निर्माता बन्दै नीता

निर्माता बन्दै नीता

आइतबार, ०१ असोज २०७४

पछिल्लो समयमा युवापुस्ता केन्द्रीत फिल्म बनेसँगै फिल्म निर्माणमा नायिकाहरूको अग्रसरता पनि उत्तिकै बढेको छ । रेखा थापा, झरना थापा, स्वेता खड्का, ऋचा शर्मालगायतका अभिनेत्रीहरूले फिल्म बनाइरहँदा यो सूचीमा अब अभिनेत्री नीता ढुंगाना पनि जोडिएकी छन् । नीताले गत बिहीबार आफ्नो जन्मदिनसँगै फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सनको औपचारिक आरम्भ गरेकी छिन् ।

'छक्का पञ्जा २' फूलपातीदेखि, कलाकार टोली देश दौडाहामा

'छक्का पञ्जा २' फूलपातीदेखि, कलाकार टोली देश दौडाहामा

आइतबार, ०१ असोज २०७४

बहुप्रतिक्षित नेपाली फिल्म छक्का पञ्जा २ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट प्रचारप्रसारमा लागेका छन्। प्रचारलाई मोफसलमा राम्रोसँग गर्न सके फिल्मले उच्च सफलता हासिल गर्नेमा टोली बिश्वस्त देखिन्छ।

११ वर्षपछि ‘शत्रु गते’

११ वर्षपछि ‘शत्रु गते’

आइतबार, ०१ असोज २०७४

नेपाली समाजमा ‘बाह्र वर्षपछि खोला फर्किन्छ’ भन्ने उखान प्रचलित छ । यही उखानसँग मेल खाने गरी हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एघार वर्षपछि फिल्म निर्माणमा पुनरागमन गरेका छन् । एघार वर्षअघि महको ब्यानर महसञ्चारबाट फिल्म ‘जे भो राम्रै भो’ बनाएर एकाएक फिल्म निर्माणबाट हराएको यो जोडीले नयाँ फिल्म ‘शत्रु गते’बाट निर्माणमा पुनरागमन गर्ने घोषणा गरेको छ।

कामसँगै नाम

कामसँगै नाम

शनिबार, ३१ भदौ २०७४

धादिङकी दिविसा बस्यालले राजधानी काठमाडौंमा बसेर ब्युटिपार्लर चलाएकै दुई वर्ष भयो । सधैँ अरुलाई सुन्दर बनाएर सिँगार्ने उनी गत साता भने आफैँ सिँगारिएर ¥याम्पमा उत्रिन् । यसरी आफैँ सिँगारिएर सार्वजनिक हुनु उनका लागि जीवनकै नौलो अनुभव बन्यो । चमकधमकसहितको ¥याम्प अनि चारैतिर धेरै मान्छेको हुटिङले उनीमा नयाँ उत्साह भरियो ।

उडिसामा कुमारीको घर

उडिसामा कुमारीको घर

शुक्रबार, ३० भदौ २०७४

नेपाली विद्यार्थीहरूले भारतको उडिसामा सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेवारी समुदायमा प्रचलित जीवित देवी कुमारीको कथामा आधारित नाटक मञ्चन गरेका छन् ।

मण्डलामा ‘लाटीको छोरो’ (फोटो फिचर)

मण्डलामा ‘लाटीको छोरो’ (फोटो फिचर)

शुक्रबार, ३० भदौ २०७४

नेपालीमा एउटा उखान छ ‘जो होचो उसैको मुखमा घोचो’ अर्थात जो निर्वल छ, जो असहाय छ उसैलाई नै दुःख बढी पर्छ, समाजले अपहेलना गर्छ। यस्तै समाजबाट हेपिएकी पात्र हो लाटी ।  नेपालको पूर्वी तराईमा अवस्थित डोम बस्तीमा बस्ने लाटीको कथा बोकेको नाटक ‘लाटीको छोरो’ यतिबेला काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन भइरहेको छ।

कंगनालाई प्रियंकाको कटाक्ष

कंगनालाई प्रियंकाको कटाक्ष

शुक्रबार, ३० भदौ २०७४

ऋतिक रोशनसँगै बलिउडका थुप्रै हस्तीलाई एक टेलिभिजन अन्तर्वातामा धज्जी उडाएकी कंगना रनावतलाई धेरैले बढी बोलेको आरोप लगाइरहेका छन् । यही भीडमा प्रियंका चोपडा पनि थपिएकी छिन् । तर, उनले कंगनाको नामै नलिइ कंगनालाई कटाक्ष गरेकी छिन् ।

‘लिली बिली’ खेल्दै प्रदीप

‘लिली बिली’ खेल्दै प्रदीप

बिहिबार, २९ भदौ २०७४

जेठमा फिल्म ‘दीपेन्द्र सरकार’को घोषणा हुँदा फिल्मका मुख्य अभिनेता प्रदीप खड्का चार नेपाली सुरक्षागार्डसहित कार्यक्रमस्थलमा आएका थिए । प्रदीपकै अभिनय रहने अर्को फिल्म ‘लिली बिली’को घोषणा कार्यक्रममा पनि प्रदीप उसैगरी चार अफ्रिकी मूलका सुरक्षागार्ड लिएर पत्रकार सम्मेलनमा देखापरे ।

