फरार दुई अभियुक्त पक्राउ

फरार दुई अभियुक्त पक्राउ

शुक्रबार, ०६ साउन २०७४

बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पासाङ ल्हामु राजमार्ग बन्द

शुक्रबार, ०६ साउन २०७४

गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ ।

योग्यताक्रम विपरीत पिजी  भर्नाको मान्यता नहुने  अदालतको आदेश

शुक्रबार, ०६ साउन २०७४

निर्धारित प्रक्रियाविपरीत पिजीमा भएको विद्यार्थी भर्नाले मान्यता नपाउने अदालतको आदेशपछि योग्यता सूचीमा अगाडि रहेका विद्यार्थीले तोकिएको शुल्कमा भर्ना नपाए आइओएमले दुवै कलेजको सम्बन्धन खारेजीको प्रक्रिया थाल्नेछ।

डाक्टरको लापरबाहीले बालकको मृत्यु

डाक्टरको लापरबाहीले बालकको मृत्यु

शुक्रबार, ०६ साउन २०७४

निमोनियाले ग्रस्त १३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार दिनभर जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावमय रह्यो। उपचार गराउन ल्याइएका बालकको डाक्टरको लाहपर्वाहीले मृत्यु भएको र प्रहरीले उल्टै मृतककै बाबुलाई पक्राउ गरी थुनेको भन्दै मृतक पक्षले दिनभर प्रदर्शन गरेको छ।

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

शुक्रबार, ०६ साउन २०७४

दाङमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा लु३२प  ९४८ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

राजधानीका सडकमा खाल्डा उस्तै

राजधानीका सडकमा खाल्डा उस्तै

शुक्रबार, ०६ साउन २०७४

यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ। सडक हिँडिसक्नु छैनन्, खाल्डैखाल्डा मात्र छन्। वर्षासँगै खाल्डामा भरिएको पानीले पोखरी बनेका छन् सडक।

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

बिहिबार, ०५ साउन २०७४

असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ।

माईती गएकी महिला मृत फेला

बिहिबार, ०५ साउन २०७४

खोटाङमा माईती गएकी महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिक वेपत्ता भएको दोश्रो दिन विहिबार मृत फेला परेकी हुन्।

मलेसियामा १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

बिहिबार, ०५ साउन २०७४

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलाउन गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १० हजार रिंगेट घुस दिने प्रयास गरेका थिए।

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

बिहिबार, ०५ साउन २०७४

प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

त्रिशुली नदीमा महिलाको शव फेला

बिहिबार, ०५ साउन २०७४

नुवाकोटको विदुर नगरपालिका ३ खड्गभञ्याङ स्थित त्रिशुली नदी किनारमा एक महिलाको शव  फेला परेको छ ।

मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

बिहिबार, ०५ साउन २०७४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

बिहिबार, ०५ साउन २०७४

एघार दिनदेखि बेपत्ता तिलबीर गाहाको शव तिनाउ खोलामा फेला परेको छ । जिल्ला वन कार्यालयका सवारी चालक गाहा असार २५ गते तिनाउ खोलाको बाढीमा बेपत्ता भएका थिए ।

पाँच महिना बित्दा समेत किशोरी हत्या रहस्यमै

बिहिबार, ०५ साउन २०७४

पाँच महिना बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । लामो समयसम्म दोषी पत्ता नलाग्दा किशोरी हत्या रहस्यमय बनेको छ ।

सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

बिहिबार, ०५ साउन २०७४

गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु

बिहिबार, ०५ साउन २०७४

जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बिहीबार एक बालकको मृत्यु भएको छ।

भक्तपुरमा तीन लुटेरा पक्राउ

बिहिबार, ०५ साउन २०७४

भक्तपुर प्रहरीले तीन जना लुटेराहरुलाई पक्राउ गरेको छ ।

धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

बिहिबार, ०५ साउन २०७४

धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

महानगरबाट सडक स्तरोन्नतिका लागि काम शुरु

बिहिबार, ०५ साउन २०७४

विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ।

जिप दुर्घटनामा चालकको मृत्यु

बिहिबार, ०५ साउन २०७४

अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।