हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

आइतबार, ०९ साउन २०७३

उसेन बोल्टले लन्डन डाइमन्ड लिगको २ सय मिटरमा स्वर्ण जित्दै आफूलाई प्रमाणित गरेका छन्। तर, अमेरिकी धाविका केन्द्रा ह्यारिसनले २८ वर्षदेखि स्थापित विश्व कीर्तिमान तोडेपछि जमैकन धावक छायाँमा परेका थिए।

जर्जीनो लिभरपुलमा अनुबन्धित

जर्जीनो लिभरपुलमा अनुबन्धित

शनिबार, ०८ साउन २०७३

नेदरल्याण्डका मिडफिल्डर जर्जीनो विजालडम इङलिस प्रिमियर टोली लिभरपुलमा अनुबन्धन भएका छन् । २५ वर्षीय जर्जीनोलाई लिभरपुलले अर्को प्रिमियर टोली न्युकासल युनाइटेडबाट २५ मिलियन युरोमा अनुबन्धन गरेको हो ।सम्झौता अनुसार हाललाइै उनलाई क्लबले २३ मिलियन युरो दिने छ भने उनको प्रर्दशन हेरेर २ मिलियन युरो थप गर्ने बताइएको छ ।

मेसीप्रति इनरिकेको विश्वास

मेसीप्रति इनरिकेको विश्वास

शनिबार, ०८ साउन २०७३

बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले लियोलन मेसीको गृष्मकालीन विदा केही कठिन मोडबाट गुजि्रए पनि नयाँ सिजनमा उनी पहिलेको जस्तै उत्साहित रूपमा फर्कने बताएका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा फर्कने विषयलाई उनले अस्विकार गरेनन्।

रियो जानेलाई सेनाको सम्मान

रियो जानेलाई सेनाको सम्मान

शनिबार, ०८ साउन २०७३

रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा प्रशिक्षकलाई नेपाली सेनाले शुक्रबार हौसलास्वरुप नगदसहित शुभकामना प्रदान गरेको छ। व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूमाझ सेनाले मुख्यालय भद्रकालीमा ओलम्पिकमा सहभागिता जनाउने ७ खेलाडी र ५ प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ हौसलास्वरुप प्रदान गर्‍यो।

महिला क्रिकेट छनोट आजबाट

शनिबार, ०८ साउन २०७३

आइसिसी महिला विश्वकप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद(राखेप)ले पाँच सदस्यीय छनोट कमिटी बनाएको छ। छनोट समितिले साउन अन्त्यतिर सुरु हुने बन्द प्रशिक्षणलाई खेलाडी छनोट गर्नेछ। कमिटीमा जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, प्रदीपजंग पाण्डे र विनायक पोखरेल छन्।

इङ्ल्यान्ड प्रशिक्षकमा एलार्डिस

इङ्ल्यान्ड प्रशिक्षकमा एलार्डिस

शनिबार, ०८ साउन २०७३

साम एलार्डिस इङ्ल्यान्ड फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। सन्डरल्यान्डलाई क्षतिपूर्ण सर्तमा ६१ बर्षे एलार्डिस प्रारम्भिक रूपमा दुई वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका छन्। उनको नेतृत्वमा गतवर्ष सन्डरल्यान्डले प्रिमियर लिग हैसियत जोगाएको थियो।

मैदानमा फर्किँदै एनआरटी

शनिबार, ०८ साउन २०७३

आठ दशक लामो इतिहास बोकेको न्युरोड टिम (एनआरटी) पुनः प्रतिस्पर्धात्मक फुटबलमा फर्कने भएको छ। साधारणसभाले फुटबल खेलेर क्लब ऋण तिर्न नसक्ने निर्णय गर्दै फुटबलबाट अलग भएको एनआरटी ऋणमुक्त भएर फुटबलमा फर्कन लागेको हो।

एन्ड्रे गोमेज बार्सीलोनामा अनुबन्धित

एन्ड्रे गोमेज बार्सीलोनामा अनुबन्धित

शुक्रबार, ०७ साउन २०७३

बार्सिलाेना— पोर्चुगलका मिडफिल्डर एन्ड्रे गोमेज स्पेनीस क्लब बार्सिलाेनामा अनुबन्धित भएका छन्। रिपाेर्टहरूका अनुसार बार्सिलोनाले २२ वर्षीय गोमेजलाई ४० मिलियन युरोमा अनुबन्धन गरेको औपचारिक घोषणा गरेको हो। गत दुई सिजन स्पेनीस क्लब भ्यालेन्सियामा बिताएका गोमेजले ३० खेल खेल्दै ३ गोल गरेका थिए।

नवयुग र फुपुल्हामु वर्ष खेलाडी

नवयुग र फुपुल्हामु वर्ष खेलाडी

शुक्रबार, ०७ साउन २०७३

पल्सर स्पोर्टस अवार्ड–२०७२ का ९ मध्ये ६ विधाको अवार्ड फुटबलले जितेको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा स्ट्राइकर नवयुग श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी पुरुष रजुडोकी फुपुल्हामु खत्री महिलातर्फ विजेता बनेका छन्।

