डम्फुको गीत

डम्फुको गीत

शनिबार, ११ कार्तिक २०७४

डम्फु उत्पत्तिबारे तामाङ जनमानसमा केही मिथक प्रचलित छन् । कथाअनुसार पेङदोर्जे एक सिकारी थिए । उनी एक दिन वनमा सिकार गर्न गए । धेरै दिनपछि उनी परिवारको सम्पर्कमा आए । फर्कंदा उनको हातमा डम्फु थियो ।

छोटिँदो पदमार्ग

छोटिँदो पदमार्ग

शनिबार, ११ कार्तिक २०७४

झण्डै १० वर्षअघि अन्नपूर्ण राउन्ड ट्रेकिङ रुटको यात्रा गर्न तीन हप्ता लाग्थ्यो । त्यतिबेला पर्यटकलाई यो रुटको यात्रा गराउन तीन हप्ता लागेको ट्रेकिङ गाइड सर्की शेर्पा सम्झन्छन् । अहिले भने उनी त्यो यात्रा १० दिनमै पूरा गराइदिन्छन् ।  त्यसको एउटै कारण हो– पदमार्ग पछ्याउँदै सडक निर्माण गरिनुु । सडक निर्माणसँगै पदमार्ग मासिँदै गएका छन् । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा देखिएको सर्कीको अनुभव छ । ‘पहिला तीन हप्ता लाग्ने रुटमा अहिले डेढ हप्तामात्रै लाग्ने गर्छ,’ सर्कीले भने, ‘अर्को ग्रुप आए घुमायो नत्र त्यतिकै बस्नुपर्छ ।’

संग्रहालयमा बाग्मती सभ्यता

संग्रहालयमा बाग्मती सभ्यता

शनिबार, ११ कार्तिक २०७४

पाटन दरबारबाट बायाँ मोडिएर करिब सात मिनेटको भित्री बाटो हिँडेपछि पुगिन्छ, च्यासल चोक । चोकबाट केही पर देखिन्छ, एउटा अग्लो भवन । भवनको बाहिरपट्टि लेखिएको छ ‘ज्यापु प्रज्ञा भवन’ । भवनको दक्षिण ढोकाबाट भित्र छिर्नेबित्तिकै देखिन्छ, ‘ज्यापु संग्रहालय’।

भेडीखर्के साइँलाको संझनामा ठाडोभाका

भेडीखर्के साइँलाको संझनामा ठाडोभाका

शुक्रबार, १० कार्तिक २०७४

लमजुङमा ठाडो भाकाको राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगिता सञ्चालन गरिएको छ। नागरिकबाट ठाडोभाका शिरोमणि उपाधि प्राप्त गरेका भेँडखिर्के साइँला अर्थात् दीर्घराज अधिकारीको ४५ औँ दिनको पुण्यतिथिमा लमजुङ, सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको कृष्ण बगैँचामा सो प्रतियोगिताको सञ्चालन गरिएको हो।

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

शुक्रबार, १० कार्तिक २०७४

एउटा नाटक हेर्नकै लागि दर्शकले झण्डै एक घण्टा बढीको समय छुट्याउनु पर्ने बाध्यता छ । छोटो समयमा राम्रो नाटक हेर्ने दर्शकको चाहना पूरा नभइरहेको अवस्थामा सर्वनाम थिएटरमा १० मिनेटको नाटक मञ्चन हुने भएको छ।

‘बिग बोस’मा गीत गाउँदै दीपिका

‘बिग बोस’मा गीत गाउँदै दीपिका

शुक्रबार, १० कार्तिक २०७४

गत बुधबार बलिउड निर्देशक सञ्जय लिला भन्सालीको फिल्म ‘पद्मावती’को गीत ‘घुमर’ रिलिज भएपछि यसले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । खास गरी फिल्ममा नायिका दीपिका पादुकोणको भूमिकालाई लिएर उत्सुकता बढि रहँदा यिनै दीपिका गीतको प्रमोसनका लागि टेलिभिजन रियालिटी शो ‘बिग बोस’मा देखिने भएकी छिन्।

लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा

लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा

बिहिबार, ०९ कार्तिक २०७४

पब्लिकेशन नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउनेभएको छ। पूर्वी तराइको एउटा अल्पसंख्यक समुदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइबासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको हो।

मधेशी चरित्रमा खुलेका सौगात

मधेशी चरित्रमा खुलेका सौगात

बिहिबार, ०९ कार्तिक २०७४

फिल्मी करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता सौगात मल्ल पछिल्लो समयका फिल्ममा मधेसी चरित्रमा देखिँदै आएका छन् । फिल्म ‘कागबेनी’बाट फिल्मी करियर शुरु गरे पनि उनी ‘लुट’बाट बढी चिनिए।

