मेसीको संन्यासले रोनाल्डो निराश

मेसीको संन्यासले रोनाल्डो निराश

शुक्रबार, १७ असार २०७३

ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई नराश बनाएको बताएका छन्।

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा

शुक्रबार, १७ असार २०७३

स्पेनिस मुख्य प्रशिक्षक भिसेन्ट डेल बोश्किले पदबाट राजीनामा दिएका छन्। डेल बोश्किले स्पेनको आरएनइ रेडियोसँग कुरा गर्दै आफ्नो अब स्पेनिस मुख्य प्रशिक्षकमा रहिरहने कुनै सोच नभएको बताएका हुन्।

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

पोल्याण्डलाई ट्राइब्रेकरमा पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा

शुक्रबार, १७ असार २०७३

फ्रान्समा जारी युरो कप २०१६ को पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइब्रेकरमा ५—३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ।

स्वर्णिम क्षणकाे पर्खाइ

स्वर्णिम क्षणकाे पर्खाइ

शुक्रबार, १७ असार २०७३

वेल्सका प्रभावशाली स्टार गारेथ बेल र पुनर्ताजगी पाएका बेल्जियमका स्टार इडेन हाजार्डले शुक्रबार लिलेमा हुने युरोपियन च्याम्पिनयसिपको क्वार्टरफाइनलमा आ–आफ्नो देशको स्वर्णिम पुस्ताको नेतृत्व गर्दा इतिहासले विजेताको प्रतीक्षा गरिरहेको हुनेछ ।

जर्ननी विरुद्ध डी रोसी नहुने

जर्ननी विरुद्ध डी रोसी नहुने

शुक्रबार, १७ असार २०७३

इटालीका मिडफिल्डर डानियल डी रोसीले चोटका कारण युरोपियन च्याम्पियनसिप क्वार्टरफाइनलअन्तर्गत शनिबार विश्व च्याम्पियन जर्मनीविरुद्ध हुने खेल गुमाउने निश्चितजस्तै भएको इटालियन मेडिकल टोलीले जनाएको छ

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

कप्तानबिनै ब्राजिली फुटबल टोलीको घोषणा

बिहिबार, १६ असार २०७३

रियो दि जेनेरियो– ब्राजिलियन फुटबल एसोसिएसनले आसन्न रियो ओलम्पिकका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ। घोषित टोलीमा कप्तान भने छनोट गरिएको छैन।

अर्जेन्टिनी फुटबल झन् समस्याग्रस्त

अर्जेन्टिनी फुटबल झन् समस्याग्रस्त

बिहिबार, १६ असार २०७३

बियोनस आरिस– विश्व फुटबल स्टार लियोनल मेसीले सन्यास घोषणा गरेसँगै समस्यातर्फ धकेलिएको अर्जेन्टिनाको फुटबल समस्या अझ गहिरिँदै गएको छ। अर्जेन्टिनी फुटबल एशोसिएशन (एएफए) अध्यक्ष लुइस सेगुराले अध्यक्ष पदबाट राजिनामा दिएपछि अवस्था झन् नाजुक बनेको हो।

रक्षात्मकविरुद्ध आक्रामक

रक्षात्मकविरुद्ध आक्रामक

बिहिबार, १६ असार २०७३

फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपमा पोल्यान्डको रक्षात्मक प्रदर्शन निकै उत्साहजनक छ। रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनको प्रेरणामा टोलीले चार खेलमा एक गोलमात्र खाएर युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ।

मैदानभित्रका सच्चा नायक

मैदानभित्रका सच्चा नायक

बिहिबार, १६ असार २०७३

पोल्यान्डले युरो २०१६ को अन्तिम १६ मा स्विट्जरल्यान्डलाई हराएर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेपछि लुकास फाबियान्स्कीले खुसी लुकाएनन्। सधैं सोचमग्न देखिइरहने लजालु स्वभावका फाबियान्स्की खुलेर खुसी मनाइरहेको दृश्य साँच्चै दुर्लभ र रमाइलो थियो।

आँकलन यस्तो ?

