सीको रात्रीभोजमा मेलानियाको चिनियाँ गाउन

सीको रात्रीभोजमा मेलानियाको चिनियाँ गाउन

शुक्रबार, २४ कार्तिक २०७४

एघार दिनको एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी प्रथम महिला मेलानिया ट्रम्प चिनियाँ पोशाकमा देखिएकी छिन्। उनी चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको रात्री भोजमा सहभागी हुँदा चिनियाँ पोशाक गुजी गाउनमा देखिएकी हुन्।

भारतीय मूलकी मन्त्रीले दिइन् राजीनामा

भारतीय मूलकी मन्त्रीले दिइन् राजीनामा

बिहिबार, २३ कार्तिक २०७४

बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले राजीनामा दिएकी छन् । उनी इजरायलका नेताहरूलाई अनाधिकृत रूपमा भेटेको भन्र्द विवादमा फरेकी थिइन् ।

यमनी राष्ट्रपति साउदीमा नजरबन्द

बुधबार, २२ कार्तिक २०७४

यमनी राष्ट्रपति अब्दराबुह मन्सुर हादी र उनका छोराहरुसहित यमनका मन्त्री तथा अन्य सरकारी अधिकारीलाई कैयौं महिनासम्म यमन फर्कन नमिल्ने गरी साउदी अरबले घरमै नजरबन्द गरेको यमनी अधिकारीलाई उल्लेख गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

विश्व चर्चित धनाढ्यहरुको गोप्य धन बारे ‘प्याराडाइस पेपर्स’ खुलासा

बुधबार, २२ कार्तिक २०७४

विश्वका विभिन्न धनाढ्य, राज्य प्रमुख, विश्व राजनीतिका विभिन्न चर्चित व्यक्तित्व, मनोरञ्जन दुनियाँ र खेल जगतका विभिन्न व्यक्तिले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ।

अफगानको टेलिभिजनमा हमला

अफगानको टेलिभिजनमा हमला

बुधबार, २२ कार्तिक २०७४

अफगानिस्तानको राजधानी काबुको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी संसद टेलिभिजन स्टेशनमा प्रहरीको भेषमा आएका बन्दुकधारीहरुले मंगलबार आक्रमण गर्दा हमलाकारी सहित पाँच जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

मङ्गलबार, २१ कार्तिक २०७४

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दक्षिण कोरिया पुगेका छन्। राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा एक दिनमात्र बस्ने कार्यतालिका भएकोले यो अवधिमा ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग व्यापार र उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा छलफल गर्ने कार्यतालिका रहेको छ ।

बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

सोमबार, २० कार्तिक २०७४

बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

सोमबार, २० कार्तिक २०७४

साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ।  यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

टेक्सासमा गोली चल्दा २६ को मृत्यु, २० जना घाइते

सोमबार, २० कार्तिक २०७४

अमेरिकी राज्य टेक्सासमा गोली चल्दा २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । टेक्सासको स्प्रिङसस्थित एउटा गिर्जाघरमा आइतबार प्राथना चलिरहँदा अन्धाधुन्द गोली चलेको थियो। घाइते २० जनालाई हेलीकप्टरबाट उद्धार गरिएको जनाइएको छ।

साउदी अरेबियाका ११ राजकुमार पक्राउ

साउदी अरेबियाका ११ राजकुमार पक्राउ

आइतबार, १९ कार्तिक २०७४

भ्रष्ट्राचारको आरोपमा साउदी अरेबियाका ११ राजकुमार, चार बाहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरू पक्राउ परेका छन्।

ट्रम्प ११ दिने लामाे एसिया भ्रमणमा

ट्रम्प ११ दिने लामाे एसिया भ्रमणमा

आइतबार, १९ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ११ दिने लामो एसिया भ्रमण सुरु गरेका छन्। भ्रमणकाक्रममा ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको यात्रा गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपतिले एसियाको यति लामो भ्रमण गर्न लागेको २५ वर्षपछि पहिलो पटक भएको बिबिसीले उल्लेख गरेको छ । उत्तर कोरियाले लगातार रुपमा गरिरहेको आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्विपमा तनाव बढिरहेका बेला हुने अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

असुरक्षाका कारण लेबनानी प्रधानमन्त्रीद्वारा राजीनामा

आइतबार, १९ कार्तिक २०७४

लेबनानका प्रधानमन्त्री साद उल हरिरीले आफूलाई ज्यानको जोखिम रहेको भन्दै पदबाट राजिनामा दिएका छन्। हरिरीका बाबु लेबनानको पूर्व प्रधानमन्त्री राफिक अल–हरिरीको पनि सन् २००५ मा हत्या भएको थियो । आफ्ना पिताको हत्या हुँदाताकाको जस्तै अवस्था अहिले लेबनानमा रहेको भन्दै आफ्नो हत्याको षड्यन्त्रको संकेत पाएको साउदी राजधानी रियादबाट प्रसारण भएको एउटा टेलिभिजन कार्यक्रममा उनले बताए।

ह्वाट्सएप प्रतिबन्धको विरोध

आइतबार, १९ कार्तिक २०७४

अफगानिस्तान सरकारले गरेको ह्वाट्सयाप र टेलिग्राम म्यासेजिङ सेवामा प्रतिबन्ध लगाउने निर्णयको व्यापक विरोध भएको छ।  अफगानिस्तानमा लोकप्रिय सन्देशवाहक इन्टरनेट सेवा प्रयोगमा रोक लागेपछि पत्रकार, सञ्चार समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले नियन्त्रणको नीति लिएको आरोप लगाएका छन् ।

सुकी पहिलो पटक प्रभावित राखिन राज्यमा

बिहिबार, १६ कार्तिक २०७४

म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छिन्।  म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्।

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

बिहिबार, १६ कार्तिक २०७४

अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको छ।  प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए।

भारतीय उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु

बिहिबार, १६ कार्तिक २०७४

भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।  उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

बिहिबार, १६ कार्तिक २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्।  गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्।

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

बुधबार, १५ कार्तिक २०७४

न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।

सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने प्रस्ताव खारेज

मङ्गलबार, १४ कार्तिक २०७४

अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ।  कुनैपनि नितिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने अदालतको ठम्याइ रहेको छ।  वासिङटन डिसीमा रहेको जिल्ला अदालतका न्यायाधिश कोलिन कोलर कोटेल्लीले तेस्रो लिङगीलाई निषेध गर्नु पर्ने कुनै कारण नभएको बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।