‘फेयर सिटी’की अभिनेत्री एमी नेपाल आउँदै

‘फेयर सिटी’की अभिनेत्री एमी नेपाल आउँदै

बुधबार, ०८ कार्तिक २०७४

आइरिस टेलिसिरियल ‘फेयर सिटी’की अभिनेत्री एमी ओडिवेर सगरमाथा बेस क्याम्प यात्राको लागि शनिबार नेपाल आउँदैछिन्। उनीले ५३६४ मिटर उचाइ रहेको सगरमाथाको दक्षिण बेस क्याम्पसम्मको यात्रा तय गर्नेछिन्। यसअघि उनले आयरल्याण्डको सबैभन्दा अग्लो १०३८ उचाईमा रहेको केरान्टो पहाड चढेकी थिइन्।

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

बुधबार, ०८ कार्तिक २०७४

दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव कात्तिक १६ देखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्नेछन्।

‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउँछ ’

‘ऐश्वर्य’ले बक्स अफिसमा ऐश्वर्य कमाउँछ ’

बुधबार, ०८ कार्तिक २०७४

अनमोल केसी अभिनित ‘ड्रिम्सको एसोसिएट निर्देशक रहेका दिवाकर भट्टराई अघिल्ला पुस्ताका अभिनेता रमेश उप्रेतिको अभिनय तथा निर्माण रहेको फिल्म  ‘ऐश्वर्य’का पनि निर्देशक हुन् । उनले ‘ड्रिम्स’ झैं ‘ऐश्वर्य’ पनि ठूलो क्यानभाषमा बनेको बताए।

अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

अन्ततः विराटसँगै गर्ने भइन अनुष्काले विवाह

बुधबार, ०८ कार्तिक २०७४

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दुवैका ‘डाइहार्ड’ फ्यानका लागि दुःखको खबर छ । केही वर्षदेखि रोमान्स गरिरहेको यो जोडी चाँडै लगनगाँठो कस्दैछ । सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्ने हो भने उनीहरू आगामी डिसेम्बरमा लगनगाँठो कस्दैछन्।

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

ऐश्वर्याकी आमा बस्ने घरमा आगलागी

मङ्गलबार, ०७ कार्तिक २०७४

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । बान्द्रास्थित लामेर भवनको १३ औं तल्लामा लागेको आगलागीलार्इ पाँच वटाभन्दा बढी दमकलले नियन्त्रणमा लिएका थिए। अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्ने गर्छिन् ।

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

दर्शकलाई ‘कोहलपुर एक्सप्रेस’ चढाउँदै केकी

मङ्गलबार, ०७ कार्तिक २०७४

सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् ।

सोनमको चित्त दुखाइ

सोनमको चित्त दुखाइ

मङ्गलबार, ०७ कार्तिक २०७४

जस्तालाई तस्तै’ व्यवहारका लागि प्रख्यात छिन् सोनम कपुर । उनलाई कसैले चित्त नबुझ्ने कुरा ग¥यो जवाफ दिन रत्तिभर पनि हिच्किचाउन्नन् । पछिल्लो समय भने सोनम निर्माणको क्रममा रहेको फिल्म ‘वीर दि वेडिङ’ सम्बन्धि समाचारले आहत भएकी छिन् । तर, उनले तुरुन्तै यसमा प्रतिक्रिया पनि दिएकी छिन् ।

सुटिङमा ‘शत्रु गते’

सुटिङमा ‘शत्रु गते’

मङ्गलबार, ०७ कार्तिक २०७४

झण्डै एक महिना अघि घोषणा गरिएको फिल्म ‘सत्रु गते’ सोमबारबाट सुटिङका लागि फ्लोरमा गएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म युनिटले राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै फिल्म छायांकनका लागि वीरगन्ज प्रस्थान गरेको हो ।

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सोमबार, ०६ कार्तिक २०७४

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने भएको छ । सन् २०१२ मा फिल्म ‘इश्कजादे’बाट अर्जुन र परिणितीले एक साथ डेब्यु गरेका थिए ।

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

सोमबार, ०६ कार्तिक २०७४

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

सोमबार, ०६ कार्तिक २०७४

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने यी सांस्कृतिक बाजा हिजोआज एकादेशको कथाझैं बनेको छ ।

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

शनिबार, ०४ कार्तिक २०७४

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई दिएर मनाइएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइराला र कोइराला परिवारसँग भाइटिका मनाएकी छिन् । अभिनेता अनमोल केसीले दिदी काजोल केसीको हातबाट टिका थापेका छन् । त्यस्तै कलाकारहरु प्रियंका कार्की, ऋचा शर्मा, रेखा थापा, इन्दिरा जोशी र साम्रागी राज्यलक्ष्मी राणा लगायतले आ–आफ्ना दाजुभाइलाई टिका लगाई दिएर भाइटिका मनाएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।