भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

सोमबार, २७ कार्तिक २०७४

नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।

भारतविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

भारतविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

आइतबार, २६ कार्तिक २०७४

एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतमाथि १९ रनको जित दर्ता गरायो। नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई निराश पारेको थियो।

भारतमाथि नेपालकाे एेतिहासिक जित

आइतबार, २६ कार्तिक २०७४

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक विजय हासिल गरेको छ । मलेसियामा आइतबार भएको खेलमा टस हारेर व्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

आइतबार, २६ कार्तिक २०७४

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

नेपालको सम्मानजनक प्रदर्शन

नेपालको सम्मानजनक प्रदर्शन

आइतबार, २६ कार्तिक २०७४

एसिसी यु–१९ युथ एसिया कपमा मोहम्मद नेम शेखको अर्धशतकप्रेरित बंगलादेशसँग शनिबार नेपाल डर्कवर्थ लुइस पद्धतिका आधारमा २ विकेटले पराजित भएको छ ।

रुस विश्वकपमा इटाली नछानिने खतरा

रुस विश्वकपमा इटाली नछानिने खतरा

आइतबार, २६ कार्तिक २०७४

इटालीका प्रशिक्षक जियान पिइरो भेन्टुराले शुक्रबार प्लेअफको पहिलो लेगमा स्विडेनसँग १–० को नतिजामा पराजित भए पनि चार पटकको च्याम्पियन अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने विश्वास व्यक्त गरेका छन् ।

माथिल्लो मूलपानी मैदान सञ्चालनमा

आइतबार, २६ कार्तिक २०७४

बहुप्रतीक्षित मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदान सञ्चानलनमा आएको छ । शनिबार सम्पन्न सदस्यसचिव ११ र भेट्रान ११ बीचको मैत्रीपूर्ण खेलसँगै मैदान औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त (भिडियो)

शनिबार, २५ कार्तिक २०७४

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार ८ देशका रेस्लरहरु एक आपसमा भिडे। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा उनीहरु भिडेका हुन्। उक्त प्रतियोगितामा नेपालसहित ८ देशका २१ रेस्लरले सहभागिता जनाएका थिए।

बंगलादेशसँग नेपाल दुई विकेटले पराजित

शनिबार, २५ कार्तिक २०७४

एसीसी अन्डर १९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २ विकेटले पराजित भएको छ। वर्षाले ४३ ओभरमा छोट्याईएको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो। नेपालले ४०.१ ओभरमा ६ विकेट गुमाई १६७ रन बनाउँदा पुनः पानी परेपछि डिएल नियम अनुसार बङ्लादेशलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो।

साग अन्योलमा घलेको चिन्ता

साग अन्योलमा घलेको चिन्ता

शनिबार, २५ कार्तिक २०७४

‘वास्तबमा यस्तो ठूलो अन्तर्राष्ट्रिय खेलमेला फरक क्षेत्रमा लगेर भविश्यसम्मका लागि पूर्वाधार काम लाग्नेगरी बनाएर गर्नुपर्ने हो । तर वर्तमान स्थितीले हामीसँग विकल्प छैन । यसपाली टालटुले पारामा गरेर अर्को संस्करणका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला र खेल कम्प्लेक्स बनाउनुपर्छ ।’

शंकटमा युडिटिसीको भविश्य

शंकटमा युडिटिसीको भविश्य

शनिबार, २५ कार्तिक २०७४

केही महिनाअघि आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको खेलका लागि हङकङ उडेको नेपाली टोलीका लागि भ्रमण सुखद हुन सकेन । तर तिब्र गतिका बलर करण केसीको प्रदर्शनले दर्शकको मन जित्यो ।

प्रतिस्पर्धात्मक नतिजाको अपेक्षामा नेपाल

प्रतिस्पर्धात्मक नतिजाको अपेक्षामा नेपाल

शनिबार, २५ कार्तिक २०७४

एसिसी यु–१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो । बंगलादेश यु–१९ टोलीविरुद्धको तीन अभ्यास खेलमध्ये नेपालले पहिलो दुईमा पराजय भोगे पनि अन्तिम खेलमा ६ विकेटको विजय हासिल गरेको थियो ।

बलियो चुनौती पेस गर्ने विश्वास

बलियो चुनौती पेस गर्ने विश्वास

शुक्रबार, २४ कार्तिक २०७४

नेपाली युवा टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अभ्यास खेलमा जस्तै एसिसी यु–१९ युथ एसिया कपमा बलियो चुनौती पेस गर्ने विश्वास लिएका छन् ।

शिवरामलाई सेन्ट्रल ओपन उपाधि

शुक्रबार, २४ कार्तिक २०७४

नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बिहीबार अन्तिम दिन १ अन्डर ७१ खेल्दै २२ अन्डर २ सय ६६ को प्रभावशाली स्कोरका साथ सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिमा कब्जा जमाएका छन् ।

माथिल्लो क्रिकेट मैदान तयार

शुक्रबार, २४ कार्तिक २०७४

वर्षअघिदेखि निर्माण सुरु गरिएको माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्नका लागि तयार भएको छ । विनयराज पाण्डे नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष भएको बेला मूलपानीमा क्रिकेट मैदानको निमार्ण कार्य सुरु गरिएको थियो । तर विविध कारणले मैदानमा निर्माणमा ढिलाइ हुँदै आएको थियो ।

एनसिसीको दोहोरो जित

शुक्रबार, २४ कार्तिक २०७४

सचिन गुप्ता र सुवास कँुवरले उत्कृष्ट ब्याटिङ गरेपछि एनसिसी बंैकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा बिहीबार दोहोरो जित हासिल गरेको छ ।

नेपाललाई निराशाजनक नतिजा

नेपाललाई निराशाजनक नतिजा

बिहिबार, २३ कार्तिक २०७४

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

शिवरामको अग्रता यथावत्

बिहिबार, २३ कार्तिक २०७४

नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बुधबार तेस्रो दिन ६ अन्डर ६६ खेल्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा अन्तिम दिनको खेलअघि निकट प्रतिद्वन्द्वी सूर्यप्रसाद शर्मामाथि १५ स्ट्रोकको आरामदायी अग्रता लिएका छन् ।

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन

बुधबार, २२ कार्तिक २०७४

अन्तराष्ट्रिय क्षेत्रमा नेपालकाे नाम उच्च राखेको भन्दै धनकुटाका तीन तेक्वान्दो खेलाडीलाई अभिनन्दन गरिएको छ । तेक्वान्दो डोजाङ्ग हिलेको आयोजनामा सम्पन्न भएको अभिनन्दनमा धनकुटा १ हिलेका बिनिता घिमिरे, सुनिता तामाङ्ग र धनकुटा राजारानीका शुक्र बिकलाई हिले बजार परिक्रमा गराई अभिनन्दन गरिएको हो ।

यु–१९ क्रिकेट टोली मलेसियातर्फ

बुधबार, २२ कार्तिक २०७४

एसिसी यु–१९ युथ एसिया कपका लागि नेपाली युवा टोली मंगलबार राति मलेसिया प्रस्थान गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले मलेसिया जानुअघि बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो ।  बंगलादेश भ्रमणमा गएको नेपाली टोली कात्तिक १६ गतेको पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको थियो भने १८ गतेको दोस्रो खेलमा १ सय २३ रनले हारेको थियो । १९ गतेको अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विकेटले विजयी भएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।