साउदीमा २४ घण्टामा तीन आत्मघाती विस्फोट

साउदीमा २४ घण्टामा तीन आत्मघाती विस्फोट

मङ्गलबार, २१ असार २०७३

उदी अरेवियामा बितेको २४ घण्टामा तीन सहरमा शृंखलाबद्ध आत्मघाती बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आत्मघाती विस्फोटका तीन घटना मध्य दुई वटा असफल प्रयास भएका थिए। तेस्रो आक्रमणमा भने चार जना मारिएका छन्। तीनवटै आक्रमण साउदी र पश्चिमेली सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको थियो।

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

थाइ राजाको मस्तिष्क शल्यक्रिया सफल, स्वास्थ्य सुधारोन्मुख

सोमबार, २० असार २०७३

बैंकक—थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा सामान्य सुधार आएको छ। थाइल्याण्डका बयोबृद्ध राजा भूमिबोलको मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी आइतबार निकालिएको थाई राजदरबारले आइतबार बताएको हो।

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने

हाजी तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिइने

सोमबार, २० असार २०७३

रियाद–साउदी अरेवियाले यस वर्षदेखि विश्वको सवै भन्दा धेरै हाजीहरु जम्मा हुने मक्कामा जाने तिर्थयात्रीहरुलाई ई–ब्रास्लेट दिने बताएको छ।

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट

सोमबार, २० असार २०७३

साउदी अरेवियाको जिद्दा शहर नजिक रहेको अमेरिकी वाणिज्य दूतवास नजिकै आत्मघाती विस्फोट गराइएको छ। साउदी सरकारले मंगलबार एक विज्ञप्ति जारी गर्दै विस्फोटको जानकारी दिएको हो ।

इराकमा तीन दिने राष्ट्रिय शोकको घोषणा

सोमबार, २० असार २०७३

बंग्दाद— इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। शनिबार भएका छुट्टा छुट्टै आत्मघाती बम विस्पोटमा परी १२५ जनाको मृत्यु हुनका साथै १५० भन्दा बढी मानिस घाइते भए पछि इराक सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको हो।

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

आइतबार, १९ असार २०७३

बगदाद— इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

तालिवानका नेताले दिए अमेरिकालाई चेतावनी

तालिवानका नेताले दिए अमेरिकालाई चेतावनी

आइतबार, १९ असार २०७३

काबुल—अफगानिस्तानमा सशस्त्र विद्रोही गरिरहेका तालिवानहरुका नेताले अमेरिकालाई आफ्नो ‘पेसा’ रोक्न आग्रह गरेका छन्। तालिवानका नयाँ नेता हैबतुल्लाह अखुन्जादाले आफू सो संगठनको नेता चयन भएपछि पहिलो पटक अमेरिकालाई सो सम्बोधन गरेका हुन्।

आक्रमणकारी आइएसआई नभई स्थनीय चरमपन्थीः बंगलादेशी गृहमन्त्री

आक्रमणकारी आइएसआई नभई स्थनीय चरमपन्थीः बंगलादेशी गृहमन्त्री

आइतबार, १९ असार २०७३

ढाका (बिबिसि)–बंगलादेशका गृहमन्त्री असदुज्जामान खानले शुक्रबार राजधानी ढाकाको एक स्थानीय क्याफेमा भएको हमलामा इस्लामिक स्टेट (आइएसआई)को हात नभई बंगलादेशकै स्थानीय चरमपन्थीको हात भएको बताएका छन्।

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

आइतबार, १९ असार २०७३

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

भारतमा सडक दुर्घटनाबाट प्रतिघण्टा १७ जनाको मृत्यु

आइतबार, १९ असार २०७३

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिब ४०० जनाले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गर्छन् ।

बन्दुकधारीले कब्जामा लिएको क्याफे सेनाको नियन्त्रणमा

बन्दुकधारीले कब्जामा लिएको क्याफे सेनाको नियन्त्रणमा

शनिबार, १८ असार २०७३

ढाका – सेनाले बन्दुकधारीको कब्जामा रहेको भनिएको ढाकाको एक स्थानीय क्याफेलाई पूर्णरुपमा नियन्त्रण लिएको बताएको छ।

