माण अधुरै

मङ्गलबार, ०१ फागुन २०७४

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माण लामो समयदेखि अधुरै रहेको छ । जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भारत सरकारले बनाइदिने राष्ट्रिय स्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको सरोकारवालाको गुनासो छ।

कृषि विकास बैंकको  २०% बोनस सेयर

कृषि विकास बैंकको २०% बोनस सेयर

मङ्गलबार, ०१ फागुन २०७४

कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो।

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

मङ्गलबार, ०१ फागुन २०७४

नवलपरासीको शाश्वत धाममा ‘बुद्धिस्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

मङ्गलबार, ०१ फागुन २०७४

विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

फागुन पहिलो साता अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

मङ्गलबार, ०१ फागुन २०७४

कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आगामी फागुन पहिलो साता बृहत् अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनी आयोजना गर्न लागेको हो।

‘बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

‘बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

मङ्गलबार, ०१ फागुन २०७४

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भौतिक सम्बन्ध विस्तार मात्र नभएको बताएका छन्।

सामसङ मोबाइल एक्सचेन्ज मेला

सामसङ मोबाइल एक्सचेन्ज मेला

मङ्गलबार, ०१ फागुन २०७४

तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।

रारा प्रवद्र्धन गर्न युथ क्याम्प

रारा प्रवद्र्धन गर्न युथ क्याम्प

मङ्गलबार, ०१ फागुन २०७४

प्रदेश नम्बर ६ को मुगुस्थित रारा तालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न ‘युथ इन्टरनेसनल क्याम्प २०१८’ हुने भएको छ । देशको नयाँ संरचना अनुसार सातै प्रदेशका युवा सहभागी रहने युथ क्याम्पले रारालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने बताइएको छ।