तेस्रो अभ्यासमा नेपाल विजयी

तेस्रो अभ्यासमा नेपाल विजयी

सोमबार, २० कार्तिक २०७४

मोहम्मद आसिफ शेखले आक्रामक ब्याटिङ गरेपछि एसिसी यु–१९ युथ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली यु–१९ टोलीले तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको विजय हासिल गरेको छ।

अन्नपूर्ण पदमार्गमा साइकल दौड सुरु

आइतबार, १९ कार्तिक २०७४

विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता लम्जुङको बँेसीशहरबाट शुरु भएको हो।

नेपालले बंगलादेशलाई हरायो

नेपालले बंगलादेशलाई हरायो

आइतबार, १९ कार्तिक २०७४

एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली युवा टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ । आज भएको अन्तिम अभ्यास खेलमा नेपालले बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो।

अभ्यासमा नेपालको अर्को हार

अभ्यासमा नेपालको अर्को हार

आइतबार, १९ कार्तिक २०७४

एसिसी यू–१९ युथ एसिया कप तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोली शनिबार दोस्रो अभ्यास खेलमा बंगलादेशको यु–१९ टोलीसँग १ सय २३ रनले पराजित भएको छ।

आर्मी टिम च्याम्पियन

आइतबार, १९ कार्तिक २०७४

१७औं सिनियर तथा १०औं जुनियर आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ।  नुवाकोटमा भएको प्रतियोगिताको सिनियरतर्फ आर्मीले ८ स्वर्ण, ५ रजत र १ कांस्य पदकसहित टिम च्याम्पियनसिप जित्यो । समान ६ स्वर्ण र रजत तथा  ३ कांस्य पदक जितेको एपीएफ क्लब दोश्रो, २ स्वर्ण, ७ रजत र ३ कांस्य जितेको पश्चिमाञ्चल तेश्रो भए।

नेपाली खेलाडी असफल

आइतबार, १९ कार्तिक २०७४

भियतनामको हो चि मिन शहरमा भैरहेको एसियन वुमन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पदक जित्न असफल भएकी छिन्।

नेपालको छनोट सम्भावना समाप्त

आइतबार, १९ कार्तिक २०७४

अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ।

इभ्रामाथि प्रतिबन्ध

इभ्रामाथि प्रतिबन्ध

शनिबार, १८ कार्तिक २०७४

युरोपेली फुटबल संघ युइएफएको अनुसन्धान कमिटीले शुक्रबार मार्सेलका भेट्रान रक्षक प्याट्रिक इभ्रामाथि एक खेलको प्रतिबन्ध लगाउँदै तत्काल उनीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

व्यावहारिक सम्भावना समाप्त

व्यावहारिक सम्भावना समाप्त

शनिबार, १८ कार्तिक २०७४

किर्गिस्तानको बिस्केकस्थित ओर्मुजाकोभ रंगशालामा लगातार दुई पराजय भोगेपछि नेपाली युवा टोलीको एएफसी यु–१९ च्याम्पियनसिपमा छनोट हुने व्यावहारिक सम्भावना सकिइसकेको छ।

टोटेनह्याम अन्तिम १६ मा

टोटेनह्याम अन्तिम १६ मा

शुक्रबार, १७ कार्तिक २०७४

डिले अलीको गोलबाट अग्रता लिएको टोटेनह्यामले उनकै गोलबाट अग्रता दोब्बर पार्‍यो । रियालका लागि क्रिस्टियानो रोनाल्डोले सान्त्वना गोल गर्नुअघि घरेलु टोलीका लागि क्रिस्टियन इरिक्सनले तेस्रो गोल थपेका थिए । जितसँग समूह ‘एच’ मा रहेको माउरिसियो पोचेट्टिनोको टोलीले दुई खेलअघि नै नकआउट चरणमा स्थान पक्का ग¥यो । साबिक विजेता रियालले अर्को खेल कुर्नुपर्ने भएको छ।

नेपाल फेरि पराजित

शुक्रबार, १७ कार्तिक २०७४

एएफसी यु–१९ च्याम्पियनसिप छनोट फुटबलमा नेपालले लगातार दोस्रो खेलमा हारको सामना गरेको छ ।  बिहीबार १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गर्दा नेपाल बहराइनसँग ४–० ले पराजित भयो।

अभ्यास खेलमा नेपालकाे हार

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटको तयारी गरिरहेको नेपाली टोली बिहीबार अभ्यास खेलमा बंगलादेश यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको छ।  एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन्।

बुङताङ  सेमिफाइनलमा

शुक्रबार, १७ कार्तिक २०७४

पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बहराईनसँग नेपाल २-० ले पराजित (अपडेट)

बहराईनसँग नेपाल २-० ले पराजित (अपडेट)

बिहिबार, १६ कार्तिक २०७४

एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट खेलको आफ्नो दोस्रो खेलमा नेपालले आज बहराईनसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो खेलमा कीर्गिस्तानसँग २–० ले पराजित भएको नेपाली टोलीले आज दोश्रो खेलमा बहराईनसँग खेलिरहेको हो।

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

बिहिबार, १६ कार्तिक २०७४

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

छात्रा युगलमा नेपाललाई उपाधि

बिहिबार, १६ कार्तिक २०७४

प्रेरणा कोइराला र सलोनी तामाङको नेपाली जोडीले बुधबार केशा ग्रुप एएनएलटिए यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत छात्रा युगलतर्फको उपाधि जितेका छन् ।

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

बिहिबार, १६ कार्तिक २०७४

युरोपा लिगअन्तर्गत बिहीबार रेड स्टार बेलग्रेडको सामना गर्दा आर्सनल स्पष्ट तीन अंक हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

बिहिबार, १६ कार्तिक २०७४

शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

बुधबार, १५ कार्तिक २०७४

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

बुधबार, १५ कार्तिक २०७४

नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।