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

शनिबार, १८ असार २०७३

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा उग्रवादी समूहले हमला गरेर केही मानिसलाई बन्धक बनाएका छन्।

बलात्कारको भिडियो खिचेर छात्राको यौन शोषण गर्ने म्यानेजर पक्राउ

शुक्रबार, १७ असार २०७३

उत्तर प्रदेश- भारतको उत्तर प्रदेशस्थित एटा भन्ने स्थानमा १५ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा विद्यालयका व्यवस्थापक पक्राउ परेका छन्। बलात्कारको घटना अहिलेको भने होइन अघिल्लो वर्ष २०१५ को हो। सामाजिक सञ्जालमा अहिले त्यतिबेलाको बलात्कार भिडियो भाइरल भएपछि घटना सार्वजनिक भएको हो।

बंगलादेशमा हिन्दू पुजारीको हत्या

शुक्रबार, १७ असार २०७३

ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

काबुलमा फेरि अर्को आत्मघाती विस्फोट, ४० को मृत्यु

बिहिबार, १६ असार २०७३

फगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी ४० प्रहरी जवानको मुत्यु भएको छ।

स्क्यानरमा लिंग

स्क्यानरमा लिंग

बिहिबार, १६ असार २०७३

अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन्।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन्।

समाजसेवामा पोर्नसाइट

समाजसेवामा पोर्नसाइट

बिहिबार, १६ असार २०७३

पोर्नसाइट पनि समाजसेवामा संलग्न भएको समाचार अनौठो लाग्न सक्छ । यस्तै अनौठो घटना हालसालै भएको छ । एउटा पोर्नसाइटले समाजसेवामा निरन्तर सहयोग गर्ने जनाएको छ । वेबसाइट हेरेर भिजिटरले हस्तमैथुन गरेपिच्छे निश्चित रकम समाजसेवाका लागि छुट्याउने वेबसाइट व्यवस्थापनले जनाएको छ ।

राष्ट्रपतिले नै नांगै हुन भनेपछि...

राष्ट्रपतिले नै नांगै हुन भनेपछि...

बिहिबार, १६ असार २०७३

बेलारुसका सामाजिक सञ्जाल अहिले नांगा फोटाले रंगिएका छन् । बेलारुसका राष्ट्रपतिले नै हप्ता दिन अघि त्यहाँका जनतालाई नांगै भएर काम गर्न आग्रह गरेपछि त्यहाँका जनताले राष्ट्रपतिको आदेश शिरोपर गर्दै यस्ता फोटाले सामाजिक सञ्जाल रंगाउन लागेका हुन् । तर राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले यस्तो कुरा जानीजानी भनेका भने होइनन् ।

यहाँहरुलाई नर्कमा स्वागत छ !

यहाँहरुलाई नर्कमा स्वागत छ !

बुधबार, १५ असार २०७३

सोमबार रियो दि जेनेरियोको ग्यालियो अन्तराष्ट्रिय विमानस्थलमा अवतरणपछि आगमन कक्षमा कुरिरहेका सबै यात्रुहरु अचम्मित भए। हातमा नामको कार्ड बोकेर बसेका ट्याक्सि ड्राइभर र हातमा फूल लिएर आफ्ना आफन्त तथा साथीभाईलाई लिन विमानस्थल आएकाको लाइनमा अफ ड्यिूटी प्रहरी एउटा डर लाग्दो ब्यानर लिएरसँगै उभिरहेका थिए। जसमा लेखिएको थियो– नर्कमा यहाँहरुलाई स्वागत छ !

प्रहरीबाट महिलामाथि यौनहिंसा

बुधबार, १५ असार २०७३

मेक्सिकोको प्रहरीले महिलामाथि यौन हिंसा गर्ने गरेको विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।