चिया उत्पादन बढ्यो

चिया उत्पादन बढ्यो

मङ्गलबार, २१ कार्तिक २०७४

अनुकूल मौसम र क्षेत्र विस्तारले यो वर्ष चिया उत्पादन बढेको छ । चियाको लागि उपयुक्त हावापानी, रोगकिराको प्रकोप न्यून हुँदा गत वर्षको तुलनामा करिब तीन हजार मेट्रिक टन धेरै चिया फलेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

सोमबार, २० कार्तिक २०७४

नेपाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो।

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

सोमबार, २० कार्तिक २०७४

न्युजिल्यान्डको सरकारी वायुसेवा कम्पनी ‘एयर न्युजिल्यान्ड’ संसारकै उत्कृष्ट वायुसेवा कम्पनीमा दरिएको छ।  वायुसेवा कम्पनी, तिनका सुरक्षा र सेवा, विमानस्थल, जहाजलगायत विषयमा अध्ययन गर्ने प्रख्यात अस्ट्रेलियाली वेबसाइट  ‘एयरलाइनरेटिङ्स डटकम’ ले आगामी सन् २०१८ का लागि तयार पारेको सूचीमा एयर न्युजिल्यान्ड पहिलो स्थानमा परेको हो।

चितवनमा विपन्नलाई कडा रोगको उपचार सुरु

सोमबार, २० कार्तिक २०७४

चितवनको पुरानो मेडिकल कलेजमाअब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनिउपचार पाइने भएको छ। कडा रोगमध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनलइन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्सको उपचार तथा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालकाप्रमुख सञ्चालनअधिकृत डा सुप्रभातश्रेष्ठले बताएका छन्। यो सुविधापाउन सेवाग्राहीले स्थायीबसोबास भएको स्थानीय निकायबाट विपन्नताको सिफारिस लिइअन्यआवश्यककागजात सहितजिल्लाजनस्वास्थ्यकार्यालयमागई जिल्लास्तरीय सिफारिस पत्रल्याउनुपर्ने अस्पतालले जनाएको छ।

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

भारतको साढे ४ करोड सहयोगमा पक्की पुल

सोमबार, २० कार्तिक २०७४

करिब साढे चार करोड रुपैयाँबराबरको भारतीय आर्थिक सहयोगमा मुस्ताङ जोमसोमस्थित कालिगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल तयार भएको छ।  नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले आइतबार उक्त पुलको उद्घाटान गरे । यो पुल निर्माण गर्न भारतले ४ करोड ४५ लाख रुपैयाँ वित्तीय सहायता प्रदान गरेको थियो । भारत–नेपाल आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत साना विकास कार्यक्रम मातहत उक्त पुल निर्माण गर्न भारतले वित्तीय सहयोग गरेको थियो।

३० महिनापछि बल्ल सर्वेक्षण गर्ने तयारी

सोमबार, २० कार्तिक २०७४

सरकारले भूकम्प गएको ३० महिनापछि बल्ल भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा बिहारको सर्वेक्षण गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू)ले भूकम्प प्रभावित ३१ जिल्लाका गुम्बा÷बिहारको क्षति मूल्यांकन सर्वेक्षण गर्ने तयारी गरेको हो।

‘सन्तुलित रुपमा रासायनिक मल प्रयोग गर’

सोमबार, २० कार्तिक २०७४

कृषि विज्ञहरुले सन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्न सुझाव दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अगुवा किसान र विक्रेतालाई रासायनिक मल प्रयोगको मात्रा र विधिबारे अभिमुखीकरण गर्न आइतबार आयोजना गरिएको कार्यक्रममा यस्तो सुझाव दिएका हुन्।

प्रमुख दलहरूको प्राथमिकतामा वैदेशिक रोजगारी

सोमबार, २० कार्तिक २०७४

मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्ष्य गर्दै प्रमुख राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा वैदेशिक रोजगारी प्राथमिकतामा परेको छ।  विगतका निर्वाचनमा वैदेशिक रोजगारीबारे प्रस्ट धारणा नराख्ने दलहरूले यसपटक भने चुनावी घोषणापत्रमै त्यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित गराउन आवश्यक ठानेका छन्।

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

सोमबार, २० कार्तिक २०७४

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।

‘हामी दोहोरो चेपुवा छौं’

