तटबन्धमा जुटे सकरपुरावासी

तटबन्धमा जुटे सकरपुरावासी

आइतबार, ०४ भदौ २०७४

विपद्का बेला सरकारको मुख ताक्नुभन्दा पनि आफू जोगिन आफंै अघि सर्नुुपर्छ, सकरपुरावासीले थालेको कामाट अरुले पनि सिक्नुपर्छ।

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

शनिबार, ०३ भदौ २०७४

भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

चक्रपथ सफाई अभियान सुरु

चक्रपथ सफाई अभियान सुरु

शनिबार, ०३ भदौ २०७४

बागमती नदी सफाई अभियान जस्तै शनिबारदेखि काठमाडौंको चक्रपथ सफाई अभियान पनि सुरु गरिएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु गरिएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु गरिएको हो ।

कुहिएको अवस्थामा महिलाको शव फेला

शनिबार, ०३ भदौ २०७४

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा शनिबार कुहिएको अवस्थामा एक महिलाको शव फेला परेकोे छ।

‘बाढीले कोख रित्याइदियो, यस्तो अरु कसैलाई नहोस्’

‘बाढीले कोख रित्याइदियो, यस्तो अरु कसैलाई नहोस्’

शनिबार, ०३ भदौ २०७४

बाढीले भत्काएका घर पुनःनिर्माणमा छिमेकीहरु जुटिसकेका छन् ।  कमिलाल थारु भने अहिले पनि शोकमै छिन् । बाढीले कोखै रित्याइदिएपछि ३२ वर्षीया उनकी श्रीमती फुलकुमारी आफन्त कहाँ विछिप्त अवस्थामा छिन्, भने कमिलाल भत्केको घरको वरिपरी टोलाएर समय बिताउँछन् । ‘श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु, म चाँहि यताउता गरिरहन्छु,’ ३६ वर्षीय कमिलालले नागरिकसँग भने ‘छिमेकीले घरभित्र पुरिएका सामान निकाल्न थालिसके, मैले त आँट्न सकेको छैन्, घरतिर आउँदा मन रुन्छ ।’

बाग्लुङमा सम्बन्ध विच्छेद गर्नेहरु बढे

शनिबार, ०३ भदौ २०७४

पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ। पछिल्लो चार वर्ष यता हरेक वर्ष सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता गर्नेको संख्या बढेको हो।

झापामा क्लोरिन चक्की अभाव

शनिबार, ०३ भदौ २०७४

झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ।

आगलागीबाट २० लाखको क्षति

शनिबार, ०३ भदौ २०७४

महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा शनिबार बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ।

बागमतीमा महाजल यात्रा महोत्सव (फोटो / भिडियाे)

बागमतीमा महाजल यात्रा महोत्सव (फोटो / भिडियाे)

शनिबार, ०३ भदौ २०७४

बागमती नदीको सफाइसँगै महाजल यात्रा महोत्सवको आयोजना गरिएको छ । बागमती सफाइको दुई सय २३ औँ हप्ता पुगेसँगै शनिबार बागमती महाजल यात्रा महोत्सवको आयोजना गरिएको हो।

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

बाढी पीडित भन्छन्- 'बास देऊ सरकार'

शनिबार, ०३ भदौ २०७४

रौतहटको दूर्गा भगवती गाउँपालिका ४ मा रहेको एउटा दलित बस्ती नै बाढीले बगाएको छ। करिब पाँच सय घरपरिवार रहेको बडहर्वा गाउँमा करिब चार सय घरपरिवारलाई घरविहीन बनाइदिएको छ।

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

बाढी पीडितहरु घर फर्किए, खुसी कहिले फर्किने ?

