जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

बिहिबार, ३० असार २०७३

मेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्। उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।

राजाहरू त्राहिमाम्

राजाहरू त्राहिमाम्

बिहिबार, ३० असार २०७३

जंगलको राजा सिंह जंगलभित्रै डराउनु रोचक सुनिन्छ । त्यसमाथि सिंहको पूरै झुण्ड डराएर रूखमा बास बस्न पुगेको समाचार अझ रोचक लाग्छ । यस्तै अनौठो घटना तान्जानियामा घटेको छ ।

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

बिहिबार, ३० असार २०७३

न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

फेसबुक लाइभकै बेला गोली हानियो

फेसबुक लाइभकै बेला गोली हानियो

बिहिबार, ३० असार २०७३

नर्थफल्कमा तीन जना एउटा कारमा बसेर चुरोट खादैँ,गीत गाउँदै स्मार्टफोनमार्फत फेसबुकमा लाइभ भिडियो स्ट्रिमिङ गर्दै रमाइलो गरिरेका थिए।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

बिहिबार, ३० असार २०७३

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

बुधबार, २९ असार २०७३

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्पmबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

‘टापु चीनको हैन’

‘टापु चीनको हैन’

बुधबार, २९ असार २०७३

अन्तर्राष्ट्रिय विशेष इजलासले दक्षिणी चीन टापुको मुद्दामा चीनको विपक्षमा फैसला गरेको छ । विशेष इजलासले फिलिपिन्सको पक्षमा फैसला गर्दै समुन्द्रमा चीनको अधिकार प्रमाणित गर्ने प्रमाण नभएको जिकिर गरेको हो । अदालतले गरेको फैसलाले चीनले फिलिपिन्स सम्प्रभुतामाथि हस्तक्षेप गरेको पनि बताएको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मे बन्ने निश्चित

बेलायती प्रधानमन्त्री टेरेसा मे बन्ने निश्चित

सोमबार, २७ असार २०७३

लन्डन- बेलायतको सत्तारुढ दल कन्जरभेटीभ दलको नेतामा टेरेसा मे निर्विरोध भएकी छन्। उनकी एकमात्र प्रतिष्पर्धी आन्द्रिया लिड्समले आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेता भएको औपाचारिक रुपमा घोषणा गरिएको हो।

गर्भवती महिलाकालागि सार्वजनिक यातायातमा अलर्टको  व्यवस्था

गर्भवती महिलाकालागि सार्वजनिक यातायातमा अलर्टको व्यवस्था

सोमबार, २७ असार २०७३

दक्षिण कोरियाले बुसान सहरमा गरेको सफल परीक्षणपछि गर्भवती महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा सिटको व्यवस्थाकालागि ब्लुटुथ–पावर सिस्टमको गोजना अघि बढाउने भएको छ।

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

सोमबार, २७ असार २०७३

भारत प्रशासित क्षेत्र काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुग्नुका दुई सय भन्दा बढी मानिस घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्।

चर्चित फुटबल खेलाडी पेलेले गरे तेस्रो विवाह

चर्चित फुटबल खेलाडी पेलेले गरे तेस्रो विवाह

आइतबार, २६ असार २०७३

ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवहा गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

आइतबार, २६ असार २०७३

दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो।त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

शंकास्पद व्यक्तिको घरमा बम भेटियोःप्रहरी

शंकास्पद व्यक्तिको घरमा बम भेटियोःप्रहरी

शनिबार, २५ असार २०७३

डल्लास हमलामा संलग्न भनिएका व्यक्तिको घरमा बम बनाउन प्रयोग गरिने सामाग्री, राइफल तथा अन्य हातहतियार भेटिएको प्रहरी अधिकारहरुले बताएका छन्।

उत्तर कोरियाद्वारा  आणविक मिसाइल परिक्षण

उत्तर कोरियाद्वारा आणविक मिसाइल परिक्षण

शनिबार, २५ असार २०७३

दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले पाण्डबी हतियार परिक्षण गरेको जनाएका छन्। कोरिया महाद्विपको समुद्रमा उक्त मिसाइल स्थानीय समय अनुसार ११ः३० मा उक्तर कोरियाको सिन्पो पोर्टबाट परक्षण गरिएको उनीहरुले बताए।

महिला सक्षरता बढाउन प्रविधिको भुमिका महत्वपूर्ण

महिला सक्षरता बढाउन प्रविधिको भुमिका महत्वपूर्ण

शुक्रबार, २४ असार २०७३

लण्डन—बेलायतको अन्तराष्ट्रिय विकास विभागले विश्वभरका गरिबिको रेखामुनी रहेका १ लाख ७५ हजार महिलालाई शिक्षित बनाउने उदेश्यले एकसय मिलियन युरो दिने घोषणा गरेको छ।

अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

शुक्रबार, २४ असार २०७३

अमेरिकाको डल्लासमा प्रदर्शनकारीको गोलीबाट चार प्रहरी अधिकारीको मृत्यु भएको छ। प्रहरीले दुई अश्वेत जातिका मानिसको गोली हानी हत्या गरेको भन्दै उनीहरुले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए।

मुसासँग सर्प पराजित

मुसासँग सर्प पराजित

बिहिबार, २३ असार २०७३

अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

बिहिबार, २३ असार २०७३

बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

बेलायत इयूबाट बाहिरिनु मुख्य कारण मूल्य वृद्धि

बेलायत इयूबाट बाहिरिनु मुख्य कारण मूल्य वृद्धि

बिहिबार, २३ असार २०७३

अमेरिकी कम्पियुटर उत्पादक कम्पनी डेल र चाइनिज स्मार्टफोन कम्पनी वान प्लसले बेलायतमा आफ्नो उत्पादको मूल्य वृद्धि गर्ने बताएकाछन्। उनीहरुले मूल्य बढ्नुको प्रमुख कारण बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनु रहेको पनि बताएका छन्। बेलायतमा आफ्नो उत्पादन पुर्याइरहेका अन्य कम्पनीले पनि चाँडै नै आफ्नो उत्पादको मूल्य बढाउने बताएका छन्। अर्थबिद्ले भने मूल्य अझै उच्च विन्दुमा पुप्ने बताएका छन्।

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

बिहिबार, २३ असार २०७३

अमेरिकी सरकारले उत्तर कोरीयाली सर्वेच्च नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध लगाएको छ। कोरियाली जनता विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बाराक ओबामाको नेतृत्वको सरकारले उनसहित अन्य दश सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।