हिन्दी फिल्म खेल्दै बाहुबली

हिन्दी फिल्म खेल्दै बाहुबली

बुधबार, १९ पुष २०७४

बाहुबली फिल्मबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभास बलिउडमा डेब्यू गर्ने भएका छन्।  प्रभासले हालै एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले ३ वर्ष अघिनै एक रोमान्टिक बलिउड फिल्ममा साइन गरेको खुलासा गरेका हुन्।

फिल्म फ्लप भए निर्मातालाई पैसा दिने अभिनेता

फिल्म फ्लप भए निर्मातालाई पैसा दिने अभिनेता

बुधबार, १९ पुष २०७४

राजनीतिमा आउने घोषणासँगै दक्षिण भारतीय सुरपरस्टार रजनीकान्त अहिले चर्चामा छन्।  बस कन्डक्टरदेखि फिल्मी दुनियाँको सुपरस्टार बनेका रजनीकान्तले टिकट काट्ने स्टाइलका कारण फिल्ममा चान्स पाएका थिए।

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

प्रदर्शनीमा सुवालको ६० वर्षे कलायात्रा

बुधबार, १९ पुष २०७४

कलाकार शंकरराज सिंह सुवालले आफ्नो ६० वर्षे कलाकारिमा कोरेका कलाकृतिको दोस्रो संस्करणको प्रदर्शनी सुरु गरेका छन् । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको ‘६० वर्षे सृजनशिल यात्रा’ शिर्षकको कला प्रदर्शनीले उनका कलाको पुनरावलोकन गरेको छ ।

कलामन्दिरमा ‘ वीरबहादुर’

कलामन्दिरमा ‘ वीरबहादुर’

बुधबार, १९ पुष २०७४

‘मदन पुरस्कार’ विजेता साहित्यकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’मा रहेको कथा ‘श्रीमान वीरबहादुर’ नाटकका रुपमा मञ्चन हुने भएको छ । कर्मी नाट्य समूहले नारायणगढको नारायणी कलामन्दिरमा बुधबारदेखि चारदिनसम्म लगातार नाटक देखाउन लागेको हो ।

माघमा सर्यो कामना अवार्ड

बुधबार, १९ पुष २०७४

आगामी पुस २२ गते तय गरिएको ‘कामना फिल्म अवार्ड’ माघ १६ गते हुने भएको छ । सिने मासिक पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको तेस्रो संस्करणको यो अवार्ड प्राविधिक कारणले माघ १६ गते सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।

कविता महोत्सवका विजेतालाई पुरस्कार

कविता महोत्सवका विजेतालाई पुरस्कार

बुधबार, १९ पुष २०७४

गत असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औं वार्षिकोत्सवमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७४’मा विजयी भएका कविलाई मंगलबार पुरस्कृत गरिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पुरस्कृत गरेकी हुन् ।

प्रधानमन्त्रीलाई  टोपी

मङ्गलबार, १८ पुष २०७४

पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस धुमधामसँग मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई टोपी दिवसको रूपमा मनाइन थालेको हो । शताब्दीऔंदेखि प्रयोगमा रहेको टोपीलाई अझ व्यापक र विश्वव्यापी बनाउने उद्देश्यसहित सन् २०१४ बाट नेपाली टोपी दिवसको सुरुवात गरिएको हो । अभियन्ताहरूले टोपीको प्रयोगलाई व्यापक बनाउन नेपाली टोपी प्रतिष्ठान गठन गरी काम गरिरहेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

मङ्गलबार, १८ पुष २०७४

भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।

भर्याङ नाट्या मञ्चमा नयाँ टिम

मङ्गलबार, १८ पुष २०७४

रंगमञ्चका क्षेत्रमा क्रियासिल भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च नेपाल पुर्नगठन गरिएको छ । रंगमञ्च सहित सामाजिक र साँस्कृतिक क्षेत्रमा काम गर्ने उद्धेश्य बोकेर वर्ष दिनअघि मात्र काठ्माण्डौं, ललितपुर र काभ्रेमा गठन गरिएको नाट्या मञ्चलाई एउटै बनाएर भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च पुर्नगठन गरिएको हो । शनिबार काठ्माडौं राष्ट्रिय नाच घरमा बरिष्ठ नाट्याकर्मी विरेन्द्र हमालको उपस्थितिमा भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च नेपाल पुर्नगठन गरिएको छ ।

सगरमाथाबाट ‘लाइभ’ गर्ने धोको

सगरमाथाबाट ‘लाइभ’ गर्ने धोको

सोमबार, १७ पुष २०७४

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको चुचुरोवाट टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने उद्देश्यसहित ५ नेपाली महिला पत्रकार हिमाल चढ्ने तयारी गरिहेका छन् ।