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

बुधबार, २८ भदौ २०७४

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

न्युरोडकी सिमरनले जितिन् मिस प्लस टुको ताज

मङ्गलबार, २७ भदौ २०७४

किसोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाडौंकी सिमरन तुलाधरले जितेकी छिन्। धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा काठमाडौं न्युरोड स्थायी घर भएकी सिमरनले पहिलो मिस प्लस २ को ताज पहिरिएकी हुन्। उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पूर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन्।

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

मङ्गलबार, २७ भदौ २०७४

अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।

रेखा र आर्यन एक साथ रुद्रप्रियामा

सोमबार, २६ भदौ २०७४

रेखा थापा र आर्यन सिग्देललाई ८ वर्षपछि स्क्रिन सेयर गर्ने संयोग जुराएको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएकोछ। साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।

सुन्दरी बन्न काठमाडौं

सुन्दरी बन्न काठमाडौं

सोमबार, २६ भदौ २०७४

राजधानीमा च्याउ उम्रिएसरि सौन्दर्य प्रतियोगिताहरू भइरहे पनि मोफसलमा भने त्यतिधेरै सौन्दर्य प्रतियोगिता हुँदैनन् । मोफसलमा समय–समयमा हुने सौन्दर्य प्रतियोगितामा स्थानीय युवतीहरूको सहभागिता पनि उल्लेख्य नै हुन्छ । तर, केही युवती यस्ता पनि छन्, जो मोफसलको सौन्दर्य प्रतियोगिताभन्दा राजधानीमा हुने सौन्दर्य प्रतियोगितालाई प्राथमिकता दिन्छन् । आगामी असोज ६ गते राजधानीमा हुन लागेको ‘मिस टिन नेपाल’मा सहभागिता जनाउन केही युवतीहरू यतिबेला राजधानी आएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

फेशन शोमा सेलिब्रेटी

फेशन शोमा सेलिब्रेटी

सोमबार, २६ भदौ २०७४

ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालक प्रत्युष थापाको सहयोगार्थ शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा भएको ‘रनवे परेड–२०७४’ नामक च्यारिटी फेसन शोमा सेलिब्रेटीहरुले र्‍याम्प नापेका छन् ।

‘साहो’मा दुई श्रद्धा !

‘साहो’मा दुई श्रद्धा !

आइतबार, २५ भदौ २०७४

दक्षिण भारतीय फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’को चरम सफलता पछि अभिनेता प्रभास बलिउडका चल्तीका सेलिब्रेटी बने । हालसम्म दक्षिण भारतीय फिल्ममै रमाइरहेका प्रभासले अब हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन् । उनको पहलिो बलिउड फिल्म ‘साहो’मा हुने भएको छ जसमा उनी मुख्य भूमिकामा हुनेछन् ।

नेवारी सिर्जनालाई ‘पेज थ्रि’ अवार्ड

नेवारी सिर्जनालाई ‘पेज थ्रि’ अवार्ड

आइतबार, २५ भदौ २०७४

नेवारी भाषामा बनेका गीत, संगीत तथा फिल्मका विभिन्न विधा समेटेर अवार्ड गरिने भएको छ । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संगीत, म्युजिक भिडियो र फिल्म क्षेत्र गरी तीन विधामा ‘पेज थ्री पिपुल्स च्वाइस अवार्ड’ वितरण गरिने जानकारी आयोजकले दिएका छन् ।

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

शनिबार, २४ भदौ २०७४

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

डिमर्चाको दशैं कोशेली

डिमर्चाको दशैं कोशेली

शुक्रबार, २३ भदौ २०७४

पोखरेली संगीत व्यान्ड 'डिमर्चा' ले दशैं कोशेली ल्याएको छ। डिमर्चाका झ्याम्म झ्याम्म…, कैलाशमा महादेव, झ्याम्मै चौतारी..लगायतका गीत लोकपप तथा फंकी गीतको सफलता पछि दशैं गीत ल्याएको भोकलिस्ट भाष्करध्वज श्रेष्ठले बताए।

‘हामीलाई फिल्मको डर छैन’

‘हामीलाई फिल्मको डर छैन’

शुक्रबार, २३ भदौ २०७४

‘कुटुमा कुटु’ गीतका कारण चर्चामा रहेको फिल्म ‘२ रुपैंया’का कलाकार तथा निर्माता निश्चल बस्नेत र आसिफ शाह फिल्म सफल हुनेमा ढुक्क छन् ।

‘अनुराग’मा दीपक-एलिजाको जोडी

‘अनुराग’मा दीपक-एलिजाको जोडी

शुक्रबार, २३ भदौ २०७४

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म निर्माणमा हात हालेकी छिन् । आफैं मुख्य भूमिकामा अभिनय गर्ने गरी उनले बुधबार फिल्म ‘अनुराग’को घोषणा गरिन् । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको कलाकार र प्राविधिक सार्वजनिक गरियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।