बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

बिहिबार, १० फागुन २०७४

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

बिहिबार, १० फागुन २०७४

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

बिहिबार, १० फागुन २०७४

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

बिहिबार, १० फागुन २०७४

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

बिहिबार, १० फागुन २०७४

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

विद्यालय टाढा हुँदा विद्यार्थीलार्इ सास्ती

बिहिबार, १० फागुन २०७४

‘नेताले बाटोमात्र भन्छन् । हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो । बिचरा साना केटाकेटी स्कुल जादा सधैं हिँड्नुपर्ने त्यो त्यो बाटोको के काम ।’ रोल्पाली अभिभावक

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

नोबेलमा जटिल शल्यक्रिया सम्पन्न

बिहिबार, १० फागुन २०७४

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विश्वमै दुर्लभ र जटिल मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । सुनसरीको इनरुवा–३ महेन्द्रचोकका ४२ वर्षीय हीरा आचार्यको दुई जटिल रोगको एकैसाथ सफल शल्यक्रिया गरिएको हो।

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके पुन

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके पुन

बिहिबार, १० फागुन २०७४

एक वर्षयता रुपन्देहीमा भएका दुई हत्या घटनाका प्रमुख योजनाकार मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन् । काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या पनि पुनकै योजनामा भएको प्रहरी दाबी छ।

निःशुल्क औषधि नारामा सीमित

बिहिबार, १० फागुन २०७४

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ।

समायोजनमा कर्मचारीको अत्तोे

बिहिबार, १० फागुन २०७४

निजामती कर्मचारी संगठनहरूले प्रदेश र स्थानीय तहमा समायोजन गर्दा एक तह बढुवा र अतिरिक्त भत्ता नभएसम्म काममा नजाने अत्तो थापेपछि प्रदेशमा काजमा खटाएका निजामती कर्मचारी कार्यक्षेत्र पुगेका छैनन्।

कर्मचारी २४ घन्टाभित्र कार्यक्षेत्र नपुगे कारबाही

बिहिबार, १० फागुन २०७४

कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो।

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

बुधबार, ०९ फागुन २०७४

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत पुस्तक प्रकाशन गरेको हो। किरात लिपिमा लेखिएका लिम्बु भाषाका ती पुस्तकको बुधबार अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमोचन गरिएको छ।

सेनाद्वारा बम डिस्पोज

बुधबार, ०९ फागुन २०७४

स्याङजाको पुतलीबजार नगरपालिका–३ लत्रेपिपलमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद बस्तु सुतली बम भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जनाकारी दिए।

सिआईबीको टोलीलाई मिलाउने भन्दै पैसा लिने पक्राउ

बुधबार, ०९ फागुन २०७४

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैरकानुनी रुपमा वित्तिय कारोबार गर्ने संस्थामाथि निगरानी बढाएर त्यसमा संलग्नलाई पक्राउ गरिहेका बेला सिआइबीलाई मिलाउने भन्दै पैसा असुल्ने एक जना इटहरीबाट पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं. २० का नवराज मैनालीलाई पक्राउ गरेको हो।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

बुधबार, ०९ फागुन २०७४

पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।

स्थानिय तहले सदरमुकामलाई चोट

स्थानिय तहले सदरमुकामलाई चोट

बुधबार, ०९ फागुन २०७४

देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ ।

स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

बुधबार, ०९ फागुन २०७४

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बुधबार, ०९ फागुन २०७४

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ।

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

बुधबार, ०९ फागुन २०७४

‘सानै छु बढ्न देऊ, बाल विबाह होइन बढ्न देऊ’ भन्ने नारा लिएर बाल विबाहविरुद्ध अभियानरत उदयपुरको जाल्पा एकीकृत विकास समाजले आगामी दिनमा थप पैरवीमूलक योजना सार्वजनिक गरेको छ।

आगलागीमा गम्भीर घाइतेलाई हेलीकोप्टरमार्फत काठमाडौं

आगलागीमा गम्भीर घाइतेलाई हेलीकोप्टरमार्फत काठमाडौं

बुधबार, ०९ फागुन २०७४

आगलागीमा गम्भीर घाईते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी रत्नमायाँ सार्कीलाई हेलीकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।