प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

प्रिया प्रकाशलाई अदालतले दियो ‘न्याय’

बुधबार, ०९ फागुन २०७४

साउथ इण्डियनतर्फको मलयालम फिल्म उद्योगकी चर्चित युवा अभिनेत्री प्रिया प्रकाश वारियरलाई सर्वाेच्च अदालतले ‘न्याय’ दिएको छ। उनीविरुद्ध दर्ता भएका एफआईआरमा रोक लगाउँदै अदालतले राहत दिएको हो।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बुधबार, ०९ फागुन २०७४

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि रचनावली प्रकाशित

बुधबार, ०९ फागुन २०७४

कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको स्मृति दिवसको अवसर पारेर सोमबार सार्वजनिक गरिएको हो।

राजधानीमा थपियो नयाँ नाटक घर

राजधानीमा थपियो नयाँ नाटक घर

बुधबार, ०९ फागुन २०७४

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ।

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

बुधबार, ०९ फागुन २०७४

कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ । उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।

कल्पनाको ‘सञ्जीवनी’

बुधबार, ०९ फागुन २०७४

गीतकार तथा गजलकार कल्पना श्रेष्ठ कल्पपुञ्जले ‘सञ्जीवनी’ उपन्यास लिएर पाठकमाझ आएकी छन । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गरे।

किरात संग्रहालय निर्माण थालनी

किरात संग्रहालय निर्माण थालनी

बुधबार, ०९ फागुन २०७४

किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा किरात संग्रहालय निर्माण सुरु गरिएको छ।

अदालत गुहारिन प्रिया प्रकाशले

अदालत गुहारिन प्रिया प्रकाशले

मङ्गलबार, ०८ फागुन २०७४

साउथ इण्डियनतर्फको मलयालम फिल्मको एकै गीतबाट चर्चामा आएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्वाेच्च अदालत पुगेकी छन्।

आमिरले रानीसँग किन माफी मागे ?

आमिरले रानीसँग किन माफी मागे ?

मङ्गलबार, ०८ फागुन २०७४

चर्चित अभिनेत्री रानी मुखर्जीले बलिउडमा ४ वर्षपछि कमब्याक गर्दैछिन्। २३ मार्चमा प्रदर्शनमा आउने फिल्म ‘हिच्की’मार्फत पुनरागमन गर्न लागेकी रानीले आफ्नो करियरको सुरुवाती संघर्षबारे बीबीसीसँग खुलेर बताएकी छन्।

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मङ्गलबार, ०८ फागुन २०७४

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस नेपाल तथा अन्य उपाधि विजेताहरूले नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई सक्रिय पार्दै गइरहेका छन् । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, रुवी राणा, उषा खड्गी, माल्भिका सुब्बाले फिल्ममा उपस्थिति जनाइरहँदा आइतबारबाट अर्की सुन्दरी शुभेक्षा खड्काले पनि अभिनयमा ‘डेब्यु’ गरेकी छन् । शुभेक्षा सन् २०१२ को मिस नेपाल प्रतियोगिताको ‘मिस इन्टरनेशनल’उपाधि विजेता हुन्।

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

मङ्गलबार, ०८ फागुन २०७४

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह जोडी, निर्देशक दीपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गृहमन्त्री अग्नि सापकोटाले ‘कान्छी’ को प्रशंसा गरे।

थापा र वैद्यलाई कृपा सम्मान

थापा र वैद्यलाई कृपा सम्मान

मङ्गलबार, ०८ फागुन २०७४

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शिवकुमार लामिछाने, गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णुमाया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मानबहादुर विकले संयुक्त रूपमा दोसल्ला ओढाउँदै दुवैलाई सम्मान गरेका थिए।