सोमबार, २० कार्तिक २०७४

लघुवित्त सञ्चालन गरेका अधिकारीहरुले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) को दोहोरो चेपुवामा परेको गुनासो गरेका छन्।  राष्ट्र बैंकले बेस रेट तय गरेका कारण लघुवित्तहरुले वाणिज्य बैंकबाट ९–१० प्रतिशतभन्दा कम ब्याज दरमा ऋण पाइरहेका छैनन् । त्यसरी लिएको ऋणलाई उनीहरुले १८ प्रतिशत ब्याज लिएर लगानी गरेका छन् । विगतमा करिब पाँच प्रतिशतमा ऋण लिएर लघुवित्त संस्थाहरुले २०–२२ प्रतिशतमा लगानी गर्दै आएका थिए।

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

सोमबार, २० कार्तिक २०७४

सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ। पाँच दिनसम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए।

बट्टारमा एसबिआई बैंकको शाखा

आइतबार, १९ कार्तिक २०७४

नेपाल एसबिआई बैंक लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा १०० औँ एटिएम संचालनमा ल्याएको छ।

आइएमईले छक्का–पञ्जा अफरको १० लाख प्रदान गर्‍यो

आइएमईले छक्का–पञ्जा अफरको १० लाख प्रदान गर्‍यो

आइतबार, १९ कार्तिक २०७४

दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गतनगद रु. १० लाख राशीकोपहिलो बम्पर उपहार श्रीमती अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ। आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका थिए।

‘बर्खाअघि ६० प्रतिशत भूकम्पपीडित छानामुनि’

आइतबार, १९ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले आगामी बर्खा सुरु हुनुअघि कम्तीमा ६० प्रतिशत भूकम्पपीडितलाई छानामुनि ल्याउने गरी काम गर्न सरोकारवाला निकायका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

केन्द्रीकृत संरचनाले वैदेशिक रोजगारी अप्ठेरो

आइतबार, १९ कार्तिक २०७४

वैदेशिक रोजगारीका लागि मलेसिया जान खोजेका तेह्रथुम, म्याङलुङका प्रकाश लिम्बु एक महिनायता तीनपटक काठमाडौं आए । असोज पहिलो साता मेनपावर कम्पनीलाई राहदानी बुझाउन काठमाडौं आएका ३० वर्षीय लिम्बु त्यसपछि स्वास्थ्य परीक्षण गर्न र तेस्रोपटक अभिमुखीकरण तालिममा सामेल हुन राजधानी आए।

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

गोलभेंडाको घातक किरा ‘टुटा एब्सोलुटा’ फैलँदो

आइतबार, १९ कार्तिक २०७४

२०७३ जेठ ३ गतेलाई काठमाडौंसहित आसपासका पाँच जिल्लाका गोलभेंडा किसानले पीडादायी दिनका रुपमा लिन्छन् । नेपालको गोलभेंडामा घातक किरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने किरा) प्रमाणित भएको यही दिन थियो ।

दूरसञ्चारमा साझा पूर्वाधार बनाउने रणनीति

आइतबार, १९ कार्तिक २०७४

सरकारले मुलुकमा सञ्चालन हुने दूरसञ्चार कम्पनीहरूले सह प्रयोग गर्ने गरी पूर्वाधार निर्माण गर्न दुईवटा कम्पनी स्थापना गर्न आवेदन खुला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुले आ–आफ्नै पूर्वाधार बनाउँदा बढी खर्चिलो हुने भन्दै एउदै पूर्वाधार बनाउन पूर्वाधार सेवा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

मतदातालाई फेरि झुक्काउँदै ठूला दल

मतदातालाई फेरि झुक्काउँदै ठूला दल

आइतबार, १९ कार्तिक २०७४

आगामी निर्वाचनमा सर्वसाधारणको मत तान्न प्रमुख राजनीतिक दलहरुले पूरा हुनै नसक्ने खालका आर्थिक अजेन्डा सार्वजनिक गरेर फेरि एकपटक मतदातालाई झुक्याएका छन्।

महिन्द्राका गाडीका लागि उपत्यकामा मोबाइल सर्भिस सेवा सुरु

महिन्द्राका गाडीका लागि उपत्यकामा मोबाइल सर्भिस सेवा सुरु

आइतबार, १९ कार्तिक २०७४

अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको सेवा प्रारम्भ गरेको छ। यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमै पुगी मर्मत गर्नेछन्।

एयरबस भित्र खुल्यो एभिएसन म्युजियम (भिडियो)

एयरबस भित्र खुल्यो एभिएसन म्युजियम (भिडियो)

शनिबार, १८ कार्तिक २०७४

काठमाडौंमा एभिएसन म्युजियम खुलेको छ। उड्यान क्षेत्रको जानकारी दिने उदेश्यका साथ सिनामंगलमा म्युजियम खुलेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।