उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

सोमबार, ०६ कार्तिक २०७४

उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।  बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

सोमबार, ०६ कार्तिक २०७४

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जापानमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनु अगावै मत सर्वेक्षणको आधारमा लगभग आबेले जितको सुनिश्चितता गरिसकेका छन्।

राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै

आइतबार, ०५ कार्तिक २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेस मङ्गलबार मध्यअफ्रिकी गणतन्त्र जाने भएका छन्।  विगत केही महिनादेखि मुस्लिम र क्रिश्चियन लडाकूहरुबीच हिंसा सुरु भएको यस देशमा हिंसाकै बीच उनले सो भ्रमण गर्न लागेको र यस भ्रमणले हाल उक्त देशमा शान्ति स्थापनाका लागि कार्यरत शान्ति सैन्यका लागि हौसला प्राप्त हुने अपेक्षा गरिएको छ।

रुसका विपक्षी नेता जेलमुक्त

आइतबार, ०५ कार्तिक २०७४

रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उनले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिएका छन्।

जापानमा आमनिर्वाचनको मतदान हुँदै

आइतबार, ०५ कार्तिक २०७४

जापानमा आइतबार मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्।  जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए।

ट्रम्पको विरोधमा पूर्व राष्ट्रपति  ओवामा र बुस

ट्रम्पको विरोधमा पूर्व राष्ट्रपति ओवामा र बुस

शनिबार, ०४ कार्तिक २०७४

पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाउने शर्तमा राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको संख्या बढ्ने पूर्वानुमान गरेका छन् । दुई फरक भाषणमा बुश र ओबामाले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताएका छन् ।

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

शनिबार, ०४ कार्तिक २०७४

काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा परी  १० को मृत्यु, १२ घाइते

शनिबार, ०४ कार्तिक २०७४

भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्।  माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अमेरिकी कोरियाली परमाणुसम्बन्धी उच्च अधिकारी भेट

शुक्रबार, ०३ कार्तिक २०७४

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरू दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन्।  यी दुई देशका सैनिकले गत सोमाबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरूबीच भेटवार्ता भएको छ।

भवनको छाना खस्दा ८ जनाको मृत्यु

भवनको छाना खस्दा ८ जनाको मृत्यु

शुक्रबार, ०३ कार्तिक २०७४

दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

सुरक्षा कारबाहीमा एक सय २ जनाको मृत्यु

सुरक्षा कारबाहीमा एक सय २ जनाको मृत्यु

बिहिबार, ०२ कार्तिक २०७४

सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक सय २ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना गम्भिर घाइते भएका छन् । केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौबिस घण्टाको अवधीमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

अदालतद्वारा पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

अदालतद्वारा पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

बिहिबार, ०२ कार्तिक २०७४

अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  ‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने ।

अमेरिकी कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

बिहिबार, ०२ कार्तिक २०७४

उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ।  यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन्।

कान्दाहारमा ४३ जना अफगान सेना मारिए

कान्दाहारमा ४३ जना अफगान सेना मारिए

बिहिबार, ०२ कार्तिक २०७४

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट ४३ जना सैनिक मारिएका छन् । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा यहाँका तालिबान सशस्त्र हतियारधारीहरुले सो हमला गरेका थिए । हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ ।

चीन नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति सीको दाबी

चीन नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति सीको दाबी

बिहिबार, ०२ कार्तिक २०७४

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन (कंग्रेस) बुधबार बिहानदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

बुधबार, ०१ कार्तिक २०७४

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।  प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

बुधबार, ०१ कार्तिक २०७४

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

बुधबार, ०१ कार्तिक २०७४

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।

सुन्दरतालाई औजार बनाएर जासुसी गर्ने महिला

सुन्दरतालाई औजार बनाएर जासुसी गर्ने महिला

मङ्गलबार, ३१ असोज २०७४

करिब ५० हजार मानिसहरूको मृत्युका लागि दोषी ठहर गरिएकी  महिला जासुस ‘माता हारी’लाई फ्रान्सले मृत्युदण्ड दिइयो । उनी विश्व प्रख्यात सुन्दरी थिइन् । आफ्नो सुन्दरतालाई औजारका रूपमा लिई उनले फ्रान्स र जर्मनीका लागि जासुस गर्थिन् ।

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

प्रधानमन्त्री मोदी कार्यालयमा आगलागी

मङ्गलबार, ३१ असोज २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा मंगलबार बिहान आगलागी भएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।