अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

अमेरिकाबाट बाढीपीडितका लागि ५० लाख सहयोग

मङ्गलबार, ०६ भदौ २०७४

नेपालको तराई क्षेत्रमा गएको बाढीपीडितका लागि गैरआवसीय नेपाली संघले आजदेखि सप्तरीमा राहात वितरण र स्वास्थ्य चौकी संचालनमा ल्याएको छ। जसका लागि आजै अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय उपसंयोजक एसी शेर्पासहितको टोली नेपाल पुगी सप्तरीमा एनआरएनको सामुहिक कार्यक्रममा सहभागी भएकाे छ। अमेरिकाज् क्षेत्र अन्र्तगत अमेरिका र क्यानडामा गरी उठेको रकम करिब ५० हजार डलर (करिब ५० लाख रूपैयाँ) रहेको उपसंयोजक शेर्पाले बताए।

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

नेविसंघका नेताहरु बाढीपीडितका लागि अमेरिकामा सहयोग जुटाउँदै

सोमबार, ०५ भदौ २०७४

नेपाल विधार्थी संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री सरोज कुमार थापा नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने अभियानमा जुटेका छन्। संयूक्त राष्ट्र संघको सष्टेनेवल डेभलपमेन्ट गोल अन्र्तगत समर युथ एसेम्भलीमा सहभागी हुन आउने क्रममा नेपालमा बढी पीडितका लागि सहयोग गर्न प्रस्ताव गरेको अध्यक्ष नैनसिह महरले बताए।

एनआरएनए स्विडेनको अध्यक्षमा श्रेष्ठ

एनआरएनए स्विडेनको अध्यक्षमा श्रेष्ठ

आइतबार, ०४ भदौ २०७४

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार स्टकहोममा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

टुकी क्लवमा नयाँ नेतृत्व

शनिबार, ०३ भदौ २०७४

बेलायतको लेष्टर शहरमा रहेको ‘टुकी नेपलिज युथ क्लब’मा नयाँ कार्यसमिति चयन भएको छ । साउन तेस्रो हप्ता द न्यू रोडइनमा बसेको बैठकले टिकाराम सापकोटाको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

जहाज भित्रै केक काटेर वार्षिकोत्सव

शुक्रबार, ०२ भदौ २०७४

नेपाल वायु सेवा निगमले राष्ट्रिय ध्वजावाहक जहाज नेपाल  युएई सिधा उडान सुरु गरेको एक वर्षको अवसरमा बार्षिकोत्सव मनाएको छ ।  नेवानिले शुक्रबार बिहान दुबईबाट नेपाल जाँदै गरेको (9N-AKW)जहाजको उडान नम्बर (RA - २३०) भित्र  यात्रुहरुसँगै केक काटेर वर्षिकोत्सव मनाएको हो ।  वर्षिक उत्सवको अवसरमा युएईबाट नेपाल जाने यात्रुहरुकोबीचमा  नेवानिले लक्की ड्र गरी बिजेतालार्इ दुईतर्फी  टिकट र अन्य पाँच जनालाई सात्वना स्वरुप मायाको चिनो प्रदान गरेको छ ।

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

बुधबार, ३२ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

बुधबार, ३२ साउन २०७४

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

बुधबार, ३२ साउन २०७४

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

मङ्गलबार, ३१ साउन २०७४

साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

सोमबार, ३० साउन २०७४

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

सोमबार, ३० साउन २०७४

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

आइतबार, २९ साउन २०७४

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

आइतबार, २९ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालका आएको भिषण बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्।

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

पत्रकार बस्नेतको तीज गीत लण्डनबाट सार्वजनिक

शुक्रबार, २७ साउन २०७४

वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्। अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो।

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

अदालतको आदेशपछि एनआरएन अमेरिकाको निर्वाचन अनिश्चित

बिहिबार, २६ साउन २०७४

निर्वाचन हुनुभन्दा तीन दिन अघि टेनेसी अदालतले दिएको आदेशका कारण गैरआवासिय नेपाली संघ अमेरिकाको अधिवेसन अनिश्चित बनेको छ। केन्द्रिय अधिवेशनलाई प्रभाव पार्न सक्ने सबैभन्दा धेरै सदस्य रहेको अमेरिकामा आफूलाई उम्मेदवार बन्नबाट बन्चित गरेको भन्दै अध्यक्ष पदका प्रत्यासी गौरी जोशीले अदालतमा दायर गरेको मुद्दामा टेनेसी अदालतले अर्को आदेश नआउँदासम्म सबै प्रकारका निर्वाचन प्रकृया रद्द गर्न र विपक्षीको कुरा सुन्ने गरी आन्तरिम आदेश जारी गरेपछि निर्वाचन रोकिएको हो।

अमेरिकामा नेपाली युवकको मृत्यु

अमेरिकामा नेपाली युवकको मृत्यु

बिहिबार, २६ साउन २०७४

अमेरिकाको बोष्टनमा नेपाली युवक जयेन्द्रदेब आचार्यको मृत्यु भएको छ। ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो।

एनआरएन जापानमा चुनाबी सरगर्मी, अध्यक्षमा लामा र थापाबीच प्रतिस्पर्धा

एनआरएन जापानमा चुनाबी सरगर्मी, अध्यक्षमा लामा र थापाबीच प्रतिस्पर्धा

बुधबार, २५ साउन २०७४

एनआरएनए जापानको आठौं अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। आउँदो १३ तारिख टोकियोमा अधिवेशन हुने भएपछि एकाएक जापानी नेपाली समुदायको माहोल गर्माएको हो। एनआरएनए जापानको २०१७-२०१९ कार्यसमितिको नयाँ नेतृत्वका लागि टासी वाङ्दी लामा र अनुज थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ। लामा वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा महासचिव हुन्। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिक अनुसार एनआरएनए जापानको अध्यक्षमा लामा र थापाको उम्मेदवारी परेको छ।

युएई आएको २५ दिनमै नेपाली कामदारको मृत्यु

सोमबार, २३ साउन २०७४

युएईको अबुधावीमा एक नेपालीको मृत्यु भएको छ। युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत बुटवलका योगेश सापकोटाको शनिबार साँझ मृत्यु भएको हो। सापकोटा काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० गते सेक्युरेटीमा काम गर्न युएई आएका थिए। यूएई आएको २५ दिनमै उनको मृत्यु भएको छ।

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

बिहिबार, १९ साउन २०७४

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली नागरिकता माग गर्दै एनआरएन युरोप क्षेत्रीय बैठक सम्पन्न

आइतबार, १५ साउन २०७४

गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिका लागि कानुन निर्माण गर्न माग गर्दै गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन आइतबार फ्र्यांकफर्टमा सम्पन्न भएको छ। अगस्ट २९ र ३० दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न माग गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।