ललितलाई विशेष सम्मान

ललितलाई विशेष सम्मान

शुक्रबार, ०७ साउन २०७३

हाँसेरै संसार जित्न सकिन्छ। सायद, त्यस्तै लाग्थ्यो ललितकृष्ण श्रेष्ठलाई। त्यसैले मुस्कुराइदिन्थे आलोचकका माझमा पनि। उनी 'मिलनसार' शब्दको पर्यायवाची थिए। त्यही स्वभावले विरोधीको बोली बन्द हुन्थ्यो।

सीताको साहस

सीताको साहस

शुक्रबार, ०७ साउन २०७३

एउटा हात गुमाएकी सीता भण्डारी बिहीबार राजधानीमा पल्सर पारा एथलिट अवार्डबाट सम्मानित भएकी छन्। उनले दोलखाको दुर्गम गाउँ मेरुङबाट आएर पारा तेक्वान्दोमा कीर्तिमानी सफलता पाएकी थिइन्।

सातौं राष्ट्रिय खेलमा ३२ खेल

शुक्रबार, ०७ साउन २०७३

पूर्वाञ्चलमा मंसिरमा हुने तय गरिएको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्णय गरेको छ।  राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको  राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले खेल संख्या तय गरेको थियो।

खेल सम्झेर जो चोट भुल्छन्

खेल सम्झेर जो चोट भुल्छन्

शुक्रबार, ०७ साउन २०७३

फुटबल नै जीवन, जीवन नै फुटबल– श्रीराम रञ्जितकारले आफ्नो फुटबलप्रेमलाई जीवनकै अभिन्न पक्ष नबनाइदिएका भए सायदै उनको परिचय परिवार र टोलभन्दा बाहिर टाढाटाढा फैलने थियो। जीवनको धेरैजसो समय यही खेलका लागि खर्चेका उनले यसैलाई आफ्नो परिचयको निविर्कल्प पक्ष मान्नु त्यसैले पनि अन्योन्याश्रित हुँदैन।

नवयुग श्रेष्ठ वर्ष खेलाडी घोषित, नमितालाई पिपुल च्वाइस अवार्ड (फाेटाेहरू)

नवयुग श्रेष्ठ वर्ष खेलाडी घोषित, नमितालाई पिपुल च्वाइस अवार्ड (फाेटाेहरू)

बिहिबार, ०६ साउन २०७३

काठमाडौं— राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्। राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्।

क्रिकेट उकास्न पुनःसंरचना

क्रिकेट उकास्न पुनःसंरचना

बिहिबार, ०६ साउन २०७३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बैठक सामान्यतया दुबईमा हुने गर्छ। तर यसपालिको वार्षिक बैठक दुई साताअघि आयरल्यान्डको इडिनबरामा भयो। यो चाँडै क्रिकेटलाई माथि उकास्ने उद्देश्यमा गरिएको ठूलो परिवर्तनको संकेत हुनसक्छ।

पल्सर स्पोर्टस् अवार्ड आज

बिहिबार, ०६ साउन २०७३

नेपाली खेलकुदमा सक्रिय युवा देखि पुराना पुस्ताका खेलाडी,प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ बिहीबार आयोजना हुँदैछ। अवार्डको सम्पूर्ण तयार पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

प्रभाव जमाएका स्पिनर

प्रभाव जमाएका स्पिनर

बिहिबार, ०६ साउन २०७३

नेपाली क्रिकेटमा छोटो समयमा प्रभाव पार्न सफल खेलाडी हुन्, सन्दीप लामिछाने। एकवर्षमा यु–१९ देखि राष्ट्रिय टोलीसम्म यात्रा गर्दा उनले केही स्मरणीय प्रदर्शन गरेका छन्। नेपाली टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके विभिन्न जिल्ला भ्रमण सकेर राजधानी फर्कनेक्रममा चितवन ओर्लिए।

टेबलटेनिस संघको चुनावमा विवाद

बिहिबार, ०६ साउन २०७३

प्रतिनिधि छान्ने विवादपछि अखिल नेपाल टेबलटेनिस संघको छैटौं साधारणसभा बुधबार बन्द सत्रमा प्रवेश नै नगरी स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खटाएको निर्वाचिन समिति प्रमुख डेमबहादुर बस्नेतले प्रतिनिधिका विषयमा विवाद परेको कारण देखाउँदै सूचना जारी गरी साधारणसभा स्थगित गरिएको जनाएका छन्।

सोफियालाई पाँच स्वर्ण

सोफियालाई पाँच स्वर्ण

बिहिबार, ०६ साउन २०७३

रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा अन्तिम दिन बुधबारदुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्।

रेफ्रीलाई सम्मान गर्न चेतावनी

रेफ्रीलाई सम्मान गर्न चेतावनी

बिहिबार, ०६ साउन २०७३

नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ (एफए), प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।