बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

शनिबार, ०६ माघ २०७४

क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन्।

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

शुक्रबार, ०५ माघ २०७४

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ। शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्।

आयरल्याण्डमा मौसमी ज्वरोबाट २४ को मृत्यु

शुक्रबार, ०५ माघ २०७४

आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन्।

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

शुक्रबार, ०५ माघ २०७४

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ।

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

शुक्रबार, ०५ माघ २०७४

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ। ‘प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,’ एक जना स्थानीय सरकारी अधिकारीले भने।

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएपछि ६ हप्ता बिदामा

न्युजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएपछि ६ हप्ता बिदामा

शुक्रबार, ०५ माघ २०७४

न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्दर्नले शुक्रबार आफू गर्भवती भएको घोषणा गरेकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले आगामी जुन महिनामा पहिलो शिशुलाई जन्म दिनेछिन।

चीनमा जन्मदर घट्यो

शुक्रबार, ०५ माघ २०७४

चीनमा जन्म दर घटेको छ । चीन सरकारले यहाँका सबै दम्पत्ति लाई दुई सन्तान जन्माउने अनुमति दिइएको भए पनि जन्म दरमा भने झनै कमी आएको समाचारमा जनाइएको छ ।

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

शुक्रबार, ०५ माघ २०७४

संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

म्यानमारमा सांसद पक्राउ

शुक्रबार, ०५ माघ २०७४

म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ।

अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

बिहिबार, ०४ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन। उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन।

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

भारतद्वारा अग्नी–पाँचौं ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

बिहिबार, ०४ माघ २०७४

भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ।

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

बिहिबार, ०४ माघ २०७४

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

दोक्लाममा चिनियाँ सेनाको उपस्थिती बढ्दो

दोक्लाममा चिनियाँ सेनाको उपस्थिती बढ्दो

बिहिबार, ०४ माघ २०७४

चीनले विवादित सीमाक्षेत्र दोक्लामको उत्तरी भुभागमा आफ्नो उपस्थिती बढाएको छ। विहीबार सार्वजनिक स्याटलाइट तस्वीरमा चिनियाँ सेना हातहतियारसहित दोक्लामको उत्तरी भुभागमा बसिरहेको पाइएको इकोनोमिक टाइम्सले जनाएको छ।

चीनमा ७ प्रतिशतले बढ्यो आर्थिक वृद्धिदर

चीनमा ७ प्रतिशतले बढ्यो आर्थिक वृद्धिदर

बिहिबार, ०४ माघ २०७४

चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

बिहिबार, ०४ माघ २०७४

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ।  उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियासँग निरन्तर वार्तामा छौं : दक्षिण कोरिया

उत्तर कोरियासँग निरन्तर वार्तामा छौं : दक्षिण कोरिया

बिहिबार, ०४ माघ २०७४

दक्षिण कोरियाले उत्तर कोरियासँग निरन्तर वार्ता भएको बताएको छ ।विश्वमा परमाणु संकट बढिरहेकोले उत्तर कोरियामाथिको प्रतिबन्ध भने फुकुवा नगरिएको दक्षिण कोरियाली विदेश मन्त्रालयले बताएको छ । दक्षिण कोरियाली विदेश मन्त्री गाङ ग्याङ हाले दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता जारी राखेको बताएका हुन् ।

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

बिहिबार, ०४ माघ २०७४

संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

बिहिबार, ०४ माघ २०७४

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र भारत दुवैले मुसलमान अतिवादीको चुनौती सामना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री नेतान्याहुले दुवै प्रजातन्त्रवादी देशले मुसलमान अतिवादीद्वारा हुने हानीविरुद्ध सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरिरहेको सुरक्षासम्बन्धी एक सम्मेलनमा बताएका छन् ।

बौद्धमार्गीको र्यालीमा प्रहरी हस्तक्षेप, सातको मृत्यु

बौद्धमार्गीको र्यालीमा प्रहरी हस्तक्षेप, सातको मृत्यु

बिहिबार, ०४ माघ २०७४

म्यानमारको तनावग्रस्त रखाइन राज्यमा बौद्ध धर्मावलम्बीले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेपी गरि गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कैयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मंगलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने

मर्केलले माक्रोनसँग पेरिसमा वार्ता गर्ने

बुधबार, ०३ माघ २०७४

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्ने भएकी छन्। फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।