शनिबार, ०३ भदौ २०७४

ठूलो बाढीपछि मौसममा आएको सुधारले खोलामा पानीको सतह लगातार घट्दै गएको छ। सर्वसाधारणका डुबानमा परेका घरआँगन ओभाउँदै गएका छन्। त्यसैले विस्थापितहरु धमाधम घर फर्किरहेका छन्। तर, भीषण बाढीका बीच ज्यान जोगाएर थातथलोमा फर्किन पाउँदा पनि पीडितको खुसी भने फर्किन पाएको छैन।

बाढी पीडितलाई राहत वितरण

बाढी पीडितलाई राहत वितरण

शनिबार, ०३ भदौ २०७४

बबई बाढीवाट विस्तापित परिवारलाई हेफर इन्टरनेशनले राहत स्वरुप खाद्यान्न वितरण सुरु गरेको छ। दैविक प्रकोप उद्धार समितिको समन्वयमा हेफर इन्टरनेशनल बाढीबाट विस्थापित परिवार आश्रय स्थलमा खाद्य समाग्री राहत वितरण गरेको हो।

विदेशी एनजिओमाथि करोडौं घोटालाको आरोप

विदेशी एनजिओमाथि करोडौं घोटालाको आरोप

शनिबार, ०३ भदौ २०७४

ज्योतिको घर नेपालले सामाजिक कार्यको नाममा गैरकानुनीरुपमा करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ। ज्योतिको घर-नेपालले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरुलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीबेटीहरुको लागि घरसमेत सञ्चालन गरिरहेको दाबी गरेको छ।

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

शनिबार, ०३ भदौ २०७४

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

सडकमा करेन्ट

सडकमा करेन्ट

शनिबार, ०३ भदौ २०७४

काभे्र, तिमाल गाउँका ३० वर्षीय छोइकु तामाङले राजधानीकै सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भन्ने सोचेकै थिएनन्। तर, उनले अनपेक्षित दुर्घटना झेल्नुपर्‍यो। सडकमै करेन्ट (विद्युतीय स्पर्शाघात) लागेर उनी घाइते भए।

'यस्तो पीडा कसैले खेप्नु नपरोस्'

'यस्तो पीडा कसैले खेप्नु नपरोस्'

शनिबार, ०३ भदौ २०७४

बुहारी सुत्केरी भएको खुसीको खबर आउला भनेर प्रतीक्षा गरिरहेका बेला गाडी दुर्घटनामा परेको खबर आयो। परिवारमा नयाँ सदस्य थपिने उत्साहपूर्ण प्रतीक्षा गरिरहेका यादवको घरबार नै स्वाहा भयो।

बाढीपीडितलाई क्राउड फन्डिङबाट सहयोग संकलन : दुरुपयोग हुने चिन्ता

बाढीपीडितलाई क्राउड फन्डिङबाट सहयोग संकलन : दुरुपयोग हुने चिन्ता

शनिबार, ०३ भदौ २०७४

नेपालमा हालै आएको बाढीले तराईका अधिकांश क्षेत्र डुबानमा पारेको खबरसँगै विश्वभर छरिएर रहेका नेपालीले 'क्राउड फन्डिङ' बाट सहयोग जुटाउन सुरु गरेका छन्। विभिन्न बेवसाइटमा उपलब्ध हुने क्राउड फन्डिङ सुविधा प्रयोग गर्दै शुक्रबारसम्म एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। यो क्रम अझै बढिरहेको छ।

तंग्रिन नपाउँदै फेरि विस्थापित

तंग्रिन नपाउँदै फेरि विस्थापित

शनिबार, ०३ भदौ २०७४

तीन वर्षअघि तुलसीपुर बखरियाका शम्भु बादी बबई बाढीको चपेटामा परे। यहाँका सयौं नागरिकको उठीबास लगाएको बबई बाढीले शम्भुको बास पनि बढार्‍यो। ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो। त्यो बेला केही बचेन, बच्यो केबल ज्यान मात्रै।  बबईले नांगेझार बनाएपछि उनी बबई छेउमै त्रिपालको टहरो ठड्याएर गुजारा गरिरहेकै थिए।

स्वास्थ्यकर्मीलार्इ स्वास्थ्य संस्था नछाड्न निर्देशन

शुक्रबार, ०२ भदौ २०७४

जिल्ला स्वास्थ्य कार्यालय रुकुमले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएको छ । वर्षाद्को समयमा भाइरल रुघाखोकी सहित ज्वरो बढ्न सक्ने भन्दै कार्यालयले स्वास्थ्यकर्मीहरूलाई यस्तो निर्देशन दिएको हो।

२७ तोला सुनका लागि हत्या गर्ने पक्राउ

शुक्रबार, ०२ भदौ २०७४

गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।