रसियामा नेपाली नाटक मञ्चन

रसियामा नेपाली नाटक मञ्चन

मङ्गलबार, ०८ फागुन २०७४

रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।

बालबालिकाको उड्की–मुड्की

बालबालिकाको उड्की–मुड्की

मङ्गलबार, ०८ फागुन २०७४

मोक्षदा स्कुलको मञ्जरी थिएटरमा उड्की–मुड्की नाटक मञ्चन सुरु भएको छ । रंगकर्मी सुरेश चन्दद्वारा निर्देशित उड्की–मुड्कीमा मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका छात्रछात्राको अभिनय रहेको छ।

मोफसल प्रचारमा ‘हुर्रे’

मोफसल प्रचारमा ‘हुर्रे’

मङ्गलबार, ०८ फागुन २०७४

फिल्म ‘हुर्रे’ले रिलिज मिति नजिकिएसँगै प्रचारप्रसारमा तीव्रता दिएको छ । शनिबार हेटौंडा आइपुगेको फिल्मको निर्माता तथा कलाकारको टोलीले फिल्म हास्यप्रधान रहे पनि पृथक कथाबस्तुमा निर्माण रहेको बताए । फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको फिल्मको टोली पोखरा, बुटवल, चितवनपछि हेटौंडा आइपुगेको थियो।

भारतीको ‘सयौं जुनी’

भारतीको ‘सयौं जुनी’

मङ्गलबार, ०८ फागुन २०७४

गीतकार भारती बस्यालले प्रेमभावको गीत ‘सयौं जुनी तिम्रै भई’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । आफ्नै शब्द, स्वर र संगीत रहेको गीतमा बलराम समालको एरेञ्ज छ । भारतीलाई स्वरमा पनि बलराम समालले नै साथ दिएका छन्।

शिल्पीको मञ्चमा ‘ययाती’ कथा

मङ्गलबार, ०८ फागुन २०७४

यौन आसक्तिका कारण अकल्पनीय घटना घटिरहेका हुन्छन् । त्यस्ता घटना पौराणिक कालमा पनि घट्थे नै । राजा महाराजाका स्त्री आसक्तिका गाथा समेटिएका थुप्रै साहित्य लेखिएका पनि छन् । यस्तै कथामध्येको एक हो, राजा ययातिको कथा । महाभारतमा समावेस राजा ययातिको स्त्रीमोहलाई भारतवर्षमा थुप्रै लेखकले आफ्नो विषय बनाए । भारतीय साहित्यकार गीरिश कर्नाडले लेखेको ‘ययाति’ तिनै पुस्तकमध्ये एक हो।

मिस्टर ओको ‘म टोलाई’ बजारमा

मङ्गलबार, ०८ फागुन २०७४

उदीयमान प्रतिभा मिस्टर ओले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत् सार्वजनिक गरेका हुन् । आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ।

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

गृह जिल्लाबाट माया बुझाउँदै गायक हेमन्त

सोमबार, ०७ फागुन २०७४

तानसेनको टुँडिखेलमा जारी पाल्पा महोत्सवमा गायक हेमन्त शर्मासँग पाल्पालीहरु रमाएका छन्। ‘न तेजाबी सुन हो माया न हो छापावाल...’ भन्दै  गृहजिल्ला बताउँदै हेमन्त शर्मा स्टेजमा चढें। महोत्सव अवलोकन गर्न टुँडिखेलमा जम्मा भएका दर्शक श्रोता शर्माले गाएका आधा दर्जन बढी गीतमा निकै झुमेका थिए।

अक्षय कुमार ‘फ्लप’

अक्षय कुमार ‘फ्लप’

सोमबार, ०७ फागुन २०७४

बलिउडमा एक पछि अर्काे हिट फिल्म दिँदै आएका अभिनेता अक्षयकुमारलाई पछिल्लो फिल्म ‘प्याड म्यान’ले फ्लप बनाइदिएको छ। फिल्मले सजिलैसँग सय करोडको व्यापार गर्ने अनुमान गरिएपनि त्यसो हुनसकेन। ट्रेड एनालिष्ट तरुण आर्दशका अनुसार फिल्मले १० दिनमा जम्मा ७० करोड मात्रै कमाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।