चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी

सोमबार, २४ साउन २०७३

जुम्ला—जिल्लाको पातारासी–५ छिपछिपेमा चार्जमा राखेको मोबाइल पड्किएर घरमा आगलागी भएको छ। आगालागीबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। स्थानीय अम्मर बुढाको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

भक्तपुरमा किशोरीद्वारा आत्महत्या

सोमबार, २४ साउन २०७३

भक्तपुर—कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन्।

आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति

सोमबार, २४ साउन २०७३

कपिलवस्तुको महाराजगंज गाविस–२ स्थित टमसत गाउँमा सोमबार राति २ बजे तिर आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। स्थानीय माहोम्मद हबिव धोबीको गोठबाट आगो फैलिएको थियो।

रजिस्ट्रेसनविनै नर्सिङ पढाइ

सोमबार, २४ साउन २०७३

विद्यार्थी भर्ना भएको तीन वर्ष बितिसक्दा पनि  पूर्वाञ्चल विश्वविद्यालयले रजिस्ट्रेसन नगरेको भन्दै  बौद्धमा रहेको स्तुपा(नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स) कलेजका नर्सिङका विद्यार्थी आन्दोलनमा उत्रे।

ड्रोनले बढायो सुरक्षा चुनौती

ड्रोनले बढायो सुरक्षा चुनौती

सोमबार, २४ साउन २०७३

नेपाली आकाशमा मानवरहित स्वचालित विमान (ड्रोन) को अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ। प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थानमा ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्।

आफ्नै छातीमा गोली

सोमबार, २४ साउन २०७३

राजधानीको कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैंले गोली हानेका छन्। प्रहरीका अनुसार कालिमाटी, धामकमार्ग बस्ने ६३ वर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्।

अस्पतालमै लडेर सात महिनादेखि अचेत

सोमबार, २४ साउन २०७३

पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

परस्त्रीसंग अवैध यौनसम्पर्कमा लिप्त प्रहरीलाई स्थानीयले समाते

आइतबार, २३ साउन २०७३

कोहलपुर- परस्त्रीसंग अवैध यौनकार्यमा संग्लन भैईरहेको अवस्थामा नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले दुई प्रहरीलाई रंगेहात फेला पारेका छन्।

कालिमाटीमा एक जनाले आफ्नै छातीमा गोली हाने

आइतबार, २३ साउन २०७३

काठमाडौं— कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैँले गोली हानेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्।

कक्षा १२ को विज्ञान शंकायतर्फको परीक्षाफल प्रकाशित

आइतबार, २३ साउन २०७३

काठमाडौं- सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ।

औषधी पसलेको भरमा गर्भपतन गराउँदा महिलामा जटिल समस्या

आइतबार, २३ साउन २०७३

काठमाडौं-तपाई गर्भपतन गराउन पर्ने अवस्थामा हुनुहुन्छ ? सावधान ! सिधै औषधी पसलको भरमा गर्भपतन नगराउनुहोस्। तपाई जोखिममा पर्न सक्नु हुन्छ।

बस र ट्याक्टर जुध्दा १४ घाइते

आइतबार, २३ साउन २०७३

पूर्वपश्चिम राजमार्गको महादेवपुरीमा यात्रु बस र ट्याक्टर ठोक्किँदा १४ जना घाइते भएका छन्। काठमाडौंबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख २५९१ नम्बरकोे रात्री बस र वैजापुरबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ त ५८१६ नम्बरको ट्याक्टर महादेवपुरी–७ जंगलमा एकआपसमा ठोक्किएका हुन्।

टेबहालमा भएको आगलागी नियन्त्रित

आइतबार, २३ साउन २०७३

ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिए।

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन हुँदै

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन हुँदै

आइतबार, २३ साउन २०७३

दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलन नेपालमा हुने भएको छ। दक्षिण एसियामा सामुदायिक रेडियोले खेलेका भूमिका र सिकाई आदानप्रदान गर्ने उद्देश्यले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालले पहिलो पटक नेपालमा दक्षिण एसिया स्तरको सम्मेलन गर्न लागेको हो।

मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

आइतबार, २३ साउन २०७३

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।

कहिले बन्ला सुन्दर बौद्ध?

कहिले बन्ला सुन्दर बौद्ध?

आइतबार, २३ साउन २०७३

कलात्मक प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्धनाथ स्तुपको फेददेखि टुप्पोसम्म अवश्यै पुग्छ। तर अचेल त्यसरी नजर लाउने प्रश्न एउटै हुन्छ। कहिले बन्ला सुन्दर बौद्धनाथ? हरेक शनिबार सुन्दर बौद्ध हेर्ने चाहनामा पुग्छिन छुल्ठिम शेर्पा। ‘तर अहँ, १५ महिना हुन लाग्यो बनेन त बौद्ध,' उनी अचम्म मान्छिन्, 'बनाएको बनायै छन्, तर बनेको छैन।'

कोलम्बोबाट फर्काइए सात महिला

आइतबार, २३ साउन २०७३

श्रीलंकालाई ट्रान्जिट बनाएर प्रतिबन्धित देशमा रोजगारीमा जान लागेका सात नेपाली महिलालाई त्यहाँको सरकारले शनिबार फिर्ता पठाएको छ। भारतीय बाटो हुँदै कोलम्बो पुगेका उनीहरू शनिबार बिहान नेपाल आइपुगेका हुन्।

शिक्षित आमाका नानीको सिकाइ उपलब्धि राम्रो

आइतबार, २३ साउन २०७३

आमा शिक्षित भए उनका नानीहरुको सिकाइ उपलब्धि राम्रो भएको तथ्यांकले देखाएको छ। शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले डेढ वर्ष लगाएर कक्षा ३ र ५ का विद्यार्थीमाझ गरेको अध्ययनले आमा शिक्षित भएका परिवारका नानीको सिकाइ उपलब्धि राम्रो भएको देखाएको हो।

दुईवटा टाउको भएको बच्चा जन्मियो

आइतबार, २३ साउन २०७३

सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।

'भगवान आउनुभएछ'

'भगवान आउनुभएछ'

आइतबार, २३ साउन २०७३

‘सबैको राम्रो उपचार होस् भनेर आफ्नो ज्यान दाउमा लगाउने डाक्टर यिनै पो रहेछन्,' तिलाठी– २ का जयविरा झा (६५) ले सुनाए, ‘डाक्टरको भेषमा उनी भगवान हुन्, सरकारभन्दा अगाडि हाम्रो दुःखमा मलम लगाउन आए।' 'डा. केसीका लागि दुःखीको सेवा नै प्रमुख प्राथमिकता रहेको पाएँ,' उनले भने, ‘उहाँको जीवनशैली र सेवाभावलाई जति बुझ्यो, उति बुझ्न मन लाग्छ।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।