आँकलन यस्तो ?

बिहिबार, १६ असार २०७३

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ। तर, फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल समीकरण पूरा हुँदा भने इतिहासका आधारमा गरिएको आँकलन एउटा खेलमा असफल भएको छ।

अस्ट्रियाका कप्तानको संन्यास

अस्ट्रियाका कप्तानको संन्यास

बिहिबार, १६ असार २०७३

अस्ट्रियाका कप्तान क्रिस्टियन फचसले बुधबार ३० वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। टोली युरोपियन च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको एक सातापछि फचसले यस्तो निर्णय लिएका हुन्।

आर्मी यु-१८ च्याम्पियन

आर्मी यु-१८ च्याम्पियन

बिहिबार, १६ असार २०७३

त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आर्मीले जगदम्बा लुम्बिनी फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हरायो।निर्धारित समय दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।

एपिएफद्वारा उपाधि रक्षा

एपिएफद्वारा उपाधि रक्षा

बिहिबार, १६ असार २०७३

सरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

मेसीले निर्णयमा पुनःविचार गर्ने स्वारेजकाे विश्वास

मेसीले निर्णयमा पुनःविचार गर्ने स्वारेजकाे विश्वास

बुधबार, १५ असार २०७३

उरुग्वे— बार्सिलोना स्ट्राइकर लुइस स्वारेजले अर्जेन्टिनी कप्तान लियोनल मेसीले हालै गरेको सन्यास घोषणाको निर्णयमा पुनःविचार गर्नुपर्ने बताएका छन्। उरुग्वेका प्रभावशाली खेलाडी स्वारेज मेसीसँगै बार्सिलोना क्लबबाट खेल्छन्।

मेसीको प्रतिमा सार्वजनिक

मेसीको प्रतिमा सार्वजनिक

बुधबार, १५ असार २०७३

र्नेन्टिनाको राजधानी बियोनस आरिसमा लियानेल मेसीको प्रतिमा सार्वजनिक गरिएको छ । मेसीले अन्तराष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेको एक दिनपछि नै त्यहाँका मेयर राड्रिग्वेन लोरेटाले उनको प्रतिमा सार्वजनिक गरेका हुन्।

आइसल्यान्डको छलाङ

आइसल्यान्डको छलाङ

बुधबार, १५ असार २०७३

उनीहरूसँग अगाडि बढ्ने सम्भावना बाँकी छ भनेर कसैले सोचेका थिएनन्, तर आइसल्यान्डले सोमबार राति विश्व फुटबलकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा हासिल गर्ने क्रममा इङ्ल्यान्डमाथि रवाफ जमाउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

स्पेनले इटालीको शैलीबुझेन

बुधबार, १५ असार २०७३

स्पेन दुईपटकको साबिक विजेता हो भने २०१० को पनि विश्वविजेता टोली हो । उनीहरूको विशेषता भनेको ‘टिकी टाका’ फुटबल शैली हो।

मेसीलाई फर्कन राष्ट्रपति र म्याराडोनाको आग्रह

बुधबार, १५ असार २०७३

ब्युनस आयर्स– अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोना र राष्ट्रपति माउरियो मास्र्रीले सोमबार लियोनल मेसीलाई राष्ट्रिय टोली नछाड्न आग्रह गरेका छन्।

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

मङ्गलबार, १४ असार २०७३

युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्।

हाजार्डको प्रदर्शनलाई फुलमार्क

हाजार्डको प्रदर्शनलाई फुलमार्क

मङ्गलबार, १४ असार २०७३

बेल्जियम युरोपियन च्याम्पियनसिपमा भएका सर्वोत्कृष्ट टिममध्ये एक हो। फिफा विश्व वरियताक्रमको दोस्रो स्थानमा रहेर टोलीले फ्रान्सयात्रा थालेको थियो। बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्ससँग सबै पोजिसनमा विश्वका एकसेएक स्टार खेलाडीको साथ छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।