एनजिओका गतिविधि अनुगमन गर्न निर्देशन

शुक्रबार, १७ असार २०७३

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत गैरसरकारी संस्थाका गतिविधि अनुगमन गर्न निर्देशन दिएको छ ।

राधेराधेमा बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

बिहिबार, १६ असार २०७३

भक्तपुर— भक्तपुरको मध्यपुर थिमि—१३ राधेराधेमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जादै गरेको बा. ५ च. ६४७३ नं. को पानी बोक्ने बोलेरो पिकअप गाडीले बाटो क्रस गर्दै गरेको दोलखा जिल्लाको काभ्रे गाविस वडा नं. ५ घर भएको बर्ष ५० को देवीबहादुर खड्कालाई बुधबार राति आठ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

बिहिबार, १६ असार २०७३

ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका २१ धक्का

बिहिबार, १६ असार २०७३

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

बिहिबार, १६ असार २०७३

काठमाडौं—काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ।

१६ वर्षपछि पक्राउ

बिहिबार, १६ असार २०७३

पर्सा—अपराधी जति चलाख भए पनि एक न एक दिन उ कानुनको कटघरामा पर्छ भन्ने तथ्यलाई पर्सा प्रहरीले प्रमाणित गरेको छ। कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो।

विष सेवनबाट श्रीमतीको मृत्यु श्रीमान् अस्पतालमा

बिहिबार, १६ असार २०७३

डडेल्धुरा—डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

बिहिबार, १६ असार २०७३

दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएको छ ।

न्याय त्यागेर शान्तिको आस

न्याय त्यागेर शान्तिको आस

बिहिबार, १६ असार २०७३

दशकको सशस्त्र द्वन्द्वपछि देश शान्तिप्रक्रियामा फर्किएको दशकै बितिसकेको छ। यो अवधिमा देशभरका द्वन्द्वपीडित आर्थिक, सामाजिकलगायत न्याय खोजिरहेका छन् । तर, जिल्लाका द्वन्द्वपीडितले भने दोषीमाथि ‘सांकेतिक कारबाही’सम्म गरिदिए पीडितलाई न्याय अनुभव हुने र मेलमिलापतिर लाग्न सकिने ‘ग्रिन सिग्नल’ दिएका छन् ।

२४३ उप–आयोजनासँग सम्झौता

२४३ उप–आयोजनासँग सम्झौता

बिहिबार, १६ असार २०७३

किसानकालागि उन्नत बीउ बिजन कार्यक्रमले०७२ को जेठसम्ममा कार्यक्रम लागू भएका मध्य ६ पहाडी जिल्लामा २४३ उपआयोजनासँग सम्झौता गरेको छ। कार्यक्रमले दिएको जानकारी अनुसार औपचारिक बीउ क्षेत्रको विकास सम्भागतर्फ जम्मा १७६ उपआयोजना छन् भने साना पशुपालक किसानको व्यवसायीकीकरणतर्फ जम्मा ६७ उपआयोजनाहरू छन्।

वर्ल्ड भिजनले बाँडेको पैसामा अनियमितता

बिहिबार, १६ असार २०७३

दोलखा—भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वर्ल्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ।

लिम्बुवान अध्ययन केन्द्रद्वारा प्राज्ञिक अक्षय काेषकाे स्थापना

लिम्बुवान अध्ययन केन्द्रद्वारा प्राज्ञिक अक्षय काेषकाे स्थापना

बिहिबार, १६ असार २०७३

लिम्बुवान अध्ययन केन्द्रले हालसम्मकै ठूलो धनराशीको प्राज्ञिक अक्षय कोष खडा गरेको छ। बुधबार ललितपुरमा सम्पन्न केन्द्रको बैठकले ‘विष्णुदत्त– सरस्वती आङबुहाङ प्राज्ञिक कोष’ घोषणा गरेको हो।

युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो

बिहिबार, १६ असार २०७३

युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिहिबार, १६ असार २०७३

पूर्व-पश्चसम राजमार्गको जिरोमाइलमा ट्रककको ठक्करबाट मोटरसाइक चालकको मृत्यु भएको छ। च२प ८९५१ नम्बरको मोटरसाइकललाई ना५ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही चन्द्रगन्जका २५ वर्षीय सुशील दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखाको केरौँजामा पहिरो, भूकम्पपीडितले गाउँ छाडे

बिहिबार, १६ असार २०७३

गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् । गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् ।

प्राविधिक विषय पढ्न सहज

बिहिबार, १६ असार २०७३

शिक्षा मन्त्रालयले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकीका मुख्य विषय लिएर र प्राविधिक धारतर्फ कक्षा ११ भर्ना हुने विद्यार्थीका लागि रुचिको विषय पढ्ने बाटो सहज गरेको छ।

नेपालको अवस्था ‘झन् नाजुक'

नेपालको अवस्था ‘झन् नाजुक'

बिहिबार, १६ असार २०७३

एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिकलगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।

बैंक नपुग्दा पीडितले पाएनन् अनुदान

बिहिबार, १६ असार २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेअनुसार बैंकहरू कार्यक्षेत्र नजाँदा अनुदान सम्झौता सम्पन्न भएका ६ जिल्लाका भूकम्प पीडितले पहिलो किस्ता रकम पाउन सकेका छैनन्। रकम वितरण भएका जिल्लामा पनि कामले खासै गति लिएको छैन।

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

‘बाँधजस्तो सडक’ विस्तार गर्दै भारत

बिहिबार, १६ असार २०७३

सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।

'सिक्टाको मूल नहरै कमजोर'

'सिक्टाको मूल नहरै कमजोर'

बिहिबार, १६ असार २०७३

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।