‘म हुरीमा दियो’को ह्याट्रिक

‘म हुरीमा दियो’को ह्याट्रिक

सोमबार, १७ पुष २०७४

गायक रामकृष्ण ढकालको गीत ‘म हुरीमा दियो बलेको देख्छु’ले राजधानीमा शनिवार सम्पन्न ‘आठौ विन्ध्यवासिनी म्युजिक अवार्ड’मा ह्याट्रिक गरेको छ । गीतका लागि सुगम संगीततर्फ गायक ढकालले ‘सर्वोत्कृष्ट गायन पुरुष’, संगीतकार राजेश थापाले ‘सर्वोत्कृष्ट संगीत’ र गीतकार रमेश बिजीले ‘सर्वोत्कृष्ट रचना’को अवार्ड जिते । ढकालले एल्बम ‘आवरण’का लागि सुगम संगीततर्फ ‘सर्वोत्कृष्ट एल्बम’को अवार्ड पनि पोल्टामा पारे ।

जेम्स बन्डमा अफ्रिकी कलाकार

जेम्स बन्डमा अफ्रिकी कलाकार

सोमबार, १७ पुष २०७४

हलिउड फिल्म ‘जेम्स बन्ड’का निर्माताले फिल्ममा काला वर्णका अभिनेता या अभिनेत्रीका लागि अडिसन ‘कल’ गरेको छ । हालसम्मका बन्डका संस्करणमा गोरा अनुहारको बाहुल्य रहिरहँदा फिल्म निर्माण कम्पनीले पहिलोपटक काला अभिनेता या अभिनेत्रीलाई फिल्ममा अवसर दिन लागेको हो ।

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

आइतबार, १६ पुष २०७४

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्।

क्लबमा पानी नाप्दै अनमोल

क्लबमा पानी नाप्दै अनमोल

आइतबार, १६ पुष २०७४

यो वर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलरले युटुब र सामाजिक संजालमा हंगामा मच्चायो । नायक अनमोल केसीको बदलिएको गेटअपले दर्शकलाई अचम्मित मात्र बनाएन, चलचित्रलाई नै प्रतीक्षित बनाइदियो । युटुयुबमा करिब एक साता नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्रको ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।

दुई स्रष्टा चितवनमा पुरस्कृत

दुई स्रष्टा चितवनमा पुरस्कृत

आइतबार, १६ पुष २०७४

कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई चितवन साहित्य परिषदले पुरस्कृत गरेको छ। संस्थाले लेखनाथ जयन्तीका अबसरमा शनिबार कृष्ण कृष्णा साहित्य पुरस्कार प्रदान गरेको हो।

ट्रेलरमा ‘ए सोल्टीनी’

ट्रेलरमा ‘ए सोल्टीनी’

आइतबार, १६ पुष २०७४

सोल्टा सोल्टीको प्रेमकथामा बनेको  फिल्म ‘ए सोल्टिनी’को ट्रेलर र फस्र्टलुक सार्वजनिक भएको छ । निमा लामा तामाङ निर्देशित फिल्मको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फस्र्टलुक, गीत र ट्रेलर सार्वजनिक गरिएको हो ।दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

वैशाखमा आउँदै लाउरे

वैशाखमा आउँदै लाउरे

आइतबार, १६ पुष २०७४

पप गायक नरेन लिम्बूको अभिनयमा डेब्यु रहेको फिल्म ‘लाहुरे’ले प्रदर्शन मिति घोषणा गरेको छ ।  दुर्गिस फिल्मसको ब्यानरमा निर्माण भएको पाँचौं फिल्म ‘लाहुरे’ आगामी नयाँ वर्षको छेको पारेर वैशाख २८ मा रिलिज हुने भएको छ ।

पद्मावतीको नाम परिवर्तन गर्न सेन्सरको सुझाव

पद्मावतीको नाम परिवर्तन गर्न सेन्सरको सुझाव

शनिबार, १५ पुष २०७४

सुटिंगदेखि नै विवादमा पर्दै आएको भारतीय फिल्म ‘पद्मावती’को नाम परिवर्तन गर्न सेन्सर बोर्डले सुझाव दिएको छ।

'लिलीबिली’को गीत स्तानबुलमा छायांकन

'लिलीबिली’को गीत स्तानबुलमा छायांकन

शुक्रबार, १४ पुष २०७४

नेपाली फिल्म ‘लिलीबिली’को टिम अन्तिम चरणको छायाँकनका लागि टर्की पुगेको छ । टर्कीको स्तानबुल शहरमा सो फिल्मको छायांकन भइरहेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

अमेरिकाबाट मैले जीवन बुझेँ : अभिनेत्री नकर्मी

शुक्रबार, १४ पुष २०७४

मलाई मनपर्ने सहर फ्रान्सको पेरिस हो । केही समयअघि म त्यहाँ पुगेकी थिएँ । धेरै पहिलेदेखि पेरिस पुग्ने धोको थियो । आफूलाई मनपर्ने सहर घुम्न पाउँदा ज्यादै खुसी लाग्यो ।